शङ्कर शमशेर जङ्ग बहादुर राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शंकर शमशेर जंग बहादुर राणा एक नेपाली कूटनीतिज्ञ थिए। उनले बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्सनेदरल्यान्ड्स को राजदुत भएर काम गरे। उनका बुबा चन्द्र शमशेर जंग बहादुर राणा नेपालका प्रधानमन्त्री थिए।

जीवन र क्यारियर[सम्पादन गर्ने]

उनको जन्म १९०९ मा सिंह दरबार, काठमाडौंमा भएको थियो उनी बडा महारानी बाला कुमारीका छोरा थिए। उनी दरबार हाई स्कुलबाट शिक्षा पाएका थिए।

शंकरशमशेरलाई ‘ज्ञानी हजुर’ पनि भनिन्थ्यो। १९८६ सालमा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर ‘ज्ञानी हजुर’ सिंहदरबारबाट हरिहर भवन सरेका थिए। १९९० सालको भूकम्पले हरिहर भवनमा क्षति पुर्‍याएको थियो। ज्ञानी हजुरले मर्मत गराएका थिए। ज्ञानी हजुरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले हजुरियामा नियुक्ति गरे। २००६ सालमा शंकरशमशेर संयुक्त अधिराज्य -बेलायत को राजदूत बनाइयो। राजदूत भएपछि शंकरशमशेर उतै बसे। २००९ सालमा राजदूतबाट हटाइयो र उनको उपयोग गरिरहेको हरिहर भवन सरकारले अधिकरण गर्यो।[१]

मृत्यु[सम्पादन गर्ने]

शंकर शमशेरको मृत्यु २०३४ बेलायतमा भयो।

सन्दर्भ[सम्पादन गर्ने]