शीतयुद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेटो तथा वार्सा पक्षका राष्ट्रहरू

दोस्रो विश्वयुद्ध पछि संयुक्त राज्य अमेरिका तथा रुस को बिच उत्पन्न तनावको स्थितलाई शीत युद्ध को संज्ञा दिइएको थियो।

शीतयुद्धको अर्थ[सम्पादन गर्ने]

दोस्रो विश्व युद्ध सकिएपछि सन् १९४५ देखि १९८९ को बीचको समयमा संसार दुई ध्रुवमा बाँडिएको थियो । ती दुई ध्रुवको नेतृत्व अमेरिका र सोभियत संघले गरेका थिए । शीतयुद्ध शब्दको प्रयोग अमेरिका र सोभियत संघबीच त्यो समयमा रहेको तनावपूर्ण सम्बन्धलाई लिएर गरिन्छ । परमाणु युद्धको आशंकामा दुवै पक्ष कहिलै पनि सिधै युद्धमा होमिएनन् । तर त्यो समयमा करोडौं मानिस डरमा बाँच्न बाध्य रहे ।

इतिहासकार यसलाई सरकार संचालनका दुई व्यवस्था (पुँजीवादसाम्यवाद)बीचको लडाईकारूपमा हेर्छन् । यसमा अमेरिकाले पुँजीवादी व्यवस्थाको प्रतिनिधित्व गरेको थियो भने रूसले साम्यवादी व्यवस्थाको । देश चलाउने तरिका दुवै देशको फरक थियो र दुवैलाई लाग्थ्यो की आफ्नो प्रणाली उत्कृष्ट छ । दुवै देश यो मान्न थालेका थिए की दोस्रो पक्ष आफ्नो व्यवस्था संसारभर लागु गराउने कोसिस गरिरहेको छ । यही नै तनावको सबैभन्दा ठूलो कारण थियो ।

कसरी भयो सुरूवात ?[सम्पादन गर्ने]

सन् १९४५ मा दोस्रो विश्व युद्ध सकिनु त्यस्तो मोड थियो जसका कारण शीत युद्ध सुरू भयो । युद्धको समयमा रूस र सोभियत संघ एक अर्काका सहयोगी थिए र नाजी जर्मनी उनीहरूको साझा दुस्मन थियो । तर वास्तविकता यो थियो की युद्ध सकिएपछि नाजी जर्मनीको अस्तित्व सकियो । यो युद्धले यूरोपलाई छुट्टाइदिएको थियो र दुवै देश शक्तिशाली हुँदै गएका थिए ।

युद्ध सकिएपछि दुवै देश संसारलाई आ–आफ्नै तरिकाले चलाउन चाहान्थे । उनीहरूकाबीचमा युरोपलाई कसरी फुटाउने भन्ने बारेमा पनि ठूलो मतभेद थियो । यही कारण अमेरिका र सोभियत संघको बीचमा दुश्मनी सुरू भएको हो । किनकी दुवै देश संसारमा आफ्नो दबदबा बढाउने होडमा अघि बढेका थिए ।

दुवै देशले आफ्ना सहयोगी देशको गठबन्धन बनाउन सुरू गरे । अमेरिका र पश्चिमी देशले मिलेर ‘नेटो’ गठन गरे । अर्को तर्फ सोभियत संघलाई पूर्वी युरोपका पोल्याण्ड र हंगेरी जस्ता देशको समर्थन थियो । दुवै पक्षलाई एक अर्काले हमला गर्ने डर थियो । यसको नतिजा हतियार निर्माणमा भएको होडबाजीमा देखियो । उनीहरूले हतियारको भण्डार बढाउन सुरू गरे । ६० को दशकमा आइपुग्दासम्म अमेरिका र सोभियत संघले आफ्नो तागत यतीसम्म बढाएका थिएकी उनीहरूको परमाणु मिसाइल महादेशको सिमा पार गरेर हमला गर्न सक्षम थिए । सन् १९६२ मा क्युबा मिसाइल संकटको दिनमा परमाणु युद्धको सम्भावना चरम थियो । संसारभर गृह युद्धको स्थिति थियो । अमेरिका र सोभियत संघको समर्थनमा अप्रत्यक्षरूपमा लड्नु समान्य झैं थियो ।

लिभरपुल जोन मुरिस युनिभर्सिटीका सिनियर लेक्चरर मेलकम क्रेग भन्छन्, ‘शीत युद्ध कहिलै शितल थिएन । दुवै शक्तिबीचको लडाईमा लाखौं मानिसको ज्यान गएको थियो । कम्बोडिया, कंगो, कोरिया, इथोपिया, सोमालिया जस्ता ठाँउमा शित युद्ध एक बर्बाद गरिदिने लडाई थियो ।’

अन्तराष्ट्रिय राजनीतिमा शीतयुद्धकोप्रभाव[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]