सामग्रीमा जानुहोस्

शेख फजिलातुन्नेसा मुजिब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गमाता
शेख फजिलातुन्नेसा मुजिब
শেখ ফজিলাতুন্নেছা মুজিব
बङ्गलादेशको प्रथम महिला
पद स्थापित
११ अप्रिल १९७१ – १२ जनवरी १९७२
राष्ट्रपतिशेख मुजिबुर रहमान
पूर्वाधिकारीपद स्थापित
कार्यकाल
२५ जनवरी १९७५ – १५ अगस्ट १९७५
राष्ट्रपतिशेख मुजिबुर रहमान
व्यक्तिगत विवरण
जन्म(१९३०-०८-०८)८ अगस्ट १९३०
टुङ्गिपाडा, गोपालगञ्ज तत्कालीन वृहत् फरिदपुर जिल्ला, बङ्गलादेश
मृत्यु१५ अगस्ट १९७५(1975-08-15) (उमेर ४५)
बङ्गबन्धु भवन, धानमण्डी, ढाका, बङ्गलादेश
तरिकाहत्या
चिहानबनानी चिहान
जीवनसाथीशेख मुजिबुर रहमान (वि. १९३८)
सन्तान
आफन्तहरूशेख-वाजेद परिवार
पुरस्कार स्वाधीनता पुरस्कार

बेगम शेख फजिलातुन्नेशा मुजिब (८ अगस्ट १९३० - १५ अगस्ट १९७५), बेगम मुजिब वा रिनु उपनामले परिचित, बङ्गलादेशको पहिलो प्रथम महिला र देशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानकी श्रीमती थिइन्।[] सन् १९७५ को १५ अगस्ट का दिन भएको एक भयानक हत्याकाण्डमा उनी सहित उनका श्रीमान, तीन छोराहरू र दुई बुहारीहरूको मृत्यु भएको थियो। उनको जन्मदिनलाई शेख हसिनाको सरकार अवधिभर राज्यमा सम्मान र हर्षोल्लासका साथ मनाइने गरिएको भएतापनि सन् २०२४ अगस्ट ५ का दिन शेख हसिना सरकारको पतन पछि १६ अक्टोबरमा गठित अन्तरिम सरकारले यो दिवसलाई रद्द गरिदिएको थियो।[]

प्राथमिक जीवन र विवाह

[सम्पादन गर्नुहोस्]

उनले सन् १९३० अगस्ट ८ का दिन गोपालगञ्जको टुङ्गिपाडामा भएको थियो। उनका उपनाम रेनु थियो।[][] उनका बुबा शेख जहुरुल हक र आमा हुसेन आरा बेगम थिए।[] जब उनी पाँच वर्षकी थिइन् तब उनका अभिभावकको मृत्यु भएको थियो।[] उनी आफ्ना श्रीमान शेख मुजीबुर रहमानका काकाको बहिनी थिइन्। जब शेख मुजिबको उमेर १३ र बेगम फजिलातुन्नेसाको उमेर मात्र तीन वर्ष थियो तब घरको ठूलाबडाहरूले उनीहरूको विवाह तय गरेका थिए।[] सन् १९३८ मा उनीहरूको विवाह हुने समयमा रेनुको उमेर ८ वर्ष र शेख मुजिबको उमेर मात्र १८ वर्ष थियो।[] पछि यस दम्पतीबाट दुई छोरी र तीन छोराहरू जन्मिएका थिए। सन्तानहरू मध्ये शेख हसिना र शेख रेहाना छोरीहरू तथा शेख कामाल, शेख जामाल र शेख रासेल छोराहरू थिए।

मुजिब र फजिलातुन्नेसा, सन् १९४७ मा

बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा बेगम फजिलातुन्नेसा परिवारका अन्य सदस्यहरूसँग (शेख हासिना, शेख जामाल, शेख रिहाना, शेख रासेल, एमए वाजेद मिया र अन्य) मोगबजार या नजिकको कुनै क्षेत्रको एक घरबाट पाकिस्तानी सेनाद्वारा सन् १९७१ मे १२ मा पक्राउमा परेका थिए भने १७ डिसेम्बरसम्ममा उनीहरू धानमण्डीको घर नम्बर २६, सडक ९ए (पुरानो १८) मा कैदको स्थितिमा थिए।[][१०]

