वैशाखी मेला
वैशाखी मेला (बङ्गाली: বৈশাখী মেলা, अर्थ: 'वैशाखको मेला') एक बङ्गाली उत्सव हो जुन बङ्गलादेश बाहिर मनाइन्छ। यसलाई बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा लगायत बङ्गलादेशी डायस्पोरासँग सम्बन्धित अन्य देशहरूमा मनाइन्छ। लन्डनमा यो मेला टावर ह्याम्लेट्सस्थित बाङ्लाटाउन क्षेत्रमा आयोजना गरिन्छ। उत्सव ब्रिक लेनदेखि विवर्स फिल्ड्स र बेथ्नल ग्रिनको एलेन गार्डेन्ससम्म फैलिन्छ। यो कार्यक्रम बङ्गाली नयाँ वर्षको उत्सव हो र यसमा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिन्छन्। यो युरोपमा सबैभन्दा ठूलो खुल्ला एसियाली मेला र बङ्गलादेश बाहिरको सबैभन्दा ठूलो बङ्गाली मेला मानिन्छ। नोटिङ हिल कार्निभलपछि यो बेलायतको दोस्रो सबैभन्दा ठूलो सडक उत्सव हो जसमा देशभरिबाट ८०,००० भन्दा बढी आगन्तुकहरू सहभागी हुन्छन्। यद्यपि बङ्गाली नयाँ वर्ष १४ अप्रिल (बङ्गाली पात्रो अनुसार पोहेला वैशाख) मा पर्दछ। उच्च वर्षाको जोखिमका कारणले मेलालाई मे महिनाको दोस्रो आइतबारमा आयोजना गरिने गरिन्छ। सन् १९९७ मा सुरु भएको यस मेलाको १०औँ वार्षिकोत्सव सन् २००७ मा मनाएको थियो।
इतिहास
[सम्पादन]वैशाखी मेला लन्डनको टावर ह्यामलेट्स बरोमा अवस्थित 'बाङ्लाटाउन' मा सुरु गरिएको थियो जुन बङ्गलादेश बाहिर सबैभन्दा बढी बङ्गलादेशी जनसङ्ख्या भएको क्षेत्र हो। यो बङ्गाली नयाँ वर्षको उत्सव पनि हो र यसलाई सन् १९९७ देखि बेलायती बङ्गलादेशी समुदायले मनाउँदै आएको छ। बङ्गालमा आधारित यसको मूल उत्सवलाई पोहेला वैशाख भनिन्छ। बेलायतमा बसोबास गर्ने बङ्गलादेशी प्रवासीको लागि यो पर्व सिर्जना गरिएको हो। सुरुमा यसको आयोजना स्थानीय मानिसहरूले गरेका थिए र अहिले यसको व्यवस्थापन गैर-नाफामूलक संस्था 'बोइशाखी मेला ट्रस्ट लिमिटेड'ले गर्दछ। वैशाखी मेला एउटा अद्वितीय उत्सव हो, जसलाई बङ्गाली नयाँ वर्ष मनाउन चाहने बङ्गलादेशीहरूको पुस्ताले सिर्जना गरेको हो। यसले प्रवासी बङ्गलादेशीलाई यस पर्वको आगमनमा थप सिर्जनशील हुन प्रेरित गर्दछ। सहभागीहरूले उत्कृष्ट र नवीन विचारहरूलाई मञ्चन गर्ने, सङ्गीत र नृत्य सहित मेलामा उत्पादन र प्रस्तुति कौशल मार्फत देखाउँछन्।
लन्डनको र्याली
[सम्पादन]यो कार्यक्रम बिहान १२ बजे एलेन गार्डेन बाट सुरु हुन्छ, त्यसपछि ब्रिक लेन हुँदै जान्छ र वेभर्स फिल्ड्समा समाप्त हुन्छ। यसलाई भव्य जुलुस भनेर चिनिन्छ। जहाँ महिला तथा बालबालिका रङ्गीन परम्परागत पोशाक र मुकुण्डोमा सजिएका हुन्छन्। यसमा सङ्गीतकार वा ड्रमरहरू, नर्तकहरू र समुदायका अगुवाहरू पनि सहभागी हुन्छन्। सन् २००८ को मेलामा, भारतीय उपमहाद्वीपका परम्परागत जमिन्दारको प्रतीक स्वरूप एक महान् सम्राटले जुलुसको नेतृत्व गरेका थिए। साथमा बाघ, पाङ्ग्रा भएको हात्ती, रिक्सा र अन्य धेरै चीजहरू पनि राखेका थिए।[१] धेरै बङ्गलादेशी स्वामित्वका भारतीय रेस्टुरेन्टहरू रहेको ब्रिक लेनले आगन्तुकहरूका लागि सडक छेउमा करी, परम्परागत बङ्गाली परिकार र बङ्गलादेशका प्रख्यात शेफहरूले तयार पारेका खानाहरू उपलब्ध गराएका थिएँ।[२]
चित्र दीर्घा
[सम्पादन]यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Boishakhi Mela", Your London, मे २००८, मूलबाट २०१२-१२-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-१२-१०। अभिलेखिकरण २०१२-१२-२४ = Archive.today
- ↑ "Banglatown spices it up for New Year at the Boishakhi Mela", The Londoner, मे २००८, मूलबाट २००७-०९-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-१२-१०। अभिलेखिकरण २००७-०९-३० वेब्याक मेसिन