शितलपाटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोलघर, तानसेन

शितलपाटी (अङ्ग्रेजी: ShitalPati) तानसेन, पाल्पाको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो । यसलाई गोलघर (अङ्ग्रेजी: Gol Ghar) पनि भन्ने गरिन्छ । यसलाई जनरल खड्ग शमशेर जंगबहादुर राणाले सन् १८९१ देखि १९०२ सम्मको उनको कार्यकालमा बनाएका थिए । यो भवन मुगल शैलीमा तयार गरिएको मौलिक संरचना हो । यस स्थानमा स्थानिय कार्यक्रम तथा स्थानिय मानिसहरूलाई कुरा कानी गर्ने स्थानको रूपमा प्रख्यात गरेको छ । गोलघरको संरचना अष्ठभुज आकारको एक तल्ले भवन र विचमा खुला स्थान रहेको छ । यो संरचनामा सेतो रंग लगाइएको छ ।