व्यवस्थापन सूचना प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

व्यवस्थापनका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरूलाई प्राथमिकीकरण, वर्गीकरण, विश्लेषण, प्रशोधन र प्रसार गरी एकिकृत र परिस्कृत रूपमा एकै थलोबाट उपलब्ध गराउने पद्दतिलाई नै व्यवस्थापन सूचना प्रणाली (अङ्ग्रेजी: Management information system) भनिन्छ। राम्रो व्यवस्थापन सूचना प्रणालीले व्यवसायलाई प्रतिस्पर्धात्मक लाभ दिन सक्दछ किनकि यसले हजारौं डाटा प्वाइन्टहरूलाई सहयोगी र उपयोगी जानकारीमा परिणत गर्दछ, जसलाई रणनीति सुधार गर्न र नाफा बढाउन प्रयोग गर्न सकिन्छ।[१] व्यवस्थापन सूचना प्रणाली डाटा-संचालित रिपोर्टहरू उत्पादन गर्दछ जसले व्यवसायलाई सही समयमा सही निर्णय गर्न मद्दत गर्दछ।[२]

प्रक्रिया[सम्पादन गर्नुहोस्]

व्यवस्थापन सूचना प्रणालीको प्रक्रिया यस प्रकार हुन्छ [३]:-

  • प्राप्त तथ्याङ्कलाई सूचनामा रुपान्तरण गरिन्छ ।
  • सूचनालाई व्यवस्थित रूपमा राखिन्छ ।
  • सूचनामा सबै व्यवस्थापकको सहज पहुँच कायम गरिन्छ ।
  • कम समय, न्यून लागतमा गुणस्तरीय सूचना प्राप्तीमा सुनिश्चितता कायम गरिन्छ ।

फाइदाहरु[सम्पादन गर्नुहोस्]

यस प्रणालीका फाइदाहरु यस प्रकार छन्[४]:

  • यसले रणनीतिक योजना, व्यवस्थापन नियन्त्रण, परिचालन नियन्त्रण र लेनदेन प्रक्रियामा मद्दत गर्दछ।
  • यसले सूचना निर्माण, सञ्चार, समस्या पहिचानको भूमिका खेल्छ र निर्णय लिने प्रक्रियामा मद्दत गर्दछ।
  • यसले लेनदेनसँग सम्बन्धित डाटामा प्रश्नहरूको उत्तर दिन्छ विशेषगरी रेकर्डको स्थिति र विभिन्न कागजातहरूको सन्दर्भ बारे जानकारी दिन्छ ।
  • यसले निर्णयहरूको गुणस्तर सुधार गर्दछ ।

बेफाइदाहरु[सम्पादन गर्नुहोस्]

केहि बेफाइदाहरू र सीमितता यस प्रकार छन्[५]:-

  • यसले मुख्यतया परिमाणात्मक कारकहरूलाई ध्यानमा राख्दछ र मनोबल, संगठनका सदस्यहरूको मनोवृत्ति जस्ता गैर-परिमाणात्मक कारकहरूलाई बेवास्ता गर्दछ, जसले कार्यकारीहरूको निर्णय प्रक्रियामा महत्त्वपूर्ण असर पार्दछ।
  • यस प्रणालीले तयार कार्यकारीहरूलाई जानकारी प्रदान गर्न सक्दैन जुन हरेक प्रकारको निर्णयको उद्देश्यको लागि उपयुक्त हुन्छ।
  • परिवर्तनशील र जटिल वातावरणमा आफै अपडेट हुने विशेष लचकता हुँदैन ।
  • परिणाम को गुणवत्ता मूलतः निवेश र प्रक्रिया को गुणवत्ता द्वारा शासित हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]