शरद सिंह भण्डारी (बिर्ख)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सभासद् शरदसिंह भण्डारी 'विर्ख भण्डारी' माओवादी अछाम इन्चार्ज तथा राज्य समिति सदस्य पनि हुनुहुन्छ। ०४६ देखि राजनीतिमा लाग्नुभएका भण्डारीका दाजु र भाइ दुवैजना माओवादी पूर्णकालीन सदस्य हुनुहुन्छ। एकजना भाइको सेनाद्वारा हत्या भएको छ। ०५५ देखि भूमिगत राजनीति थाल्नुभएका भण्डारी ०५६मा पार्टीको जिल्ला समिति र ०५९मा क्षेत्रीय ब्युरो सदस्य तथा जिल्ला समिति सचिव हुनभएको थियो।

अछामको मंगलसेन आक्रमणमा उहाँले एउटा साइडको कमिसारी गर्नुभएको थियो। बीएकमसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका भण्डारीपत्नी चेतना अखिल नेपाल शिक्षक संघको केन्द्रीय सदस्य हुनुहुन्छ।

राज्यले सूदुर पश्चिमलाई जसरी उपेक्षा गरेको छ त्यसो नभई राज्यका हरेक क्षेत्रलाई समान व्यवहार गर्ने कुरा सविधानमै उल्लेख गराउने उहाँको मूल एजेण्डा रहेको छ। माओवादीको जनमुखी मुद्दा र आफूले जनयुद्धमा गरेको बलिदानका कारण जनताले जिताएको उहाँको भनाइ छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]

शरद सिंह भण्डारी संविधान सभामा उहाँ राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिमा हुनुहुन्छ भने व्यवस्थापिका संसदमा अर्थ तथा श्रम संबन्ध समितिमा हुनुहुन्छ।