शारदा घिमिरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रूपन्देहीबाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् शारदा घिमिरे माओवादीका स्थानीय नेतृ हुनुहुन्छ। ३० वर्षीया घिमिरे ०५६मा माओवादीको भूमिगत राजनीतिसँगै राजनीतिमा होमिनुभएको थियो। उहाँ ०६४मा प्रवास भारतमा पार्टीको काम गर्नुभयो। विज्ञान संकायमा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएकी घिमिरे रूपन्देही सालझ४८डी -७ बनकट्टीवासी हुनुहुन्छ। पदम आचार्य र जूनकला आचार्यका छोरी शारदाका एक छोरा छन्।

उहाँको आफ्नो दलको एजेण्डा नै संविधानमा लेख्ने एजेण्डा बताउनुहुन्छ। यसको साथै आफू आधा आकाश ढाकेको महिलाको प्रतिनिधिको हैसियतले पनि महिलाका अधिकारलाई संविधानमा सुनिश्चित गर्न पहल गर्ने बताउनुहुन्छ। आन्दोलनमा आफूले गरेको त्याग र पार्टीको जनमुखी मुद्दाका कारण आफू विजयी भएको दाबी गर्नुहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]