शाहीन बाज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शाहीन बाज
वैज्ञानिक वर्गीकरण e
जगत: जन्तु
सङ्घ: हाड भएका
वर्ग: चरा
गण: Falconidae
परिवार: Falconidae
वंश: Falcon
प्रजाति: F. peregrinus
उपप्रजाति: F. p. peregrinator
त्रिपद नाम
Falco peregrinus peregrinator
कार्ल ज्याकोव, सन् १८३७[१]
शाहीन बाजको बासस्थान दायरा
पर्याय
  • Falco atriceps
  • Falco shaheen

शाहीन बाज दक्षिणी एसियाली भूभागमा पाइने एक गैर आवासीय बाजको एक प्रजाति हो। यस प्रजातिको बाजलाई बसाइँसराइ नगर्ने प्रजातिको रूपमा वर्णन गरिन्छ।[२] यस प्रजातिको बाजलाई कहिलेकाँही कालो शाहीन तथा भारतीय बाज भनेर पनि चिनिन्छ।[३] यस प्रजातिका बाजहरू टापूमा पनि बसोबास गर्दछन्। शाहीन बाज भारतमा निकै कम मात्रामा भेटिन्छन्।[४] यस प्रजातिको बाज २४० किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्दछ भने यसले उड्ने क्रममा पनि सिकार गर्न सक्षम हुन्छ।[५][६]

विवरण[सम्पादन गर्ने]

शाहीन बाज एक प्रजातिको बाज हो जुन अन्य बाजहरू भन्दा हल्का सानो हुन्छ। यस प्रजातिको बाजको निकै शक्तिशाली हुन्छ जसको शरीरको माथिल्लो भाग काल‍ तथा पेटको भाग सेतो हुन्छ। यस प्रजातिको बाजको घाँटी तथा घाँटी भन्दा हल्का तल सम्म सेतो धर्साहरू हुन्छ।[७] शाहीन बाजको कालो अनुहार हुन्छ जुन सेतो घाँटीसँग खण्डित हुन्छ। यस प्रजातिको बाजको पखेटाको रङ्ग सेतो तथा छिर्केमिर्के सेतो हुन्छ भने दुवै भाले र पोथी शाहीन बाजमा यस्तो रङ्गको पखेटा देख्न सकिन्छ। भाले र पोथी शाहीन बाजलाई आकारको अनुसार छुट्याउन सकिन्छ। यस प्रजातिको बाजको कुल शारीरिक लम्बाई ३८० देखि ४४० मिलिमिटर हुन्छ। एक वयस्क भाले शाहीन बाजको आकार तथा लम्बाई घर कागसँग मिल्दोजुल्दो हुन्छ।[८]

वितरण तथा बासस्थान[सम्पादन गर्ने]

शाहीन बाज दक्षिण एसिया अन्तर्गतको पाकिस्तान देखि भारत, पूर्वमा बाङ्लादेश देखि श्रीलङ्का, मध्य तथा दक्षिणपूर्वी चीन र म्यानमारको उत्तरी क्षेत्रहरूमा फेला पार्न सकिन्छ। यस प्रजातिको बाज भारतको हिमाली तथा पहाडी क्षेत्र लगायत सम्पूर्ण क्षेत्रहरूमा बसोबास गर्दछन्। शाहीन बाजहरू बङ्गालको खाडीको अण्डमान निकोकार द्विपमा पनि भेटिएको तथ्याङ्क रहेको छ। [९]


श्रीलङ्कामा[सम्पादन गर्ने]

शाहीन बाज श्रीलङ्काको स्थानीय निवासी प्रजाति हो जहाँ यो प्रजाति कम मात्रामा पाइन्छन्। यी प्रजातिहरू श्रीलङ्काको तल्लो भूभाग देखि पहाडी भूभागको १२०० मिटर उचाइसम्म पाइन्छन् जहाँ यी प्रजातिहरू पहाडी क्षेत्रको गुफा जुस्तो ठाउँमा बसोबास गर्दछन्।[१०] पहाडी क्षेत्रमा प्राकृति रूपमा बनेका गुफा वा खाल्डो परेको ठाउँमा यी पन्छीहरूले गुण बनाउने गर्दछन् भने यी पन्छीले एकपटक पहाडीको चुचुरोबाट निकै तल रहेका रहेको सिकारलाई पनि सहजै ठम्याउन सक्दछन्। यी पन्छी सिकार गर्ने क्रममा निकै दुर्त गतिमा उड्ने गर्दछ। श्रीलङ्काको सिग्रिया यस पन्छीको प्रमुख बासस्थान क्षेत्र हो।

