शुम्भ र निशुम्भ

शुम्भ र निशुम्भ हिन्दु पौराणिक कथाहरूमा उल्लिखित दुई असुर दाजुभाइहरू हुन् जसको वर्णन देवी माहात्म्य मा गरिएको छ। पौराणिक कथा अनुसार, उनीहरूलाई देवी कौशिकीले वध गरेकी थिइन्।
किंवदन्ती
[सम्पादन गर्नुहोस्]शुम्भ र निशुम्भको कथा देवी माहात्म्य को पाँचौँ अध्यायबाट सुरु हुन्छ। दुर्गाले कसरी दुई असुर दाजुभाइले कठोर तपस्या र शुद्धीकरणका अनुष्ठानहरूद्वारा तीन लोक जित्ने प्रयास गरे भन्ने कुरा पुन: वर्णन गर्छिन्।[१] शुम्भ र निशुम्भ एक पवित्र स्थल पुष्कर गएर त्यहाँ दश हजार वर्षसम्म प्रार्थनामा मग्न रहन्छन्। सृष्टिकर्ता देवता ब्रह्माले दाजुभाइको तपस्या देखेर र प्रसन्न भई उनीहरूले मागेको वरदान प्रदान गरिदिन्छन्।[२]
शुम्भको सेवामा रहेका दुई साना असुरहरू, चण्ड र मुण्डले देवी दुर्गालाई भेट्छन् उनको सुन्दरताबाट मन्त्रमुग्ध बन्छन्। उनीहरूले यस देवीको बारेमा शुम्भलाई जानकारी दिन्छन् जसले दुर्गालाई प्राप्त गर्न चाहन्थे। शुम्भले असुर सुग्रीवलाई पार्वतीसँग विवाहको प्रस्ताव राख्न पठाए तर पार्वतीले उनको प्रस्ताव अस्वीकार गरिदिन्छिन्। त्यसपछि असुर दाजुभाइले पार्वती स्वेच्छाले आउँदिनन् भने, उनीहरूले उनलाई अपहरण गर्ने निर्णय। गर्छन्। सुरुमा, असुर धूम्रलोचन र उनको ६० हजार असुरहरूको सेनालाई पार्वतीलाई अपहरण गर्न पठाइन्छ। त्यसपछि दुर्गाबाट विभिन्न देवीहरूले रूप धारण गरी सम्पूर्ण सेनाको संहार गरिन्छ। त्यसपछि, चण्ड र मुण्डलाई खटाइन्छ भने उनीहरू पनि देवीद्वारा नष्ट हुन्छन्।[२] त्यसपछि रक्तबीज लाई पठाइयो जसलाई देवी कालीले वध गर्छिन्।
मृत्यु
[सम्पादन गर्नुहोस्]
यी भिडन्तहरू पछि, शुम्भ र निशुम्भसँग पार्वती विरुद्ध प्रत्यक्ष युद्ध गर्नुको विकल्प रहेन। यद्यपि ब्रह्माको वरदानले दाजुभाइलाई पुरुष र असुरहरूबाट सुरक्षा प्रदान गरेको थियो, तर देवीहरू विरुद्ध भने यस्तो कुनै सुरक्षा कवच थिएन। पार्वतीको वाहन सिंहमाथि आक्रमण गरेपछि निशुम्भ सबैभन्दा पहिले ढल्छन्।[३] आफ्नो भाइको मृत्यु देखेपछि शुम्भ क्रोधित हुँदै पार्वतीमाथि जाइलाग्छन् तर अन्ततः देवीको त्रिशूलले उनलाई दुई टुक्रा पारिदिन्छ जसकारण उनको पनि मृत्यु हुन पुग्छ। शुम्भ र निशुम्भको अन्त्यसँगै, तीनै लोकहरू एक ठुलो दुष्टताबाट मुक्त भई आफ्नो सामान्य अवस्थामा फर्किन्छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Devi Mahatmya Navrathri Katha - Chapter 1 to 13", S-a-i.info, अन्तिम पहुँच २००९-०१-२९।
- 1 2 "The Devi", Sdbbs.tripod.com, अन्तिम पहुँच २००९-०१-२९। अभिलेखिकरण २००९-०१-२५ वेब्याक मेसिन
- ↑ "Sri Durga Saptasati or The Devi Mahatmya", Sivanandaonline.org, मूलबाट २०१०-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०१-२९। अभिलेखिकरण २०१०-०६-१६ वेब्याक मेसिन
- ↑ "Sri Durga Saptasati or The Devi Mahatmya", Sivanandaonline.org, मूलबाट २०१०-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०१-२९। अभिलेखिकरण २०१०-०६-१६ वेब्याक मेसिन