सामग्रीमा जानुहोस्

वेल्सकी राजकुमारी सार्लेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजकुमारी सार्लेट
सन् २०२२ मा राजकुमारी सार्लेट
जन्मक्याम्ब्रिजकी राजकुमारी सार्लेट
(2015-05-02) २ मे २०१५ (उमेर ११)
सेन्ट मेरी अस्पताल, लन्डन, इङ्ल्यान्ड
नाम
सार्लेट एलिजाबेथ डायना[]
घरानाविन्डसर
बाबुराजकुमार विलियम
आमाक्याथरिन मिडल्टन

वेल्सकी राजकुमारी सार्लेट (सार्लेट एलिजाबेथ डायना; जन्म; सन् २०१५ मे २) बेलायती राजपरिवारकी एक सदस्य हुन्। उनी विलियमक्याथरिनकी दोस्रो सन्तान तथा एक मात्र छोरी हुन्। उनी राजा चार्ल्स तृतीयवेल्सकी राजकुमारी डायनाकी नातिनी हुन्। उनी बेलायती सिंहासनको उत्तराधिकारीको सूचीमा तेस्रो स्थानमा छिन्।

सार्लेट उनका बुबा र दाजु पछि बेलायती राजगद्दीको उत्तराधिकारको सूचीमा तेस्रो स्थानमा छिन्।[][] पर्थ सम्झौता लागू भएपछि, जसले पुरुष-प्राथमिकता ज्येष्ठाधिकारलाई पूर्ण ज्येष्ठाधिकारले प्रतिस्थापन गर्न पर्थ सम्झौता लागू भएपछि अर्थात्, सन् २०१८ अप्रिलमा उनका भाइ लुईको जन्म हुँदा पनि उनी उत्तराधिकारको सूचीबाट तल झर्नु परेन। यसले गर्दा उनी उत्तराधिकारको सूचीमा भाइभन्दा माथि रहने इतिहासकै पहिलो बेलायती राजकुमारी बनेकी छिन्।[]

सार्लेटको जन्म उनकी बुढी हजुरआमा, महारानी एलिजाबेथ द्वितीयको शासनकालमा सन् २०१५ मे २ का दिन बिहान ८:३४  बजे सेन्ट मेरी अस्पताल, लन्डनमा भएको थियो। उनी विलियमक्याथरिन (तत्कालीन क्याम्ब्रिजका ड्युक र डचेस) की दोस्रो सन्तान तथा एक मात्र छोरी हुन्।[] उनको जन्मको अवसरमा शाही तोपको सलामी दिइएको थियो[] र लन्डनका प्रसिद्ध स्थलहरूलाई गुलाबी बत्तीले सजाइएको थियो।[] ४ मेका दिन उनको नाम 'सार्लेट एलिजाबेथ डायना' घोषणा गरिएको थियो[] जुन उनका हजुरबुबा चार्ल्स, बुढी हजुरआमा र उनकी हजुरआमा डायनाको सम्मानमा राखिएको थियो।[][] ५ जुलाईका दिन केन्टनबरीका आर्चविसप जस्टिन वेल्बीद्वारा सेन्ड्रिङ्घम स्थित सेन्ट मेरी म्याग्डालिन चर्चमा सार्लेटको शिशु बप्तिस्मा गरिएको थियो।[१०]

सन् २०१७ मा केन्सिङ्टन दरबार सर्नुअघि सार्लेटको बाल्यकालमा उनको परिवार नर्फकको एन्मर हलमा बस्दथ्यो।[११][१२] सार्लेटले जनवरी २०१८ देखि विलकक्स नर्सरी स्कुलबाट आफ्नो शिक्षा सुरु गरेकी थिइन्।[१३] सेप्टेम्बर २०१९ मा उनी आफ्ना दाजु जर्जसँगै ब्याटरसीस्थित थमसको लन्डन डे स्कुलमा भर्ना भएकी थिइन् जहाँ उनलाई 'सार्लेट क्याम्ब्रिज'को नामले चिनिन्थ्यो।[१४] सन् २०२२ मा यो परिवार विन्डसर होम पार्कस्थित एडिलेड कटेजमा सरेको थियो।[१५] त्यसपछि उनी र उनका दाजु जर्ज र भाइ लुईले बर्कसायरको एक स्वतन्त्र तयारी विद्यालय ल्याम्ब्रोकमा अध्ययन गर्न थालेका थिए।[१६][१७]

जुन २०२२ मा प्लाटिनम जुबली पेजेन्ट पछि बकिङ्घम राजदरबार बार्दलीमा आफ्नी बुढी आमाबुबा, दाजुभाइ र अन्य वरिष्ठ शाही सदस्यहरूसँग सार्लेट।

सन् २०२२ सेप्टेम्बर ८ का दिन एलिजाबेथ द्वितीयको मृत्यु पश्चात् सार्लेटका हजुरबुबा चार्ल्स तृतीयको रूपमा राजगद्दीमा विराजमान भएका थिए भने सार्लेट राजगद्दीको उत्तराधिकारमा तेस्रो स्थानमा परेकी थिइन्।[१८][१९] उनी र उनका दाजुभाइहरू कहिलेकाहीँ आफ्ना आमाबुबासँग शाही भ्रमण, वैदेशिक भ्रमण र कूटनीतिक भ्रमणहरूमा सहभागी हुने गर्दछन्।[२०][२१][२२]

सार्वजनिक छवि

[सम्पादन गर्नुहोस्]