सन् १९७५ अगस्ट १५ का दिन निम्न पदका सैनिक अधिकारीहरूको एक दलले राष्ट्रपति निवासमा आक्रमण गरी शेख मुजिब, उनका परिवारका सदस्यहरू र उनका व्यक्तिगत कामदारहरूको सामूहिक हत्या गरेका थिए। यस हत्याकाण्डका मारिएका सदस्यहरू मध्ये शेख मुजिबुर रहमान, फजिलातुन्नेसा, उनीहरूको दस वर्षका छोरा शेख रासेल, उनका अन्य दुई छोराहरू शेख कामाल र शेख जमाल, बुहारीहरू सुलताना कामाल र रसी जामाल, भाइ अब्दुर रब सर्नियाबात, देवर शेख नासेर, भतिजा शेख फजलुल हक मनी र उनकी श्रीमती आरजु मनी पनि छन्। त्यतिबेला पश्चिम जर्मनीको भ्रमणमा रहेको कारण केवल उनीहरूकम दुई छोरी शेख हसिना वाजेद र शेख रेहाना भाग्यले बाँच्न सफल भएका थिए।[११] पछि उनीहरूलाई बङ्गलादेश आउन प्रतिबन्ध लगाइएको थियो। यस विद्रोह र हत्याकाण्डको योजना अवामी पार्टीका असन्तुष्ट कार्यकर्ता र सेनाका अधिकारीहरूले बनाएका थिए। जसमध्ये शेख मुजिबका सहकर्मी र पूर्व विश्वासिलो पात्र खन्दोकार मोस्ताक अहमद पनि थिए जो यस घटना लगत्तै राष्ट्रपति पदको उत्तराधिकारी बनेका थिए। ढोका अवस्थित अमेरिकाको राष्ट्रदूत युजिन बुस्टरको अभिव्यक्तिको आधारमा लरेन्स लिफसुल्जले केन्द्रीय गुप्तचर संस्थालाई यस विद्रोह र हत्याको लागि आरोप लगाएका थिए।[१२]

मुजिबको हत्या पनि सम्पूर्ण देशभर केही वर्षका लागि राजनीतिक अस्थिरता छाएको थियो। विद्रोही नेताहरू एकपछि अर्को गर्दै विद्रोहको माध्यमबाट सत्तामा पुगेका थिए भने राजनीतिक हत्याका कारण देशमा चरम अशान्तिको माहोल छाउन पुग्छ। सन् १९७७ मा अर्को विद्रोहपछि अनुशासन पुनर्स्थापित गरिन्छ र सेनाप्रमुख जियाउर रहमानले सत्ता प्राप्त गर्छन्। सन् १९७८ मा जियाले आफूलाई राष्ट्रपति घोषणा गरेर सुरक्षा आदेश जारी गर्नुका साथै उनले मुजिबको हत्याको मुख्य योजनाकारलाई सफाई दिन्छन्।

उनको सम्झनामा बङ्गबन्धु मेमोरियल ट्रस्टले मलेसियाली अस्पताल केपीजेसँग सहकार्य गरी शेख फजिलातुन्नेसा मुजिब मेमोरियल केपीजे विशेष अस्पताल र नर्सिङ कलेज स्थापना गरेको थियो। अस्पतालको स्थापना बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले र मलेसियाका प्रधानमन्त्री नाजिब रज्जाकले गरेका थिए।[१३] शेख फजिलातुन्नेसा मुजिब हल राजशाही विश्वविद्यालयको महिला छात्रावास हो। सरकारी शेख फजिलातुन्नेसा मुजिब महिला कलेज टाङ्गाइलमा अवस्थित छ।[१४]

