शान्तिपुर गुफा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शान्तिपुर गुफा स्वयम्भू महाचैत्यस्थित उत्तर पश्चिमी कोणमा रहेको छ। यो गुफाको अस्तित्व र इतिहासलाई तान्त्रिक विधासाग गासेर बुझ्ने गरिएको छ। तन्त्रविद्याका पारखीहरू यो गुफासम्बन्धमा थुप्रै रोचक प्रसङ्गहरू सुनाउछन् र यसको तिलस्मी संरचनालाई लिएर आश्चर्यलाग्दा कथा हाल्छन्। अतीतमा जामन गुभाजूजस्ता केही प्रसिद्ध तान्त्रिकहरूले मात्र प्रवेश अवसर पाएको भनिएको शान्तिपुर गुफा काठमाडौंको मध्यभागमा रहेर पनि यसको अस्तित्व र इतिहास भने रहस्यमा जेलिएको छ।

सीमित र तोकिएका व्यक्तिले मात्र प्रवेश अनुमति पाउने र उनीहरूले पनि यो गुफाबारे गोप्यता कायम राख्ने गरेकाले त्यहा प्रवेश गर्ने व्यक्तिबाहेक अन्यलाई यो गुफा अनुमान र कौतुहलको विषय बन्दै आएको छ। भनिन्छ, इतिहासको कुनै कालखण्डमा गौण देशका राजा प्रचण्डदेव नेपाल आउनुभयो। उहा गुणाकर वंदेजुद्वारा चुडाकर्म गराई उहा भिक्षु हुनुभयो। त्यसपछि उहा शान्तश्री भिक्षु कहलिनुभयो। कालान्तरमा उहाले नै स्वयम्भू महाचैत्यको निर्माण गर्नुभयो र त्यसपछि उहा शान्तिकराचार्यको नामबाट प्रसिद्ध हुनुभयो। स्वयम्भू परिसरमा पञ्चतìवका रूपमा बसुपुर, वायुपुर, अग्निपुर, सम्बरपुर र नागपुर स्थापना गरिए।

शान्तिकराचार्य प्रचण्डदेवबाट निर्माण भएको सम्बरपुर नै कालान्तरमा शान्तिपुरका नाउाबाट प्रसिद्ध भयो। नेपाल राज्यमा ठूलो प्राकृतिक विपत्ति आइलाग्दा उत्पन्न हुने अनिकाल, बिघ्न, बाधा, उपद्रव र अशान्तिबाट मुक्ति प्राप्तिका लागि तान्त्रिक विधिको अनुष्ठान गर्न यो सम्बरपुर अर्थात् शान्तिपुर स्थापना गरिएको भनाइ छ।यहा तान्त्रिक योग साधना गरेपछि यस्ता दुर्भिक्ष नाश भई जनतामा शान्ति, सुख समृद्धिको अनुभूति हुन्छ भन्ने आमधारणा रहेको छ। वज्रयान बौद्ध सम्प्रदायको तन्त्रमन्त्र साधना गर्ने अलौकिक शक्ति रहेको गुफाका रूपमा यो ठाउलाई लिने गरिन्छ। शान्तिपुर गुफालाई अति नै गुहृय आगम् मानिन्छ।

यस गुफाभित्र के के छन् त ? भन्ने जिज्ञासा जनमानसमा सदियौदेखि रहादै आएको पाइन्छ। आजसम्म गुफाभित्रका बनोटबारे आधिकारिक तथ्य भने कतै सार्वजनिक भएको छैन। यो गुफाको स्वरूप उत्तर दक्षिण दिशामा लामो र पूर्व पश्चिममा चौडा रहेको सुरुङजस्तो रहेको भनाइ छ। यो सुरुङको मध्यभागमा तल जाने ठाउहरू पनि छन् तर गहिरो स्थानमा पुगिसकेपछि त्यो मार्ग कतातिर फैलिन्छ र कहासम्म पुग्छ भन्ने कुरा आजपर्यन्त कसैले यकिन गर्न सकेका छैनन्।काठमाडौस्थित म्हैपी जोगम्बर पीठको अध्ययनमा पीठको गुहृय भागमा शान्तिपुर गुफासाग जोडिएको सुरुङमा जाने मार्ग छ भन्ने उल्लेख गरिएको छ। व‍र्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको कलेवर (मुहार) फेर्दा र अन्य देवीदेवताका कलेवर फेर्दा हिजो आज पनि म्हैपी जोगम्बर र अन्य पीठ आसपास खनिएकै माटो प्रयोग गर्नुपर्ने प्रचलन रहेबाट शान्तिपुर र म्हैपी जोगम्बर पीठबीच गुप्त मार्ग छ भन्ने अनुमान गर्न सकिन्छ।

