शान्ति देवी चमार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शान्ति देवी चमार

२०६० सालदेखि राजनीतिमा संलग्न शान्तिदेवी चमार समानुपातिक तर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। कपिलवस्तु, सौराह निवासी शान्तिदेवी चमार हाल अखिल नेपाल महिला संघका जिल्ला सदस्य तथा इलाका इन्चार्ज हुनुहुन्छ। उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य समेत रहेकी शान्तिदेवी चमारले समाजको कपिलवस्तु जिल्ला सहासचिवको जिम्मेदारी सक्हालिसक्नुभएको छ। 'हाम्रो समाजमा महिला अघि बढेर हिंडेको रुचाउदैनन्' भन्ने अनुभव सुनाउने सभासद शान्तिदेवी चमार भन्नुहुन्छ‍- "म राजनीतिक रूपमा सक्रिय भएपछि श्रीमतीलाई आन्दोलनमा सहभागी गराएको आरोपमा श्रीमा‌न्‌मा‌‌थि आक्रमण गरे, मलाई आन्दोलनबाट हटाउन खोजे र गाउँका ठूलावडाले त मलाई आन्दोलनबाट नहटाउने हो भने ज्यान मुद्दा लगाएर थुन्ने धम्की समेत श्रीमान्‌लाई दिएका थिए।" भारतबाट माध्यमिक तहसम्मको अध्ययन गरेकी शान्तिदेवी २ छोरा, १ छोरीकी आमा हुनुहुन्छ। समाजसेवामा उहाँको रुचि छ र उहाँ दलित महिला सङ्घ (कपिलवस्तु) सँग आबद्ध हुनुहुन्छ। दलित महिलाको पक्षमा अविचलित भएर गरेको कार्यले आफूलाई सभासद बनाएको आकलन गर्ने शान्तिदेवी संविधानसभामा दलित महिलाको निम्ति आरक्षणको व्यवस्था गराउन तथा छुवाछुतको कानुनी अन्त्य मात्र नभई यसलाई व्यवहारमै लागू गराउन आफ्ना सम्पूर्ण प्रयास केन्द्रित रहने बताउनुहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]