विश्वविद्यालय तथा हल नामकरण

[सम्पादन गर्नुहोस्]
  • शेख फजिलातुन्नेसा मुजिब सरकारी महिला कजेल, बोनपाडा, नाटोर (हाल: बोनपाडा सरकारी महिला कलेज)
  • सरकारी शेख फजिलातुन नेसा मुजिब महिला महाविद्यालय, टाङ्गाइल (हाल: टाङ्गाइल सरकारी महिला कजेल)
  • शेख मजिलातुन्नेसा मुजिब छात्रावास, इडेन महिला कलेज, ढाका[१५]
  • बङ्गोमाता शेख फजिलातुन्नेसा मुजिब हल (छात्रा हल), बङ्गालादेश कृषि विश्वविद्यालय, मयमनसिंह।
  • बङ्गोमाता बेगम फजिलातुन्नेसा मुजिब हल (छात्रा हल), जहाङ्गीरनगर विश्वविद्यालय
  • बङ्गोमाता बेगम फजिलातुन्नेसा मुजिब हल (छात्रा हल), इस्लामी विश्वविद्यालय, बङ्गलादेश
  • शेख फजिलातुन्नेसा मुजिब हल, (छात्रा हल), राजशाही विश्वविद्यालय।[१६]
  • बङ्गोमाता शेख फजिलातुन्नेसा मुजिब हल, चट्टोग्राम विश्वविद्यालय
  • बङ्गोमाता शेख फजिलातुन्नेसा मुजिब हल (छात्रा हल) , खुल्ना विश्वविद्यालय
  • बङ्गोमाता बेगम फजिलातुन्नेसा मुजिब हल, राष्ट्रिय कवि काजी नजरुल इसलाम विश्वविद्यालय, त्रिशाल, मयमनसिंह।
  • बङ्गोमाता बेगम फजिलातुन्नेसा मुजिब हल, बेगम रोकेया विश्वविद्यालय, रङ्पुर।
  • बङ्गोमाता बेगा फजिलातुन्नेसा मुजिब हल, बशेमुरविप्रबी गोपालगञ्ज।
  • बङ्गोमाता शेख फजिलातुन्नेसा मुजिब हल (छात्रा हल), हाबिप्रवी, दिनाजपुर
  • बङ्गोमाता शेख फजिलातुन्नेसा मुजिब हल (छात्रा हल),ढाका विश्वविद्यालय
  • सन् २०२१ मा सार्वजनिक भएको टुङ्गिपाडार मिया भाइ नामक एक बङ्गलादेशी चलचित्रले शेख मुजिबुर रहमानको जीवनकाल अन्तर्गत सन् १९३० देखि १९५२ सम्मका विभिन्न उल्लेखनीय घटनाहरूलाई चित्रण गरिएको थियो। यस चलचित्रमा फजिलातुन्नेसाको भूमिका प्रार्थना फार्दिन दीघिले निभाएकी थिइन्।[१७]
  • सन् २०२१ मा चिरञ्जीव मुजिब नामक अर्को चलचित्र पनि सार्वजनिक भएको थियोे जसले सन् १९४९ देखि १९५२ सम्म शेख मुजिबुर रहमानको जीवनकाललाई चित्रण गर्दछ। यस चलचित्रमा फजिलातुन्नेसाको भूमिका दिलारा हानिफ पूर्णिमा निभाएकी थिइन्।[१८]
  • सन् २०२३ मा बङ्गोमाता शेख फजिलातुन्नेसा मुजिबको जीवनमा आधारित एक बङ्गलादेशी लघु चलचित्र सार्वजनिक गरिएको थियो। यसमा चलचित्रमा ज्योतिका ज्योतिलाई प्रमुख भूमिकामा र शेख फजिलातुन्नेसा मुजिबको रूपमा प्रस्तुत गरिएको थियो।[१९]
  • सन् २०२३ मा बङ्गलादेश-भारतको संयुक्त निर्माणमा मुजिब: द मेकिङ अफ अ नेसन नामक चलचित्र सार्वजनिक भएको थियो जसले शेख मुजिबुर रहमानको जीवनकालको चित्रण गर्दछ। यस चलचित्रमा फजिलातुन्निसाको भूमिकामा प्रार्थना फार्दिन दीघि र नुसरात इमरोज तिशा रहेका छन्।[२०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "ফজিলাতুন্নেছা মুজিবের ৯০তম জন্মবার্ষিকী শনিবার"banglanews24.com (बङ्गाली भाषा)। सङ्ग्रह मिति १२ नोभेम्बर २०२० 
  2. "বাতিল হচ্ছে ৮ জাতীয় দিবস"দ্য ডেইলি স্টার (বাংলাদেশ) 
  3. "বঙ্গমাতার ৯০তম জন্মবার্ষিকী আজ"দৈনিক ইত্তেফাক (बङ्गाली भाषा)। सङ्ग्रह मिति २१ डिसेम्बर २०२० 
