शान्तीदेवी राजबंशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट विजयी संविधान सभा सदस्य शान्तिदेवी राजवंशी संघर्षको समयमा पार्टीलाई पुर्‍याएको योगदानको कदर गर्दै पार्टीले आफूलाई संविधान सभामा पठाएको बताउनुहुन्छ।

४५ वर्षीया राजबंशीका श्रीमान्को माओवादी शसस्त्र संघर्षका बेला २०६० सालमा संकटकालको समयमा मोरङको हुर्हुरियामा राज्यपक्षबाट हत्या भएको थियो। आफ्ना श्रीमान् मारिएपछि राजवंशी सक्रिय राजनीतिमा होमिनु भएको हो। १५ वर्षको उमेरमै बिहे गरेकी शान्तिका ५ छोरी र एक छोरा छन्।

गरीब किसान परिवारकी राजबंशी माओवादी क्षेत्रीय समितिकी सदस्य पनि हुनुहुन्छ। राजबंशी जाति र महिलाको अधिकार नयाँ संविधानमा सुनिश्चित गराउनु उहाँको प्रमुख एजेन्डा रहेको छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]