सामग्रीमा जानुहोस्

शारीरिक व्यायाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घरभित्र शारीरिक व्यायाम गर्दै

शरीरलाई तन्दुरुस्ती र समग्र स्वास्थ्य सुधार वा कायम राख्ने शारीरिक क्रियाकलाप हो। यसलाई कसरत वा वर्कआउट पनि भन्ने गरिन्छ। शारीरिक व्यायाम तौल घटाउने वा नियन्त्रण गर्ने, वृद्धि र बल बढाउने, मांसपेशी तथा हृदय–रक्तनली प्रणाली विकास गर्ने, खेलकुद सीप परिष्कृत गर्ने, स्वास्थ्य सुधार गर्ने वा केवल आनन्दको लागि आदि कारणहरूको लागि गर्ने गरिन्छ।[] स्वास्थ्य लाभको दृष्टिले, सामान्यतया हरेक हप्ता १५० मिनेट (२ घण्टा र ३० मिनेट) मध्यम स्तरको व्यायाम गर्दा स्वास्थ्यसम्बन्धी समस्याहरूको जोखिम घटाउँछ। त्यस्तै, सानो मात्रामा गरिएको व्यायाम पनि व्यायाम नगरेको भन्दा बढी लाभदायक हुन्छ। प्रतिदिन करिब ११ मिनेट (एक घण्टा र पौने दुई घण्टा प्रति हप्ता) व्यायाम गर्नाले समेत समयपूर्व मृत्यु, मुटुरोग, स्ट्रोक, र क्यान्सरको जोखिम घटाउन सक्छ।


व्यायामले ब्यक्तिको शारिरीक स्वस्थताको साथ साथै मानसिक स्वस्थता कायम राख्न तथा विकास गर्न मद्दत गर्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "शारीरिक व्यायाम : मस्तिष्कको स्वास्थ्य राम्रो बनाउने उत्कृष्ट व्यायामहरू केके हुन्?", BBC News नेपाली (नेपालीमा), २०२५-०३-१६, अन्तिम पहुँच २०२५-१०-१०