शंखेकीरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Helix pomatia,जमीनमा बस्ने शंखेकीराको एक प्रजाती

शंखेकीरा एकप्रकारको ढाड नभएको जीव हो। मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्राय सबै जीवलाई साझारूपमा शंखेकीरा नामले चिनिन्छ। वयस्क अवस्थामा यीनीहरूको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्दछ। तर ढाडमा खबटा नहुने यस्ता जीवहरू भने चिप्लेकिराहरू हुन्। साधरणतया शंखेकीरा भन्नाले समुन्द्रमा, जमीनमा र शुद्दपानीमा पाइने सबै प्रकारका ग्यास्ट्रोपोडा वर्गका जीवहरू पर्दछन्।

जमीनमा पाइने शंखेकीरा मध्ये अफ्रीकामा पाइने विशाल शंखेकीराहरू मुखदेखि पुच्छारसम्म १५ इन्चसम्म लामा हुनेगर्दछन्। यीनीहरूको तौल करिब २ पाउन्डसम्म हुन्छ। अहिलेसम्म पाइएको समुन्द्रि शंखेकीराहरू मध्ये Syrinx aruanus नामक शंखेकीराको खबटा ९१ सेन्टिमिटर (३६ इन्च) लामो र तौल १८ किलोग्राम (४० पाउन्ड) सम्म हुन्छ।

शंखेकीराहरू विविध किसिमका वातावरणमा पाइन्छन्। सीमसार क्षेत्रका दलदलहरू देखि मरुभूमि र समुन्द्रको पींधमा समेत यसको उपस्थिति छ। जमीनमा पाइने शंखेकीराहरूसँग धेरै मानिसहरू परिचित छन् तर वास्तवमा अन्य स्थानमा भन्दा जमीनमा पाइने शंखेकीराहरूको सङ्ख्या धेरै कम छ। शंखेकीराहरूको प्रजातिहरू मध्ये समुन्द्री शंखेकीराहरूले यसको अत्याधिक ठूलो सङ्ख्या ओगटेको छ। यसकासाथै शुद्दपानीमा पनि धेरै प्रकारका शंखेकीराहरू पाइन्छन्। हाल अस्तित्वमा रहेका मध्ये धेरै शंखेकीराहरू शाकाहारी हुन्छन् तर जमीनमा पाइने केही र समुन्द्रमा पाइने प्राय शंखेकीराहरू मांशहारी हुन्छन्।

फोक्सोबाट सास फेर्ने शंखेकीराहरू पल्मोनाटा (Pulmonata) समुहमा पर्छन भने गील्सबाट स्वासप्रश्वास प्रकृया पूरागर्ने शंखेकीराहरू प्याराफाइलेटिक (Paraphyletic) समुहमा पर्दछन्। प्राय शंखेकीराहरूको हजारौं सुक्ष्म दॉतजस्तो देखिने अङ्गहरू हुन्छन्। यस्ता अङ्गहरू यीनीहरूको लामो र चेप्टो परेको जिभ्रोमा रहेका हुन्छन् जसलाई रेडुला (Radula) भनिन्छ। यो अङ्गको सहायताले शंखेकीराहरूले आफ्नो आहारलाई टुक्र्याउने गर्दछन्।

जमिनमा बस्ने शंखेकिरा[सम्पादन गर्ने]

जमिनमा बस्ने शंखे किरा प्रायः बैशाख महिना देखी कार्तिक महिना भित्रको याममा बढी देखिन्छन् । जमिनी शंखेकिराले कृषकहरूलाई निकै नोक्सान पुर्याउछन् यिनीहरूको लार्भाहरूलाई नाम्ले किरा भनिन्छ । नाम्ले किरा भएको घाँस पात खाएमा गाई, भैंसी तथा अन्य घर पलुवा पशुहरू रोगी भएर मर्न पनि सक्छन् । नाम्ले किराबाट शंखे किरा बने पछी शंखे किरले मकै, कोदो, फापर आदी अन्न बाली सहित तरकारी बालिका पातहरू खाएर नोक्सान पुर्याउँछ । जिल्ला कृषि विकास कार्यालय, पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले चिस्यान भएको ठाउँमा शंखेकिराले छिटो आक्रमण गर्ने बताए । यसको न्यूनीकरणका लागि रातभरि पानीमा भिजाएको सुर्तीको झोल निकालेर साबुन पानीमा मिलाएर बिरुवामा छर्ने गर्नाले पनि शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिन्छ भने अर्को उपाय साबुन पानी र मट्टितेल् मिलाएर पनि बिरुवामा छर्न सकिन्छ । यसो गर्नाले शंखेकिरा न्यूनीकरण भई बिरुवाको वृद्धि विकासमा ठूलो मद्दत पुर्याउँछ । यति गर्दागर्दै पनि शंखेकिराको प्रकोप कम नभएको खण्डमा तरकारीको बिरुवा लगाएको स्थान वरिपरि खाल्डो खनेर नुनलाई पुरिदिने गरेमा पनि कम गर्न सकिन्छ । अन्तिम न्यूनीकरणको उपाय भनेको शंखेकिरालाई नै जम्मा गरेर खाल्डोमा पुर्न सकेमात्र यसको प्रकोप न्यूनीकरण गर्न सकिने अधिकृत श्रेष्ठले जानकारी दिए । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पुतली चिप्लकिरा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]