शम्भु हजारा पासवान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शम्भु हजारा पासवान दुसाध

पर्सा, वीरगंज निवासी ४३ वर्षीय शम्भु हजारा पासवान दुसाध समानुपतिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। विद्यार्थी राजनीति मार्फत २०४३ सालबाट राजनीतिमा प्रवेश गरेका दुसाधले यसबीच पर्सा काङ्ग्रेस सल्लाहकारको जिम्मेदारी वहन गरिसक्नुभएको छ। राजनीतिक यात्राका क्रममा पक्राउ र हिरासत भोग्दै आएका दुसाध राष्ट्रिय दलित महासंघका उपाध्यक्ष हुनुहुन्छ। समाजसेवामा विशेष रुचि राख्‍ने सभासद दुसाधले विभिन्न सामाजिक संस्थाहरू मार्फत र व्यक्तिगत तवरमा पनि सामाजिक कार्यहरू गर्दै आउनुभएको छ। २ छोरा, १ छोरीका पिता दुसाधले आई.ए. सम्मको अध्ययन गर्नुभएको छ। राजनीति बाहेक कृषि उहाँको पेशा हो। अध्ययन र वैचारिक अभिव्यक्तिमा विशेष रुचि राख्‍ने सभासद दुसाधका लेख-रचना पत्रपत्रिकामा प्रकाशित हुँदैआएका छन्। दलितहरूको हक-प्रतिको समर्पण र सक्रियताले आफूलाई सभासद बनाएको विश्लेषण गर्ने दुसाध दलितलगायत सबैको सहभागितामा बनेको संविधानले नै नयाँ नेपालको रूपरेखा कोर्ने कुरामा विश्वास राख्‍नुहुन्छ। सभासद शम्भु हजारा पासवान दुसाधले संविधानसभामा दलित समुदायलाई उनीहरूको जनसङ्ख्याको आधारमा राज्यका सबै अङ्गमा आरक्षण दिइनुपर्ने मुद्दालाई जोडतोडका साथ उठाउने अठोट गर्नुभएको छ।

[१]

सन्दर्भ[सम्पादन गर्ने]