शंकर बहादुर खड्का

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सभासद् शंकरबहादुर खड्का माओवादी सेतीमहाकाली राज्य समिति सदस्य हुनुहुन्छ। २५ वर्षसम्म शिक्षण पेशा अङ्गालिसक्नुभएका खड्का ०३७ देखि राजनीतिमा लाग्नुभएको थियो। ०५४ बझाङमा माओवादीको बीउ रोप्ने संस्थापक हुनुहुन्छ। स्नातकसम्मको औपचारिक अध्ययन गर्नुभएका खड्का एमालेमा छँदा नै जिल्ला समितिसम्मको जिम्मेवारी निभाइसक्नुभएको थियो। उहाँ माओवादी बझाङको सदस्य, सचिव र इन्चार्ज पनि हुनुभयो।

जनयुद्धको सकारात्मक प्रभाव र आफूले पनि जनताको पक्षमा जनयुद्धका जटिल क्षणमा काम गरेकाले आफूलाई जनताले सदनमा पुर्‍याएको खड्काको दाबी छ। पार्टीका एजेण्डा नै आफूले संविधानमा लेखाउन पहल गर्ने बताउँदै त्यसमा उपेक्षित सुदूर पश्चिमलाई पनि अधिकारसम्पन्न बनाउने एजेण्डा नै मुख्य एजेण्डा हुने खड्काको भनाइ छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]