शकुन्तला देवी
शकुन्तला देवी | |
|---|---|
सन् १९६८ मा शकुन्तला देवी | |
| जन्म | ४ नोभेम्बर १९२९ बेङ्गलोर, मैसुर, ब्रिटिस भारत |
| मृत्यु | २१ अप्रिल २०१३ (उमेर ८३) बेङ्गलोर, कर्नाटक, भारत |
| पेशा |
|
| जीवनसाथी | परितोश बनर्जी
( वि १९६४; सवि १९७९) |
| सन्तान | १ |
शकुन्तला देवी (४ नोभेम्बर १९२९ – २१ अप्रिल २०१३) एक भारतीय दिमागी गणक, ज्योतिषी, र लेखक थिइन, जसलाई "मानव कम्प्युटर" को नामले पनि चिन्ने गरिन्थ्यो। विना कुनै यन्त्रको प्रयोग करोडौँका हिसाब चुट्कीमा गर्न सक्ने उनको अद्भुत प्रतिभाले उनलाई सन् १९८२ को संस्करणको गिनिज वर्ल्ड रेकर्ड्समा स्थान दिलायो। त्यसो त देवीले यो उपलब्धि इम्पिरियल कलेज, लन्डनमा सन् १९८० जुन १८ तारिखका दिन नै हात पारेकी थिइन् तर उनको यस उपलब्धीको प्रमाणपत्र भने उनलाई मरणोपरान्त ३० जुलाई २०२० मा दिइएको थियो। शकुन्तला देवी एकदमै तेज र बुद्धिमान बालिका थिइन्। उनले कुनै पनि औपचारिक शिक्षा नलिइ मैसुर विश्वविद्यालयमा आफ्नो गणितको अद्भुत क्षमता प्रदर्शन गरेकी थिइन्। उनले विद्यार्थीहरूका लागि सङ्ख्याको गणना (हिसाब) गर्न सहज र सरल बनाउने प्रयास गरिन्।[१]
जीवनको उत्तरार्धमा उनले धेरै पुस्तकहरू लेखिन् जसमा उपन्यासहरूका साथै गणित, पहेली, रहस्य र ज्योतिष सम्बन्धी किताबहरू पनि थिए। शकुन्तला देवी द्वारा लिखित "समलिङ्गीहरूको संसार नामक पुस्तक समलैङ्गिकताबारे अध्ययन गरिएको भारतकै पहिलो पुस्तकका रूपमा लिइन्छ।[२][३] उनले समलैङ्गिकतालाई सकारात्मक दृष्टिकोणबाट हेरिन् र उनलाई यस क्षेत्रमा अग्रणी मानिन्छ।[२]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]शकुन्तला देवीको जन्म बेङ्गलोर, कर्नाटकमा सन् १९२९ नोभेम्बर ४ तारिखका दिन भएको थियो।[४][५] उनी कन्नडाको एउटा ब्राह्मण परिवारमा जन्मिएकी थिइन्।[६]उनका पिता सि भी सुन्दरताका राओ[७] जादुगरका रूपमा तमाशा देखाउने गर्दथे।[४][५][८][९][१०][११]शकुन्तला देवी तीन वर्षकी हुँदा उनका पिताले उनलाई तास सम्बन्धी तिकडम सिकाउँदै गर्दा थाहा पाए कि उनी सङ्ख्याहरूलाई सहजै याद गर्न सक्छिन्।[९][४][१०] उनका पिताले तमाशा देखाउन छोडे र उनी कति छिटो गणित गर्न सक्छिन् भनेर मानिसहरूलाई देखाउन उनलाई लिएर देशभर भ्रमण गर्न थाले।[४] शकुन्तला देवी कहिल्यै स्कूलमा पढ्नको लागि गइनन्।[९][५] केवल ६ वर्षको उमेरमा उनले आफ्नो गणित सम्बन्धी कौशल मैसुर विश्वविद्यालयमा देखाएकी थिइन्।[४][५]सन् १९४४ मा केवल १५ वर्षको उमेरमा उनी लन्डन, संयुक्त अधिराज्य गइन्।
दिमागी गणक
[सम्पादन गर्नुहोस्]शकुन्तला देवीले विश्वका धेरै देशहरूमा भ्रमण गर्दै आफ्नो अङ्कगणितीय प्रतिभा प्रदर्शन गरिन्। सन् १९५० मा उनले पूरै युरोपको भ्रमण गरिन् र सन् १९७६ मा न्यूयोर्क शहर पुगिन्। सन् १९८८ मा उनी आफ्नो क्षमता जाँच गर्न अमेरिका गइन्, जहाँ क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीका शैक्षिक मनोविज्ञानका प्राध्यापक आर्थर जेन्सेनले उनलाई परीक्षण गरे। प्राध्यापक जेन्सेनले उनलाई निकै कठिन प्रश्नहरू सोधे। जस्तैः
- ६१,६२९,८७५ को घनमूल के हो?
