शारदा देवी कुमाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शारदा देवी कुमाल

चितवन, भरतपुरकी शारदादेवी कुमाल समानुपातिक तर्फ नेकपा (एमाले) का सभासद हुनुहुन्छ। ४१ वर्षीया कुमाल २०४० सालदेखि राजनीतिमा संलग्न हुनुभएको हो। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर कुमाल शिक्षण पेशामा भने त्यस अघिदेखि नै आवद्ध भइसक्नुभएको थियो। २०४६ सालमा कक्षामा पढाउँदै गर्दा १८ जना प्रहरीले पक्राउ गरेर लगेको र एक हप्‍तासम्म चर्को यातना दिएको उहाँ बताउनुहुन्छ। अखिल नेपाल महिला संघको जिल्ला सचिव तथा उपाध्यक्ष रहिसकेकी कुमाल हाल संघको केन्द्रीय सदस्य तथा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ। समाजसेवामा उहाँको रुचि छ र उहाँ लोकतान्त्रिक कुमाल संघका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ। अध्ययनमा विश्‍वास राख्‍ने सभासद कुमालका आर्थिक विषयमा केन्द्रित लेख रचना विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुदै आएका छन्। उहाँ २ छोरीकी आमा हुनुहुन्छ। सैद्धान्तिक प्रतिवद्धता र पिछडिएका वर्गको उत्थानका लागि गरेको कामले आफूलाई संविधानसभामा पुर्‍याएको आकलन गर्ने कुमाल राज्यको पुनः संरचना गरी पिछडिएका वर्गको हक अधिकार सुनिश्चित गर्न संविधानसभामा आफूले आवाज बुलन्द गर्ने बताउनुहुन्छ। आन्दोलनबाट राजनीतिक परिवर्तन भए पनि सामाजिक परिवर्तन नभएको र त्यसका लागि सबैको प्रयास केन्द्रित हुनुपर्ने उहाँको विशेष आग्रह छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]