सामग्रीमा जानुहोस्

शेख हसिना विरुद्धको मुद्दा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्ख हसिना विरुद्धको मुद्दा
ढाका विश्वविद्यालयको विद्यार्थी शिक्षक सभाकक्षमा शेख हसिना विरुद्धको मुद्दा सुनुवाइ प्रत्यक्ष प्रसारण
अदातलअन्तर्राष्ट्रिय अपराध ऐन-१
सम्पूर्ण मामिलाको नामप्रमुख अभियोजनकर्ताद्वारा लगाइएको शेख हसिना र अन्य विरुद्धको मुद्दा
पेश१ जुन २०२५
फैसला१७ नोभेम्बर २०२५
रायशेख हसिना, आसादुज्जामान खान र अब्दुल्लाह अल मामुनलाई मानवता-विरोधी अपराधमा दोषी ठहर गरि हसिना र खानलाई मृत्युदण्डको सजाय र अब्दुल्लाह अल मामुनलाई पाँच बर्षे कारावास सजाय सुनाइएको।
अभियोग
  • सहयोगिता
  • प्रोत्साहन
  • आन्दोलन भड्काउने काम
  • षड्यन्त्र र नरसंहार रोक्न असफल
[]
अभियोजकमोहम्मद ताजुल इस्लाम (सरकारको पक्षमा)[]
पक्ष समर्थनमोहम्मद आमिर हुसेन (शेअ हसिनाको पक्षमा)[]
उक्तिअ.अ.ऐ बङ्गलादेश मामिला नम्बर ०२/२०२५
उद्धृत गरिएको ऐनअन्तर्राष्ट्रिय अपराध ऐन सन् १९७३
मामिलाको इतिहास
पछिल्ला कार्य (हरू)पृथक् अदालत अपमानको मुद्दामा सजाय (२ जुलाई २०२५): ६ महिनाको कारावास सजाय।[]
अदालतका सदस्यहरू
निवासी न्यायाधीश
  • गोलाम मर्तुजा मजुमदार (अध्यक्ष)
  • मोहितुल हक मोहम्मद एनाम चौधरी (सदस्य)
  • मोहम्मद शफिउल आला महमुद (सदस्य)

प्रमुख अभियोजनकर्ताद्वारा लगाइएको शेख हसिना र अन्य विरुद्धको मुद्दा वा सामान्य रूपमा शेख हसिना विरुद्धको मुद्दा (बङ्गाली: শেখ হাসিনার বিচার) सन् २०२४ को जुलाई र अगस्ट महिनामा विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनमा सरकारद्वारा गरिएको हिंसात्मक दमनसँग सम्बन्धित मानवता विरुद्धको अपराधको आरोपमा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना, पूर्व गृहमन्त्री आसादुज्जामान खान कामाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल-मामुन विरुद्धको लगाइएको एक मुद्दा हो जसलाई बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध अदालत-१ द्वारा अघि बढाइएको थियो।[] यस मुद्दालाई हसिना र कामालको अनुपस्थितमै बढी बढाइएको थियो भने अदालतद्वारा उनीहरूलाई यस मुद्दामा सन् २०२५ नोभेम्बर १७ का दिन मृत्युदण्डको सजाय सुनाइएको थियो।[][] सन् २०२४ देखि प्रहरी हिरासतमा रहेका मामुनलाई पनि अदालतद्वारा दोषी ठहर गरिएको भएतापनि अनुसन्धानकर्तासँग सहकार्य गरी राज्यको साक्षीको रूपमा सेवा गरेका कारण उनलाई पाँच वर्षको कारावास सजाय सुनाइएको थियो।[][]

अभियोजनको नेतृत्व सर्वोच्च अदालतका प्रधानन्यायाधीश मोहम्मद तजुल इस्लामले गरेका थिए जहाँ अदालतद्वारा नियुक्त वकिल अमिर हुसेनले आरोप लगाइएकाहरूको अनुपस्थितिमै उनीहरूको प्रतिनिधित्व गरेका थिए। यस मुद्दाको सुनुवाई एक त्रि-न्यायाधीश प्रणाली अन्तर्गत गरिएको थियो। प्रतिवादीहरू विरुद्धको आरोप सन् २०२४ को विरोधको प्रदर्शनको क्रममा राज्यको प्रतिक्रियाहरूमा आधारित छन् जसलाई अन्तर्राष्ट्रिय पर्यवेक्षक र मानवअधिकार संस्थाहरूले देशले स्वतन्त्रता प्राप्ति पछि बङ्गलादेशमा भएका सबैभन्दा घातक नागरिक दमनहरू मध्ये एक भनेर वर्णन गरेको थियो।[][१०][११]

