वेहारी शहर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वेहारी
وِہاڑی
—  शहर  —
वेहारी पाकिस्तान-এ অবস্থিত
वेहारी
वेहारी
पाकिस्तानको नक्शामा वेहारी अवस्थिति
देश Flag of Pakistan.svg पाकिस्तान
प्रदेश Punjab (Pakistan) पञ्जाब
जिल्ला वेहारी
तहसील वेहारी
सङ्धिय परिसर
सरकार
 - नाजिम
क्षेत्रफल
 - शहर १२ किमी (४.६ वर्ग मी)
जनसङ्ख्या
 - शहरी क्षेत्र १४५,४६४[१][२]
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+६)
 - गर्मीयाम (डिएसटि) पाकिस्तानी समय (युटिसी+६)
हुलाक कोड ६११०००
सम्पर्क कोड ०६७
वेडारी पञ्जाब पोर्टल

वेहारी (उर्दू: وِہاڑی ) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको वेहारी जिल्लाको राजधानी शहर हो । यो शहर पाकिस्तानको ऐतिहाँसीक मुल्तान शहरबाट १०० किलोमिटरको दुरीमा रहेको छ । यो शहर मुल्तान दिल्ली सडकमा रहेको छ जसलाई भारतीय इस्लामी शासक शेर शास सुरीले निर्माण गरेका थिए ।[३] यो शहर समुन्द्री सतहबाट १३५ (४४३ फिट) मिटरको उचाइमा रहेको छ ।[४]

भूगोल[सम्पादन गर्ने]

अवस्थिति[सम्पादन गर्ने]

वेहारी शहर मुल्तान शहरबाट ९६ किलोमिटर दुरीमा रहेको छ भने कराची शहरबाट ९५६ किलोमिटरको दुरीमा छ त्यस्तै लाहोर शहरबाट २१८ किलोमिटर, फैसलाबादबाट ११९ किलोमिटर, बहावलपुरबाट ६१ किलोमिटर हसिलपुरबाट ४१ किलोमिटर, मल्सीबाट ४६ किलोमिटर, केच शह,बाट ३६ किलोमिटर, बुरावाली शहरबाट २७ किलोमिटर, लुड्डान शहरबाट ७८ किलोमिटर भने पाकट्टन शहरबाट ११२ किलोमिटर र सुतलेज नदिबाट ३७ किलोमिटर उत्तरमा अवस्थित छ । वेहारी शहरमा वेहारी सिंचाइ योजना रहेको छ जसले नदी नजिकका र वेहारी शहरलाई पानी उपलब्ध बनाउदै अाएको छ ।

मौसम[सम्पादन गर्ने]

वेहारी जिल्ला लगायत वेहारी शहरको मौसम गृष्म ऋतुमा तातो र सुख्खा हुन्छ भने हिउँद ऋतुमा जाडो र ओसिलो हुने गरेको छ । यहाँको अहिलेसम्मकै सबैभन्दा अधिक तापक्रम ४५ डिग्री पुगेको छ भने वार्सिक अौसतमा ३० डिग्री हुन्छ । यस ठाउँको हिउँदमा तापक्रम औसत २१ डिग्री दखि ५ डिग्री सम्म मापन गरिएको छ ।

कृषि[सम्पादन गर्ने]

वेहारी शहरमा दर्जनौं कपास उद्योग र कपासका विउबाट तेलहरू उत्पादन गर्ने कलकारखानाहरूले गर्दा यस शहरलाई कपासको शहरको रुपमा पनि लिन सकिन्छ । यस शहरमा अन्य खाद्यान्नहरू जस्तै उखु, धान, गँहु आदि उत्पादन हुने गरेको पाईन्छ । यस शहरमा हिउँद ऋतुमा आँप, अम्बा, कागती जस्ता फलफूलहरूको पनि उत्पादन हुने गरेको छ । वेहारी शहर गृष्म ऋतुमा गर्मी भएतापनि अक्टोबर र फेब्रुअरीको महिना अरु महिना भन्दा आरामदाय हुन्छ जुन समयमा हल्का वर्ष हुने गरेको छ ।

शिक्षा[सम्पादन गर्ने]

शहरमा दुई पूर्ण विश्वविद्यालय परिसर रहेको छ जसमा पुरुष र महिलाहरुको पढ्न पाउने व्यवस्था गरिएको छ भने दुई स्नातक विद्यालयहरू छन् । सन् २००१ देखि एस शहरमा भर्चुअल विश्वविद्यालय क्याम्पस रहेको छ । यस शहरमा धेरै उच्च माध्यमिक विद्यालयहरू र निजी विश्वविद्यालयहरू छन् ।

यातायात[सम्पादन गर्ने]

वेहारी शहर दक्षिणमा बैकल्पिक रेलमार्गकोको रुपमा रहेको छ जसले मुल्तान र पञ्जाबको राजधानी लाहोर शहरलाई जोडेको छ । यस शहरमा दक्षिण मार्गलाई यस शहरको प्रमुख मार्गको रुपमा लिइन्छ । मल्तान र लाहोर बीच रेल मार्गको एक भाग विद्युतीय शक्तिले चल्ने बनाइएको छ जुन दुर्त गतिमा गुड्छ । यस शहरमा अन्य राष्ट्रिय राजमार्गहरू पनि रहेका छन् जसले यस शहरलाई अन्य शहरहरूसँग जोडेको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "अभिलेख गरिएको", मूलबाट २००६-०४-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०९-१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. क्षेत्रफल सन्दर्भ
  3. जिल्ला - पाकिस्तान सरकार मिती=२०१२-०८-०५
  4. वेहारीको अवस्थिति

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]