आफ्ना छोराछोरीलाई सार्वजनिक दृष्टिकोणबाट टाढा राख्ने अभिभावकहरूको प्रयासका बाबजुद,[२३] सार्लेटका तस्वीर र सार्वजनिक उपस्थितिहरूले सञ्चारमाध्यमको ध्यान आकर्षित गरिरहन्छन्।[२४] खरिद तथ्याङ्क र अभिभावकहरूबीच गरिएका सर्वेक्षणहरूले सार्लेट बालबालिकाहरूको एक प्रमुख 'स्टाइल आइकन' भएको देखाउँछन्।[२४][२५][२६] 'ब्रान्ड फाइनान्स' ले पहिले नै अनुमान गरेअनुसार उनको जीवनकालमा उनले बेलायती अर्थतन्त्रमा ३ खर्ब पाउन्डभन्दा बढीको योगदान पुर्‍याउनेछिन्।[२४]

  1. हर रोयल हाइनेसको उपाधि प्राप्त शाही परिवारको सदस्यको रूपमा, सार्लेटले सामान्यतया पारिवारिक नाम प्रयोग गर्दिनन्। तर जब यसको आवश्यकता पर्छ, सामान्यतया माउन्टब्याटन-विन्डसर प्रयोग गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The Duke and Duchess of Cambridge are expecting their second child", Clarence House, ८ सेप्टेम्बर २०१४, मूलबाट ८ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४
  2. "Duchess of Cambridge pregnant with second child", BBC News, ८ सेप्टेम्बर २०१४, मूलबाट ८ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४
  3. "Royal baby: Duchess of Cambridge gives birth to new prince", BBC News, २३ अप्रिल २०१८, मूलबाट २३ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०१८
  4. "Royal baby: William and Kate present daughter to the world", BBC News, २ मे २०१५, मूलबाट ५ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१५
  5. "Royal baby: London gun salutes mark birth of princess", BBC News, ४ मे २०१५, मूलबाट ४ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१५
  6. "Royal baby: Princess's first night at Kensington Palace", BBC News, ३ मे २०१५, मूलबाट २८ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१८
  7. "The Duke and Duchess of Cambridge name their baby" (प्रेस विज्ञप्ति), Clarence House, ४ मे २०१५, मूलबाट ८ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०१५
  8. "Royal princess named Charlotte Elizabeth Diana", BBC News, ४ मे २०१५, मूलबाट ७ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मे २०१५
  9. "Princess Charlotte Elizabeth Diana: why William and Kate made their name choices for royal baby", The Daily Telegraph, ४ मे २०१५, मूलबाट ६ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मे २०१५
  10. "Princess Charlotte is christened at a Sandringham church", BBC News, ५ जुलाई २०१५, मूलबाट ५ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २०१५
  11. Duboff, Josh (२० जनवरी २०१७), "Kate Middleton and Prince William are officially moving to London this fall", Vanity Fair, मूलबाट २४ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०२१
  12. Nicholl, Katie, "William and Kate will move into Anmer Hall before the new baby arrives", Vanity Fair, मूलबाट २० अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०२१
  13. "Princess Charlotte to start nursery school in January", BBC News, १८ डिसेम्बर २०१७, मूलबाट १९ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१७
  14. Napoli, Jessica (२४ मे २०१९), "Princess Charlotte to attend same school as brother Prince George", Fox News, मूलबाट २४ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१९
  15. Wylie, Catherine (३ सेप्टेम्बर २०२२), "Cambridges have moved into new Windsor home, sources say", Evening Standard, मूलबाट ९ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२२
  16. Elston, Laura (२२ अगस्ट २०२२), "Lambrook: Inside George, Charlotte and Louis' new £7,000-per term school", The Independent, मूलबाट २२ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अगस्ट २०२२
  17. Haq, Sana Noor (८ सेप्टेम्बर २०२२), "Royal children George, Charlotte and Louis arrive for first day at new school", CNN, मूलबाट ८ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २०२२
  18. "Royal Family tree: William confirmed as Prince of Wales", BBC News (अङ्ग्रेजीमा), ९ सेप्टेम्बर २०२२, मूलबाट १० सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २०२२
  19. "Queen Elizabeth II has died", BBC News, ८ सेप्टेम्बर २०२२, मूलबाट ८ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२२
  20. "Prince William and Kate make red carpet debut with royal children", BBC News, ११ डिसेम्बर २०२०, मूलबाट २३ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०२१
  21. Hunter, Justine (१ अक्टोबर २०१६), "Prince William, Kate and children bid farewell to Canada as royal tour ends", The Globe and Mail, मूलबाट ५ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०१७
  22. Hunt, Peter (१७ जुलाई २०१७), "George and Charlotte join Poland and Germany diplomacy tour", BBC News, मूलबाट ६ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१८
  23. Hunt, Peter (२९ सेप्टेम्बर २०१६), "Prince George and Princess Charlotte in Canada play day", BBC News, मूलबाट ३० सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१८
  24. 1 2 3 Spedding, Emma (१ मे २०१६), "The Princess Charlotte effect: inside the clothing frenzy caused by a royal one-year-old", The Daily Telegraph, मूलबाट १२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१७
  25. Proudfoot, Jenny (२१ अगस्ट २०१९), "Here's why Princess Charlotte is worth more than her brothers", Marie Claire, मूलबाट १७ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जनवरी २०२१
  26. Taylor, Elyse (२४ जुलाई २०१८), "This is why Princess Charlotte is worth billions more than her brothers Prince George and Prince Louis", Vogue Australia, मूलबाट २४ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जनवरी २०२१