सामग्रीमा जानुहोस्

वैधानिक बलात्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केही न्यायक्षेत्रहरूमा, 'वैधानिक बलात्कार' (स्ट्याटुटरी रेप) भन्नाले दुईजनाको बीचमा हुने कामुक क्रियाकलापलाई बुझिन्छ जसमा सहभागी व्यक्तिहरू मध्ये एक जनाको उमेर सहमतिको उमेर (उक्त गतिविधिमा कानुनी रूपमा सहमति जनाउन आवश्यक उमेर) भन्दा कम हुन्छ। [][] “वैधानिक” शब्दले नियमपूर्वक वा कानून बमोजिम जस्ता सकारात्मक अर्थ दिने भएपनि "वैधानिक बलात्कार" शब्दले भने कानूनबमोजिम गर्न पाउने बलात्कार वा नियमपूर्वक गरिने बलात्कार जस्ता अर्थ दिँदैन किनकी कुनै पनि किसिमको बलात्कारलाई कानूनी दृष्टिले मात्र नभइ नैतिक दृष्टिकोणले पनि अक्षम्य नै मानिन्छ। तसर्थ वैधानिक बलात्कारमा वैधानिक शब्दले कानूनले परिभाषित गरेको बलात्कार" भन्ने अर्थ दिन्छ, न कि "कानूनले अनुमति दिएको बलात्कार"। अत नाबालिग सँगको बलात्कार “वैधानिक” भयो किनभने कानूनले नै कम उमेरका व्यक्तिलाई संरक्षण गर्न यो नियम बनाएको छ। यसमा बल प्रयोग भएको छ वा छैन भन्ने कुरा मुख्य हुँदैन, उमेर मुख्य विषय हुन्छ। "वैधानिक बलात्कार" भन्ने शब्दले प्रायजसो वयस्क व्यक्तिले सम्झौता उमेरभन्दा कम उमेरका नाबालिगसँग यौन सम्बन्ध राखेको अवस्थालाई बुझाउँछ। थोरैै देश वा राज्यहरूले मात्र आफ्नो कानुनको औपचारिक भाषामा यो शब्द प्रयोग गर्छन्। वयस्क व्यक्तिले नाबालिगबाट गलत लाभ लिइरहेको कुरा कानूनले स्वत: मान्दछ। यौन क्रियाकलापका लागि सहमति दिन कानूनी रूपमा असक्षम हुने हुनाले, नाबालक वा मानसिक रूपमा अपाङ्गता भएका वयस्कसँगको यौन सम्बन्धलाई वैधानिक बलात्कारका कानूनहरूले जबर्जस्ती वा दबाब नै मान्दछन्।

सहमति जनाउने उमेर

[सम्पादन गर्नुहोस्]

हरेक देश र कहिलेकाहीँ हरेक राज्यको सहमति जनाउने उमेर (एज अफ कन्सेन्ट) फरक-फरक हुन्छ। धेरै ठाउँहरूमा यो लगभग १६ देखि १८ वर्षको हुन्छ। केही कानूनहरूले कागजमा लेखिएको उमेर मात्र नहेरी मानसिक उमेरलाई पनि ध्यान दिन्छन्। यदि कसैलाई मानसिक अपाङ्गता छ र त्यसले गर्दा उनीहरू के भइरहेको छ भन्ने कुरा पूर्ण रूपमा बुझ्न असमर्थ छन् भने, उनीहरूको उमेर जतिसुकै भए पनि उनीहरू सहमति दिन असक्षम मानिन सक्छन्।[]

वैधानिक बलात्कार सम्बन्धी कानूनको औचित्य

[सम्पादन गर्नुहोस्]

वैधानिक बलात्कार सम्बन्धी कानून निर्माणको मुख्य आधार यो हो कि कुनै व्यक्तिले निश्चित उमेर पुग्नु अघिसम्म यौन सम्बन्धका लागि कानूनी रूपमा सहमति दिन सक्दैन। यो कानूनले स्पष्ट रूपमा भन्छ कि नाबालकले स्वेच्छाले यौन सम्बन्ध राखे पनि त्यो सम्बन्ध सहमतिको आधारमा भएको मानिँदैन।[]