व्यवहार[सम्पादन गर्ने]

शाहीन बाजलाई सामान्यतया एक्लो पन्छीको रूपमा देख्न सकिन्छ भने कहिलेकाँही यी पन्छीहरू जोडी बनेर पनि बस्ने गर्दछन्। सामान्यतया यी पन्छीहरू जीवन रहँदा सम्मका लागि जोडी हुने गर्दछन्। यस प्रजातिको बाजको भाले र पोथी बीचको आकारमा भिन्नता भएकाले जोडीले सामान्यतया विभिन्न आकारका प्राणीहरूको सिकार गर्ने गर्दछ। यस प्रजातिको बाज २४० देखि ३२० किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्दछ भने यसले उड्ने क्रममा पनि सिकार गर्न सक्षम हुन्छ। यस प्रजातिको बाजले वर्षको डिसेम्बर देखि अप्रिल महिनाको बीचमा प्रजनन गर्ने गर्दछ। शाहीन बाजले पहाडी क्षेत्रमा प्राकृति रूपमा बनेका गुफा वा खाल्डो परेको ठाउँमा गुण बनाउने गर्दछ। यस प्रजातिको पोथी शाहीन बाजले ३ देखि ४ अण्डा पार्ने गर्दछ। भर्खरै अण्डाबाट निस्किएका चल्लाहरू ४८ दिनमा उड्न योग्य बन्दछ।[११]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "ITIS Standard Report Page: Falco peregrinus peregrinator", Integrated Taxonomic Information System, अन्तिम पहुँच २०१४-०४-१८ 
  2. Döttlinger, Hermann; Nicholls, Mike (२००५), "Distribution and population trends of the ‘black shaheen’ Peregrine Falcon Falco peregrinus peregrinator and the eastern Peregrine Falcon F. p. calidus in Sri Lanka" (PDF), Forktail 21: 133–138। 
  3. Molard, Laurent; Kéry, Marc; White, Clayton M. (२००७), "Estimating the resident population size of Peregrine Falcon Falco peregrinus in Peninsular Malaysia" (PDF), FORKTAIL 23: 87–91। 
  4. Various meanigns of Shahin, (archive)
  5. Dementiev, G.P. (१९५७), "On the shaheen Falco peregrinus babylonicus", Ibis 99 (3): 477–482, डिओआई:10.1111/j.1474-919X.1957.tb01961.x 
  6. Phillott, D. C. (१९०७), "Note on the Shahin Falcons (Falco peregrinator and F. barbarus, Blanford)", Journal of the Asiatic Society of Bengal 3: 389–393। 
  7. de Silva Wijeratne, Gehan; Warakagoda, Deepal; de Zylva, T.S.U. (२००७), "Species description", A Photographic Guide to Birds of Sri Lanka, New Holland Publishers (UK) Ltd, पृ: ३७, आइएसबिएन 978-1-85974-511-3 
  8. Manjula Vijesundara (२००७), Sinhala Kurulu Vishvakoshaya (Sinhala Bird Encyclopaedia) - Part 1, Suriya Publishers, पृ: २७८, आइएसबिएन 955-8892-94-7 
  9. Pande, Satish; Yosef, Reuven; Mahabal, Anil (२००९), "Distribution of the Peregrine Falcon (Falco peregrinus babylonicus, F. p. calidus and F. p. peregrinator) in India with some notes on the nesting habits of the Shaheen Falcon", in Sielicki, Janusz, Peregrine Falcon populations – Status and Perspectives in the 21st Century, Mizera, Tadeusz, European Peregrine Falcon Working Group and Society for the Protection of Wild animals "Falcon", Poland and Turl Publishing & Poznan University of Life Sciences Press, Warsaw-Poznan, पृ: 493–520, आइएसबिएन 978-83-920969-6-2 
  10. de Silva Wijeyeratne, G (जुन–जुलाई २००६), "The Shaheen Falcon—Sri Lanka through a Lens", Synergy (Synergy) 3 (2): ५३, आइएसएसएन 1391-9385 
  11. U.S. Fish and Wildlife Service (१९९९), All about the Peregrine falcon, मूलबाट २००८-०४-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१३ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]