- १७०,८५९,३७५ को सातौँ मूल के हो?
उनले सही जवाफ (क्रमशः ३९५ र १५) त्यति छिटो दिइन् कि प्राध्यापकले प्रश्न आफ्नो कापीमा लेखि सक्न पनि भ्याएनन्। सन् १९९० मा जेन्सेनले यी नतिजाहरू विश्वप्रसिद्ध शोध पत्रिका इन्टेलिजेन्स् मा प्रकाशित गरे।[१२] सन् १९७७ मा अमेरिकाको सदन मेथोडिस्ट विश्वविद्यालयमा उनले २०१ अङ्कको एउटा ठूलो सङ्ख्याको २३औँ मूल जम्मा ५० सेकेन्डमा निकालिन्। उनको जवाफ थियोः ५४६,३७२,८९१। अमेरिकी सरकारको ब्यूरो अफ स्ट्यान्डर्ड्सले युनिभ्याक ११०१ कम्प्युटरमा यो जाँच गर्दा कम्प्युटरलाई सही जवाफ दिन ६२ सेकेन्ड लाग्यो — अर्थात् शकुन्तला भन्दा ढिलो।[१३][१८]सन् १९८० जुन १८ मा लन्डनको इम्पेरियल कलेजमा कम्प्युटर विभागले यादृच्छिक रूपमा छानेका दुईवटा १३ अङ्कका सङ्ख्या ७,६८६,३६९,७७४,८७० × २,४६५,०९९,७४५,७७९ गुणन गर्न लगाइयो। उनले २८ सेकेन्डमै सही जवाफ दिइन्ः १८,९४७,६६८,१७७,९९५,४२६,४६२,७७३,७३० यो कीर्तिमान सन् १९८२ को गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा समावेश भयो। लेखक स्टिभन स्मिथले भनेका थिए, “यो नतिजा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट छ, यति धेरै उत्कृष्ट कि विश्वास गर्नै गाह्रो हुन्छ।”[१३]शकुन्तला देवीले आफूले मानसिक गणना गर्न प्रयोग गर्ने धेरै तरिकाहरू सन् १९७७ मा प्रकाशित आफ्नो पुस्तक फिगरिङ्: द ज्वाए अफ नम्बर्समा विस्तारमा लेखेकी छन्।[१९]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]सन् १९६० को मध्यतिर शकुन्तला देवी भारत फर्किएकी थिइन् र कोलकताका आईएएस अधिकारी परितोष बनर्जीसँग विवाह गरिन्।[२०][२१] सन् १९७९ मा उनीहरूको सम्बन्धविच्छेद भयो। पछि श्रीमान् समलिङ्गी भएको कारणले सम्बन्धविच्छेद भएको भनियो।[२०][२१] तर उनकी छोरी अनुपमा बनर्जीका अनुसार आमाले समलिङ्गीहरूबारे लेखेको आफ्नो किताब बेच्न र समलैङ्गिकताको विषयमा आफ्नो विश्वसनीयता जोगाउन यो कुरा झुठो बोलेकी थिइन्।[२२][२३]सन् १९८० मा उनले स्वतन्त्र उम्मेदवारको रूपमा लोकसभा चुनाव लडिन्। मुम्बई दक्षिण र मेदक (हाल तेलङ्गाना) दुवै ठाउँबाट उनले चुनाव लडेकी थिइन्। मेदकमा उनले तत्कालीन पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीविरुद्ध लडेकी थिइन्।[२४] उनी मेदकका जनतालाई इन्दिरा गान्धीले नठगुन् भनेर चुनाव लडेको भन्ने गर्थिन्। तर उनले जम्मा ६,५१४ मत (१.४७%) पाएर नवौँ स्थानमा आइन्। त्यसपछि १९८० को सुरुतिरै उनी बेङ्गलोरमा बस्न थालिन्।[२१]मानसिक गणनाबाहेक शकुन्तला देवी प्रसिद्ध ज्योतिषी पनि थिइन् र धेरै किताब लेखिन्। उनले पाककला, उपन्यास, छोटा कथा र हत्या एवं रहस्यका किताबहरू लेखिन्। उनलाई सङ्गीतको पनि निकै शौख थियो।[२५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Shakuntala Devi strove to simplify maths for students", The Hindu, २१ अप्रिल २०१३, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- 1 2 Subir K Kole (११ जुलाई २००७), "Globalizing queer? AIDS, homophobia and the politics of sexual identity in India", Globalization and Health 3: ८, डिओआई:10.1186/1744-8603-3-8, पिएमआइडी 17623106, पिएमसी 2018684।: "The first academic book on Indian homosexuals appeared in 1977 (The World of Homosexuals) written by Shakuntala Devi, the mathematics wiz kid who was internationally known as the human computer. This book saw homosexuality in a positive light and reviewed the socio-cultural and legal situation of homosexuality in India and contrasted that with the gay liberation movement then taking place in the USA."