सन् २०२४ जुलाई २८, आन्दोलनकारीहरूमा माथि भएको हिंसात्मक दमन पीडन पछि हसिना, आसादुज्जामान खान र चौधरी अब्दुल्लाह अल मामुन राजारबाग प्रहरी अस्पतालमा घाइते प्रहरी सदस्यहरूलाई भेट्न जाँदै गर्दाको दृश्य। त्यसपछि तीनैजनालाई जुलाई हत्याकाण्ड अभियानसम्बन्धी फौजदारी मामिलामा अभियुक्त बनाइएको थियो।

सन् २०२४ को मध्यमतिर बङ्गलादेशमा सरकारी रोजगारीमा भेदभावपूर्ण कोटा रद्द गर्न माग गर्दै विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्वमा जनआन्दोलन सुरु भएको थियो।[१२] आन्दोलन सुरु भएसँगै ढाका र अन्य ठूला सहरमा यसले तीव्रता बनाएको थियो भने जुलाईको अन्त्यतिर यस आन्दोलनको प्रतिक्रियामा शेख हसिनाको निर्देशनमा राज्य सुरक्षा बलहरूले हिंसात्मक दमन अभियान सुरु गरेको थियो।[१३] संयुक्त राष्ट्र सङ्घका अनुसन्धानकर्ताहरूका अनुसार राज्यद्वारा सञ्चालित यस दमनकारी अभियानमा १,४०० सर्वसाधारण नागरिकहरू मारिएका र अदालतको आरोपअनुसार शेख हसिना यस घटना घटाउने प्रमुख व्यक्ति रहेको बताइएको थियो।[१४][१५]

सन् २०२४ को अगस्ट ५ का दिन शेख हसिना पदबाट राजिनामा दिएर भारत पलायन भएपछि उनी विरुद्ध औपचारिक मुद्दाको तयारी सुरु भएको थियो।[१६] त्यसपछि ८ अगस्टमा मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।[१७] सन् २०२४ अक्टोबर १४ मा यस अन्तरिम सरकारले अन्तर्राष्ट्रिय अपराध ऐन-१ पुनर्गठन गरि उच्च अदालत विभागका अतिरिक्त न्यायाधीश गोलाम मोर्तुजा मजुमदारलाई अदालतको अध्यक्ष र न्यायाधीश मोहम्मद शफिउल आलम महमुदलाई सदस्यको रूपमा नियुक्त गरिनुकासाथै सेवानिवृत्त जिल्ला न्यायाधीश मोहितुल हक एनाम चौधुरीलाई पनि यस अदालतमा समावेश गरिएको थियो।[१८][१९][२०] नवगठित अन्तर्राष्ट्रिय अपराध अदालतले सन् २०२५ को सुरुवातमा मानवता विरुद्धको अपराधको आरोपमा हसिनासहित अन्य पूर्व अधिकारीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।[२१] सन् २०२५ जुन १ का दिन राज्य पक्षले हसिनालाई अदालतको मुख्य अभियुक्तको रूपमा उल्लेख गर्दै उनी विरुद्ध औपचारिक रूपमा मुद्दा दायर गरेको थियो।[२२]

मुद्दा दायरको प्रक्रिया

[सम्पादन गर्नुहोस्]

सन् २०२५ जुन १ का दिन अन्तर्राष्ट्रिय अपराध अदालतद्वारा अभियोगको मुद्दालाई निर्दोष नागरिकहरूको विरुद्ध "सङ्घटित र प्रणालीगत हिंसा"को रूपमा स्वीकार गरेसँगै न्यायिक प्रक्रिया औपचारिक रूपमा सुरु भएको थियो।[२३] यस न्यायीक प्रणाली अन्तर्गत बङ्गलादेशको न्यायीक इतिहासमा पहिलोपटक एक पूर्व प्रधानमन्त्रीलाई मानवता विरुद्धको अपराधको आरोपमा अदालत मुद्दा ल्याइएको थियो।[२४] देशको कानुनी इतिहासमा पहिलो पटक सम्पूर्ण प्रक्रिया देशभरिमा टेलिभिजनमा प्रशारण गरि हसिना नेतृत्वको सरकारले विरोधकारीहरूलाई दबाउन प्रचलित प्रहरी र सैनिक एकाइहरूसँगै ड्रोन, हेलिकोप्टर र हतियार प्रयोग गरेको भनि अभियोजनकर्ताहरूले आरोप लगाएका थिए।[२५]

