शंकरपोखरी
शंकरपोखरी | |
---|---|
देश | ![]() |
अञ्चल | धौलागिरी अञ्चल |
जिल्ला | पर्वत जिल्ला |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | २५४७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
शंकरपोखरी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित गाउँ विकास समिति हो । पर्वत जिल्लाको शंकरपोखरी गाविस क्षेत्रफलका हिसाबले जिल्लाकै सबैभन्दा ठुलो गाविस हो । यो गाविसलाई सबैभन्दा बढी शिक्षितहरूको गाविस पनि भनिन्छ । यसको काखमा उत्तरमा मल्याङ्दी खोला र दक्षिणमा लमाहे खोला छन् । दक्षिणी भेग पानीको अभावमाग्रस्त छ । यो गाविसमा दलित र क्षेत्री बाहुनको मात्रै बाहुल्यता छ । जनजातिको बसोबास यो गाविसमा छैन् । अन्य स्थानबाट आएर भने केहीले व्यापार गरेका छन् । यहाँ एउटा बहुमुखी क्याम्पस छन् । एउटै गाविमा तीनवटा माध्यमिक विद्यालय हुने गाविस पर्वतमै शंकरपोखरी पनि हो । पर्याप्त जंगल भएकाले प्राकृतिक स्रोतमा धनि पनि मानिन्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]