- ↑ Mubarak, Salva (१३ मे २०१९), "Get to know Shakuntala Devi, the woman known as the 'human computer'", Vogue India (Mumbai, India: Dilshad Arora), अन्तिम पहुँच २८ नोभेम्बर २०२५, "In 1970s, she wrote The World of Homosexuals, a book that went disappointingly unnoticed at that time, but gained popularity over the years for being one of the earliest studies of our society's understanding of homosexuality."
- 1 2 3 4 5 Pandya, Haresh (२१ अप्रिल २०१३), "Shakuntala Devi, 'Human Computer' Who Bested the Machines, Dies at 83", The New York Times, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- 1 2 3 4 "Obituary: Shakuntala Devi", The Telegraph, २२ अप्रिल २०१३, मूलबाट २८ नोभेम्बर २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- ↑ "'Human computer' Shakuntala Devi dies in Bangalore", Times of India, २१ अप्रिल २०१३, अन्तिम पहुँच १६ डिसेम्बर २०१८।
- ↑ "Why Shakuntala's siblings gave up on maths", Deccan Herald (अङ्ग्रेजीमा), ८ अगस्ट २०२०, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;ibनामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - 1 2 3 "Shakuntala Devi strove to simplify maths for students", The Hindu, २१ अप्रिल २०१३, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- 1 2 "Obituary: India's 'human computer' Shakuntala Devi", BBC News, २२ अप्रिल २०१३, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- ↑ Aditi Mishra; Siddarth Kumar Jain (२२ अप्रिल २०१३), "She made learning maths as thrilling as magic", The Bangalore Mirror, अन्तिम पहुँच २८ नोभेम्बर २०२५।
- ↑ Note that there are easy tricks for getting odd-numbered roots when the root is an integer. See "Tricks of Lightning Calculators", in Mathematical Carnival, by Martin Gardner, Knoff, 1975 and other sources.
- 1 2 Smith, Steven Bradley (१९८३), The Great Mental Calculators: The Psychology, Methods, and Lives of Calculating Prodigies, Past and Present, Columbia University Press, आइएसबिएन 0231056400।
- ↑ Arora, Priya (३१ जुलाई २०२०), "5 Things to Know About Shakuntala Devi", The New York Times, मूलबाट २३ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२४।
- ↑ Lallanilla, Marc (२६ अप्रिल २०१३), "'Human Computer' Shakuntala Devi Dies at 83", NBC News, मूलबाट १४ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२४।
- ↑ Stroumboulopoulos, George (२४ अप्रिल २०१३), "RIP Shakuntala Devi, "The Human Computer"", CBC, मूलबाट १९ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२४।
- ↑ Chang, Jon M. (४ नोभेम्बर २०१३), "Shakuntala Devi, 'The Human Computer,' Honored in Google Doodle", ABC News, मूलबाट ३१ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२४।
- ↑ [१४][१५][१६][१७]
- ↑ Devi, Shakuntala (२००५), Figuring: The Joy Of Numbers, Orient Paperbacks, आइएसबिएन 978-81-222-0038-6।
- 1 2 "Shakuntala Devi's life changed after marrying a gay man: The human behind the human computer", India Today (अङ्ग्रेजीमा), ६ नोभेम्बर २०१९, अन्तिम पहुँच ३० नोभेम्बर २०२५।
- 1 2 3 "India's math wizard, Shakuntala Devi", Yahoo! India News, २२ अप्रिल २०१३, अन्तिम पहुँच ३० नोभेम्बर २०२५।
- ↑ Dhar, Abira (२० अगस्ट २०२०), "Anupama on Why Shakuntala Devi Lied About Her Husband Being Gay", TheQuint, अन्तिम पहुँच ३० नोभेम्बर २०२५।
- ↑ Modi, Chintan Grirish (१ अगस्ट २०२०), "Essay: Vidya Balan's Shakuntala Devi biopic suggests the genius lied about her husband's sexuality to sell her book", Hindustan Times, अन्तिम पहुँच ३० नोभेम्बर २०२५।
- ↑ "Lesser Known Facts About Shakuntala Devi, The Human Calculator Whom Vidya Balan Is Essaying in Biopic", HerZindagi English (अङ्ग्रेजीमा), १६ सेप्टेम्बर २०१९, अन्तिम पहुँच ३० नोभेम्बर २०२५।
- ↑ Mathematical Bonaza, Shakuntala Devi (२० जुलाई २०२०), "Shakiuntala Devi", Youtube, मूलबाट ३० नोभेम्बर २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०२०।