अर्को कारण यो हो कि नाबालिगहरू सामान्यतया आर्थिक, सामाजिक र कानूनी रूपमा वयस्कहरूभन्दा कमजोर हुन्छन्। वयस्क व्यक्तिले नाबालिगसँग यौन सम्बन्ध राख्नुलाई गैरकानूनी बनाएर वैधानिक बलात्कारका कानूनहरूले नाबालिगलाई शक्तिमा रहेका वयस्कहरूबाट केही हदसम्म संरक्षण प्रदान गर्दछन्।

वैधानिक बलात्कार कानूनको पक्षमा प्रस्तुत गरिने अर्को तर्क यो हो कि कुनै पनि उमेरको पीडित विरूद्ध बलात्कारको मुद्दा अदालतमा प्रमाणित गर्न निकै गाह्रो हुन्छ। नाबालिगसँगको जबरजस्ती यौन सम्बन्धलाई अत्यन्त जघन्य प्रकारको बलात्कार मानिन्छ, त्यसैले यी कानूनहरूले अभियोजन पक्षलाई “सहमति थिएन” भन्ने प्रमाणित गर्ने झन्झटबाट मुक्ति दिलाउँछन्। अत: नाबालिगसँग सम्बन्धित मुद्दाहरूमा दोषी ठहर हुने सम्भावना बढ्छ।[]

वैधानिक बलात्कार कानूनको मूल उद्देश्य युवा, अविवाहित केटीहरूलाई त्यस्ता पुरुषहरूबाट जोगाउनु पनि हो जसले उनीहरूलाई गर्भवती बनाएर बच्चाको जिम्मेवारी नलिन सक्छन्।[] विगतमा यस्ता समस्याको समाधान प्रायः सटगन वेडिङ गरिन्थ्यो, जसमा केटीका अभिभावकहरूले उक्त व्यक्तिसँग जबरजस्ती विवाह गराइदिने गर्दथे। यो तर्क केटीको विवाहयोग्यता जोगाउन र अनावश्यक किशोर गर्भावस्थालाई रोक्नका लागि थियो।[]

ऐतिहासिक रूपमा, यदि कुनै पुरुषले पीडित केटी पहिले नै यौन अनुभवी थिइन् भन्ने कुरा प्रमाणित गर्न सक्यो भने कुनै पुरुषले वैधानिक बलात्कारको आरोपबाट आफूलाई बचाउन सक्दथ्यो।[] केही अमेरिकी राज्यहरूमा पीडित “पहिले नै पवित्र चरित्रको” हुनुपर्छ भन्ने आवश्यकता सन् १९९० को दशकसम्म पनि कायम थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Carmen M. Cusack (२०१५), Laws Relating to Sex, Pregnancy, and Infancy: Issues in Criminal Justice, Springer, पृ: १०, आइएसबिएन 978-1137505194, अन्तिम पहुँच २८ जुलाई २०२६, "Voluntary sexual intercourse with a post-pubescent minor who is younger than the legal age of consent is described as statutory rape. ... In most states, age of consent is delimited between 16 years old and 18 years old. ... In almost every jurisdiction, prepubescent children may not engage in any sexual contact. ... Engaging in sexual contact with a prepubescent child is a serious criminal offense and a felony."
  2. "Statutory Rape Known to Law Enforcement", U.S. Department of Justice – Office of Juvenile Justice and Delinquency Prevention, मूलबाट २१ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २०२६
  3. "G.R. No. 126921", मूलबाट ५ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २०२६
  4. 1 2 Donovan, Patricia (१५ जुन २००५), "Can Statutory Rape Laws Be Effective in Preventing Adolescent Pregnancy?", Perspectives on Sexual and Reproductive Health (Guttmacher Institute) 29, मूलबाट ११ मार्च २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २०२६
  5. 1 2 3 "The pros and cons of statutory rape laws", Cable News Network, १३ फेब्रुअरी २००४, मूलबाट ११ अप्रिल २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २०२६
  6. Cocca, Carolyn (२००४), "Statutory Rape Laws in Historical Context", Jailbait: The politics of statutory rape laws in the United States, SUNY Press, २८ जुलाई २०२६-को मूल सङ्ग्रहित|archiveurl= |url= आवश्यक (सहायता)

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]