शिवराज जोशी
स्वरूप
शिवराज जोशी नेपाल सरकारका पूर्व सूचना सञ्चार तथा यातायात मन्त्री हुन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा जोशी तीन पटक मन्त्री बनेका थिए। सहायक मन्त्री, राज्यमन्त्री हुँदै कोइराला मन्त्रीपरिषद्मा सूचना तथा सञ्चार मन्त्री बनेका उनी तत्कालीन सरकारका प्रवक्ता एवं प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका संसदीय दलका मुख्य सचेतक समेत हुन् ।[१] जोशी सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधित्व गर्छन् भने यहीँबाट तीनपटक निर्वाचित भइ प्रतिनिधि सभामा प्रवेश गरेका थिए ।[२]उनी चौकुने गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
शिवराज जोशी | |
|---|---|
| पूर्व सञ्चार, सूचना तथा यातायात मन्त्री | |
| नेपाल सरकार, सञ्चार सूचना तथा यातायात मन्त्रालय | |
| प्रधानमन्त्री | गिरिजाप्रसाद कोइराला |
| व्यक्तिगत विवरण | |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेपाली काँग्रेस |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ एच.डी, न्युज नेपाल (२०२५-०९-२०), "कांग्रेस नेता शिवराज जोशीको सुझाव : मैले त छोडिसकें अब पुराना नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ !", NewsNepal HD (en-USमा), अन्तिम पहुँच २०२५-०९-२२।
- ↑ एच.डी, न्युज नेपाल (२०२२-०९-०५), "सुर्खेत -२ बाट पुर्वमन्त्री जोशी समानुपातिक उम्मेदवार सिफारिस", NewsNepal HD (en-USमा), अन्तिम पहुँच २०२५-०९-२२।