सामग्रीमा जानुहोस्

शिव सङ्कल्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिव सङ्कल्प
शिव सङ्कल्प पोखरामा २०७२
जन्मअतिस कौण्डिन्न्यायन
काठमाडाैँ, नेपाल
राष्ट्रियतानेपालनेपाली
शिक्षाएमफार्म
मातृ शिक्षाप्रतिष्ठानपोखरा विश्वविद्यालय
पेशालेखक, समीक्षक, कवि, नाटककार, प्राध्यापक
कार्यकाल२०५१–
उल्लेखनीय कार्य
उर्वशी सूक्त (नाटक) (२०८०)
पुरस्कारनेपाल विद्याभूषण, २०७१
वेबसाइटwww.shivasankalpa.com

शिव सङ्कल्प (English: Shiva Sankalpa) (जन्म अतिस कौण्डिन्न्यायन/Atis Kaundinnyayana, जन्मः वि.सं. २०३९) एक नेपाली लेखक, समीक्षक, कवि, नाटककार, औषधिविद् तथा प्राध्यापक हुन्।[] [][][]

उनकाे पहिलो रचना २०५१ सालमा कान्तिपुर कोसेलीमा प्रकाशित भएको थियो ।[] उनका अनेक कथा, कविता, तथा समीक्षाहरू मधुपर्क[], सेतोपाटी[], बाह्रखरी[][][], समकालीन साहित्य[१०]इत्यादि पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।

अनेक साहित्यिक कार्यक्रमहरूमा वक्ता, प्रस्तोता तथा सहजकर्ता [११] रहेका उनको कामसूत्र रति, रस र रहस्य विषयको भूषिता वशिष्ठसँगको संवाद २०८१ को नेपाल लिटरेचर फेस्टिभलमा चर्चित भएको थियो ।[१२][१३] उनीद्वारा रचित शास्त्रीय नाटक उर्वशी सूक्तको मञ्चन पोखरा थिएटरमा २०८० वैशाखमा भएको थियो ।[१४] [१५][] साहित्यिक रूपमा पोखरेली युवा साँस्कृतिक परिवारसँग संलग्न[१६] [१७]सङ्कल्प औपचारिक अध्ययनले एक स्वर्णपदक विजेता औषधिविद् हुन् र हाल पोखरा विश्वविद्यालयमा प्राध्यापनरत छन् ।[] उनले वि.संं २०७१ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट नेपाल विद्याभूषण स्वर्णपदक प्राप्त गरेका थिए ।[१८] उनका अनेक वैज्ञानिक लेखहरू पनि प्रकाशित छन् ।[१९]

  • सिमलचाैरको बहःSimalchaur Hiraeth (सम्पादन)[२०]
  • गण्डकी नाट्यदर्पण (संयुक्त सम्पादन) २०७९[२१]
  • उर्वशी सूक्त (नाटक) २०८०[२२]

फोटो ग्यालरी

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Shiva Sankalpa", Theatricalia, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२५ 
  2. "कामसूत्र: रस, रति र रहस्य", नागरिक (पोखरा), १८ फाल्गुन २०८१, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५ 
  3. ३.० ३.१ ३.२ उलक, सुनील (सोमबार, वैशाख ४, २०८०), "पोखरामा नाटक ‘उर्वशी सूक्त’", नेपालखोज, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५ 
  4. ४.० ४.१ शिव सङ्कल्प, "लेखकको बारेमा", तत्त्वमसि, अन्तिम पहुँच २०८२-०६-२१ 
  5. सङ्कल्प, शिव (२०७४ फागुन), "वैज्ञानिक(कथा)", मधुपर्क, अन्तिम पहुँच २०२५-०९-०९ 
  6. शिव सङ्कल्प (फेब्रुअरी २५, २०१७), "मेयर हर्कचोक", सेतोपाटी, अन्तिम पहुँच २०८२-०६-२१ 
  7. "म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु", बाह्रखरी, शनिबार, माघ ८, २०७३, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५ 
  8. शिव संकल्प (२०७६ वैशाख ९), "बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने ?", बाह्रखरी, अन्तिम पहुँच २०८२-०६-२१ 
  9. शिव सङ्कल्प, "अनिद्राको धङ्धङी र आँधीको मनोरम नृत्य", बााह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-०९ 
  10. शिव सङ्कल्प (२०२०-०८-०३), "गजल", समकालीन साहित्य (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-०९ 
  11. "PITF 2019 Director's Meet with Drama "In Transit"", Pokhara Theatre, २०२३-०५-२१, अन्तिम पहुँच २०२५-०९-०७ 
  12. "कामसूत्र: रस, रति र रहस्य", नागरिक (पोखरा), १८ फाल्गुन २०८१, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५ 
  13. Nepal Literature festival, Ncell, "कामसूत्र, रति, रस र रहस्य (भूषिता वशिष्ठका साथमा संवाद)", युट्युब 
  14. "नारीलाई शक्तिका रुपमा स्थापित गर्ने नाटक 'उर्वशी सूक्त' मञ्चन", Pokhara Theatre, १५ अप्रिल २०२३, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२५ 
  15. जोशी, वेदप्रकाश (शनिबार, वैशाख ९, २०८०), "नाटक उर्वशी सूक्त: ऋग्वेदकालको परिभ्रमण", हिमालखबर, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५ 
  16. "आजीवन सदस्य, पोखरेली युवा साँस्कृतिक परिवार", पोखरेली युवा साँस्कृतिक परिवार, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५ 
  17. "कार्यसमिति सदस्य पोखरेली युवा साँस्कृतिक परिवार", पोखरेली युवा साँस्कृतिक परिवार, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५ 
  18. "Shiva Sankalpa Photo Gallery", Google Sites, अन्तिम पहुँच २०२५-०९-१६ 
  19. "Atis Kaundinnyayana – Google Scholar Profile", Google Scholar, अन्तिम पहुँच २०८२-०६-२१ 
  20. "सिमलचाैरको बहः – Simalchaur Hiraeth", Goodreads, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५ 
  21. "गण्डकी प्रज्ञा प्रतिष्ठानको सक्रियता प्रति मुख्यमन्त्री सन्तुष्ट", जनआवाज, अन्तिम पहुँच २०८२-०६-२१ 
  22. "नाटक उर्वशी सूक्त Teaser", YouTube, पोखरा थिएटर, २०८० माघ ७, अन्तिम पहुँच २०८२-०६-२१