वर्षा गराई सहकाल ल्याउन रातो मच्छिन्द्रनाथलाई कामारुकामाक्षाबाट ल्याइएको भन्ने कथन छ भने शान्तिपुरमा रहेको नागको रगतले लेखिएको किताब अनिकालका बेला गुफाबाट बाहिर ल्याई सूर्यमा देखाउदा भीषण वषरा भई सहकाल आउछ भन्ने कथन पनि छ। दुवै प्रसङ्ग अनिकाल हटाउन वषरा गराउने गरी नागदेवतासाग जोडिएको पाइन्छ। गुरू गोरखनाथले आसन बाधेका नाग मच्छिन्द्रनाथ आएपछि आदरपूर्वक गोरखनाथ उठ्दा नाग स्वतन्त्र भई वषरा भएको कथन पनि मच्छिन्द्रनाथसाग जोडिएको छ। रातो मच्छिन्द्रनाथको कलेवर फेर्दा म्हैपी जोगम्बर पीठकै माटो आवश्यक पर्ने भएकाले शान्तिपुर गुफा र म्हैपीबीच सम्बन्ध छ र यसबीच सम्पर्क मार्ग छ भन्नेबारे प्रचलित लोकोक्तिलाई पुष्टि गर्ने आधारका रूपमा लिन सकिन्छ।

सतहमा भुइ तला देखिए पनि भित्र गर्भगृहमा तीन तला तल तन्त्र साधना गर्ने २७ वटा गुप्ती ध्यानकोठा छन् भन्ने अनुमान शान्तिपुरभित्र प्रवेश पाएकाहरूको छ। अति गुप्त आगम्घर भएकोले यहा विशेष योगसिद्ध र तन्त्रविधिको राम्रो दखल भएकालाई मात्र प्रवेश अनुमति दिइन्छ। शान्तिपुर प्रवेशका लागि तीन वटा ढोका छन्। सर्वसाधारणका लागि पहिलो द्वारबाट प्रवेश अनुमति छ भने दोस्रो द्वारमा मन्त्र लिएका दीक्षित अभिषेकप्राप्त व्यक्तिलाई मात्र प्रवेश अनुमति छ। तेस्रो द्वारबाट गुप्त गुफा रहेको स्थानमा जाने अनुमति भने कसैलाई छैन।

स्वयम्भु पुराणमा राजा गुणकामदेव, नरेन्द्रदेव, सिद्धिमुनि देव, शाक्य भिक्षु कविन्द्रराजा जयप्रताप मल्ल आदिले शान्तिपुर प्रवेश गरेका थिए भन्ने उल्लेख छ। त्यस्तै वि.सं. १०४३मा राजा गुणकामदेवले गुफामा नागराजाको दर्शन लिएपछि भीषण व‍र्षा भई राज्यमा सहकाल आरम्भ भएको भन्ने इतिहासमा उल्लेख छ।

वि.सं. १८५६को ताम्रपत्रमा शान्तिपुरको दोस्रो द्वारमाथि राजा रणबहादुर शाह जबर्जस्ती प्रवेश गर्दा उहाका आखाको ज्योति नष्ट भएको र पछि त्यहा क्षमापूजा गरेपछि मात्र राजाले दृष्टि पाउनुभएको उल्लेख छ। राजा रणबहादुरले पूणिर्माको दिन सुनको असर्फी चढाई पूजा गर्न अह्राउनुभएबमोजिम आजपर्यन्त शान्तिपुरमा सो दिन दरबारबाट प्राप्त सुनको असर्फी राखी बज्राचार्य समुदायद्वारा पूजा हुदै आएको छ। कात्तिक सुदी र माघ सुदी पूणिर्मामा दुई पटक असर्फी चढाई गरिने यो पूजा 'असर्फी चढाउने गुठी' नामबाट चर्चित छ।

