व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र
व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकस्ट) त्रिभुवन विश्वविद्यालयको साङ्गठनिक ढाँचाभित्र रही विसं २०३४ भाद्र २३ गते (तदअनुसार सेप्टेम्बर ९, १९७७) का दिन विधिवत स्थापना भएको हो। यो अनुसन्धान केन्द्र स्थापना भएदेखि नै व्यावहारिक विज्ञान प्रविधि र आधाभुत विज्ञानको अनुसन्धानात्मक गतिबिधितर्फ उन्मुख भइ आएको छ। मुलत: यो अनुसन्धान केन्द्र देशको सर्वानगिन विकासको लागि आवश्यक आधारभूत प्रविधिहरूको पहिचान, प्रवर्धन र जगेर्ना गर्ने तर्फ सजग र जागरुक रही आएको छ।[१]
परिदृष्टि
[सम्पादन गर्नुहोस्]बहुआयामिक अनुसन्धानको माध्यमबाट देशका परम्परागत ज्ञान, सीप, र आधुनिक प्रविधि बिच समन्वय राख्ने गरी उपयुक्त प्रविधि उपलब्ध गराई ग्रामिण बिकाशलाई टेवा पुरयाउनु र यसका लागि देश/बिदेशका प्राज्ञिक संस्था र सरोकारवाला संस्थालाइ रणनितिक साझेदार बनाएर अगाडि बढ्नु यो अनुसन्धान केन्द्रको मुख्य ध्येय रहेको छ ।[२]
उदेश्यहरू
[सम्पादन गर्नुहोस्]- स्वदेशी प्रविधिको अनुसन्धान, जगेर्ना, संरक्षण उपयोग र विकास गरी तिनको माध्यमबाट देश विकासमा टेवा पुर्याउनु
- खासगरी नेपालमा उपयुक्त हुने बिदेशी प्रविधिहरूको अनुसन्धान तथा त्यस्ता प्रविधिहरूको हस्तान्तरण सम्बन्धि प्राबिधिक पक्षको उजागर गर्नु र त्रिविको तर्फबाट आफ्ना अनुसन्धान मार्फत नेपालका दूरदराजका ग्रामिण जनताको हितका लागि त्यस्ता प्रविधिहरूलाई उपयोगमा ल्याउन नेपाल सरकारलाई अनुरोध तथा सिफारिस गर्नु
- आधारभूत र व्यावहारिक तथा प्रयोगात्मक विज्ञानको सिद्धान्त अन्तर्गत अनुसन्धान गर्नु।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.recast.edu.np/ अभिलेखिकरण २०१७-०५-०३ वेब्याक मेसिन
- ↑ ब्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र(रिकष्ट)-संक्षिप्त परिचय