शब्द-ब्रह्माण्ड (पुस्तक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शब्द-ब्रह्माण्ड नामक कविता संग्रहका रचनाकार विजय बान्तवा हुन् । विजयबान्तवा (गान्तोक सिक्किम) वरिष्ठ पत्रकारका रूपमा परिचित छन् । प्रस्तुत कविता सङ्ग्रहमा ७० वटा कविता सङ्कलित छन् । प्रस्तुत कविता सङ्ग्रहका बारेमा शरद्छेत्री दार्जिलिङ भन्छन् - कविताहरूमा प्रयोग गरिएका प्रतीकहरु पनि खुबै नजिकका अनि जानिएका हुनाले सहायक ग्रन्थबिना नै आधुनिक कवि र कविताका मर्म बुझ्न पाउनु साधारण पाठकका निम्ति सौभाग्यको कुरा हो ।

यसको प्रकाशन हिमगिरि प्रकाशन गान्तोक, सिक्किमबाट भएको छ । कडा आवरण भएको यस पुस्तकको मूल्य रु.२५० रहेको छ । यसमा १०+१६६ पृष्ठ रहेको देखिन्छ । [१] [१]

सन्दर्भस्रोत

  1. बान्तवा, विजय(२०१२), शब्द-ब्रह्म, गान्तोक, सिक्किम : हिमगिरि प्रकाशन