"नेपाल संवत् ७७८ आषाढ कृष्ण चतुर्थीका दिन राजा प्रताप मल्ल शान्तिपुरमा प्रवेश गरी नागको रगतले लेखिएको किताब र पौभा बाहिर ल्याई सूर्यलाई देखाउदा अति जलवृष्टि भई अनिकाल समाप्त भई सहकाल भयो" भनी राजा प्रताप मल्लद्वारा लिखित वृष्टि चिन्तामणि स्तोत्रमा वर्णन गरिएको छ।

शान्तिपुरमा प्रवेश अनुमति पाउनुभएका तान्त्रिक पूजारी मीनमान विलास बज्राचार्य यससम्बन्धमा छुट्टै किंवदन्ती रहेको बताउनुहुन्छ। उहाका अनुसार एक दिन पूजारीसाग शान्तिपुर देवीले बलि माग्नुभयो र भन्नुभयो, "आज म आफ्नो इच्छाले बलि माग्छु, दिन तयार छौ ?" पूजारीले सहर्ष स्वीकार गर्नुभयो किनकि उहा तन्त्रविधिबाट देवीसमक्ष कुनै पनि कुरा उपस्थित गराउने सामथ्र्य राख्नुहुन्थ्यो। पूजारी शान्तिपुर जादा उहाका सानो छोरा पनि उहालाई पछ्याउदै आउनुभएको उहाले थाहा पाउनुभएन। देवीले पूजारीका उनै छोरालाई बलि माग्नुभयो। नभन्दै पूजारीले आˆना पुत्रलाई देवीसमक्ष बलि चढाउनुभयो।

देवीलाई बलि चढाइएको छोरा पछि गएर कामारूकामाक्षामा रातो मच्छिन्द्रनाथ भई जन्मनुभएको किंवदन्ती छ। उता उनै बालकको हाडखोर म्हैपी जोगम्बर पीठमा गाडिएको र यक्षिणी गर्भमा ती बालकको जन्म भई कामारुकामाक्षामा रातो मच्छिन्द्रनाथ भई जन्मेको भन्ने प्रसङ्ग म्हैपी पीठको इतिहाससाग जोडिएको छ।यही घटनाका कारण शान्तिपुरमा पूजा गर्न जादा आजपर्यन्त पूजारी र उहाका सहयोगी कोही पनि पछाडि र्फकनुहुन्न। यसै समयदेखि बालकको खुट्टामा धातुको घुघरु लगाइदिने चलन चल्यो। पूजामा जादा पछाडि बालबच्चा आएका छन् वा छैनन् भन्ने कुरा घुघरुको आवाजबाट थाहा पाउन उक्त चलन चलाईएको भनाइ छ। यो होशियारीबीच प्रत्येक पूणिर्माका दिन पूजारी शान्तिपुर प्रवेश गर्नुहुन्छ।

शान्तिकराचार्य उपाधिप्राप्त तान्त्रिक पूजारी मीनमान विलास वज्राचार्यले दिनुभएको थप जानकारी अनुसार तान्त्रिक पूजाका लागि ऐलानी नम्बरी २९ रोपनी र अधिनस्थ तीन रोपनी जग्गाको गुठी राजा रणबहादुरले राख्नुभएको थियो। त्यही जग्गाको आयस्रोतका भरमा आजपर्यन्त वर्षमा ३२ पटक शान्तिपुरमा पूजा हुने गर्छ। काठमाडौ स्थित मखनटोलका विलास बज्राचार्य, थकाली तथा स्वयम्भू महाचैत्यका बुद्धाचार्य थकालीका दीक्षित दुई तान्त्रिकलाई यहा प्रवेश अनुमति छ। धेरै वर्षयता भने यहा सामान्य तान्त्रिक पूजाबाहेक ठूला तान्त्रिक पूजा र ७० जना गुठियार समावेश गरिनुपर्ने यावत् कर्म हुन नसकिरहेको भनाइ पनि मीन विलासको रहेको छ। गुप्त कोठामा पुगिसकेपछि पछाडि र दाया बाया र्फकन नहुने हुदा भित्रका अवस्थासम्बन्धी रहस्य कायमै छ।

  • साभारः [१] ::रहस्यमा जेलिएको शान्तिपुर गुफा -सरोज आचार्य