  4. "Begum Mujib: A tribute", The Daily Star, मूलबाट २६ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०१६ 
  5. "Renowned personality", Gopalganj District, मूलबाट २८ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-२८  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०५-२८ मिति
  6. "Begum Fazilatun Nesa: Sheikh Mujib's flame of inspiration", The Business Standard (अङ्ग्रेजीमा), ८ अगस्ट २०२३, मूलबाट १७ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अगस्ट २०२४ 
  7. "বঙ্গমাতা শেখ ফজিলাতুন্নেছা মুজিব: জন্মদিনে শ্রদ্ধাঞ্জলি"banglanews24.com (बङ्गाली भाषा)। सङ्ग्रह मिति २१ डिसेम्बर २०२० 
  8. অঞ্জন, রায়। "যে কোনও বয়সেই বঙ্গবন্ধুর প্রতিবাদী চরিত্র অমলিন"আনন্দবাজার পত্রিকা (बङ्गाली भाषा)। सङ्ग्रह मिति २१ डिसेम्बर २०२० 
  9. "ফজিলাতুন্নেছা মুজিবের জন্মদিন বুধবার"banglanews24.com (बङ्गाली भाषा)। सङ्ग्रह मिति २१ डिसेम्बर २०२० 
  10. "Sheikh Fazilatunnesa Mujib's 81st birth anniversary today", The Daily Star, मूलबाट १५ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण १५ फेब्रुअरी २०१६ मिति
  11. Mahbub, Sumon, "Bangladesh plunges into mourning Bangabandhu on his 40th death anniversary", bdnews24.com, मूलबाट १५ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१६ 
  12. "In Mourning, In Rage", The Daily Star, मूलबाट ६ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २०१५ 
  13. "PM to take all treatment at home"ঢাকা ট্রিবিউন (अङ्ग्रेजी भाषा)। BSS। सङ्ग्रह मिति १० फेब्रुअरी २०१६ 
  14. "Hasina, Malaysian PM unveil plaque"দ্য ডেইলি স্টার (বাংলাদেশ) (अङ्ग्रेजी भाषा)। Unb। सङ्ग्रह मिति १० फेब्रुअरी २०१६ 
  15. "ভূমিকম্পে ইডেনের ছাত্রাবাসে ২৯ ফাটল"दैनिक जनकण्ठो (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २१ डिसेम्बर २०२० 
  16. "9th RU convocation held"ঢাকা ট্রিবিউন (अङ्ग्रेजी भाषा)। ঢাকা ট্রিবিউন। सङ्ग्रह मिति १० फेब्रुअरी २०१६ 
  17. It, Build (२०२०-१२-०९), "২৫ ডিসেম্বর মুক্তি পাচ্ছে 'টুঙ্গিপাড়ার মিয়া ভাই'", Voice Television (बङ्गालीमा), Voice TV, मूलबाट २०२२-०६-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०६-०८ मिति
  18. "'চিরঞ্জীব মুজিব'-এর মুক্তি বগুড়ার মধুবনে", Prothom Alo (बङ्गालीमा), २३ डिसेम्बर २०२१, मूलबाट २९ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०२२ 
  19. "মুক্তি পেল 'বঙ্গমাতা'", Prothom Alo (बङ्गालीमा), २०२३-०८-०८, मूलबाट २०२३-०८-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०८-०९ 
  20. Chowdhury, Rishita Roy (२२ जनवरी २०२१), "Shyam Benegal's India-Bangladesh film Bangabandhu goes on floors", India Today (22), मूलबाट २२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०२१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]