औपचारिक जानकारीका बाबजुद पनि दुवै प्रतिवादीहरू बङ्गलादेश फर्किन अस्वीकार गरेसँगै हसिना र कामालको मुद्दा उनीहरूको अनुपस्थितिमा अघि बढ्नेछ भनि अदालतले निर्णय दिन्छ।[२६] सन् २०२५ जुन १९ का दिन यस विशिष्ट अदालतले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ए वाई मोहिउज्जामानलाई यस मामिलामा सहायक न्यायाधीशको रूपमा नियुक्त गर्दछ।[२७] मे २०२५ मा हिरासतमा लिइएका बङ्गलादेशका पूर्व प्रहरी प्रमुख चौधुरी अब्दुल्लाह आलम मामुनले दोष स्वीकार गरि राज्यको साक्षीका रूपमा प्रमाण दिन सहमति जनाउँछन्।[२८]

सन् २०२५ जुलाई १० का दिन अन्तर्राष्ट्रिय अपराध अदालतले शेख हसिनालाई मानवता विरुद्धको अपराधमा पाँच वटा उजुरीहरू दर्ता गरि औपचारिक रूपमा आरोप मुद्दाको सुरुवात गरेको थियो।[२९] यी उजुरीहरूमा प्रदर्शनकारीहरूको नरसंहार गर्नु, सर्वसाधारण नागरिकमाथि गोली चलाउन हेलिकोप्टर र ड्रोनको प्रयोग गर्नु, विद्यार्थी अगुवा अबु सइदको हत्या गर्नु, प्रमाण नष्ट गर्न आशुलियामा शव जलाउनु र चान्खारपुरमा प्रदर्शनकारीहरूको नरसंहार गर्नु समावेश छन्।[३०] राज्य पक्षले प्रारम्भिक प्रमाणको रूपमा सिसिटिभी फुटेज, ड्रोन लग, अस्पताल पुर्जी र सरकारी सञ्चार माध्यमहरूबाट बाहिर आएका सामग्रीहरू प्रस्तुत गरेको थियो।[३१] यी प्रमाणहरूले आतङ्क फैलाउने, प्रदर्शनकारीका मागहरूलाई दबाउने र लोकतान्त्रिक सभालाई अवरुद्ध गर्ने उद्देश्यले नागरिकहरूको विरुद्ध राज्यद्वारा सञ्चालित आक्रमणलाई समर्थन गरेको थियो भन्ने निष्कर्षमा अदालत पुगेको थियो।[३२] शेख हसिना र केही पूर्व सरकारी तथा प्रहरी अधिकारीहरूका साथै कुल २०३ जनालाई अदालतले आरोप लगाएको छ जसमध्ये ७३ जना हाल हिरासतमा रहेका छन्।[३३]

मानहानीको आरोप

[सम्पादन गर्नुहोस्]

मुख्य मुद्दाहरू बाहेक, सन् २०२५ जुलाई २ का दिन हसिनालाई अदालतप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोपमा दोषी ठहर गरिएको थियो। हसिनाको अडियो रेकर्ड सार्वजनिक भएपछि उनलाई यस मुद्दा लगाइएको थियो। हसिनाद्वारा भनिएको भनाइमा यस प्रकार छ;[३४]

मेरा विरुद्धका २२७ वटा मुद्दाहरूमा मैले सबै २२७ व्यक्तिको हत्या गर्ने लाइसेन्स पाएको छु।

अदालतले यो वक्तव्यलाई अदालतको मर्यादाप्रति प्रत्यक्ष अपमानजनक रहेको ठहर गरि उनको अनुपस्थितिमा उनलाई ६ महिनाको कारावास सजाय सुनाएको थियो। अन्तर्राष्ट्रिय अपराध अदालतले जानकारी गराएअनुसार अदालतको अपमानको यो सजाय युद्ध अपराधका आरोपबाट स्वतन्त्र छ।

कानूनी कार्यवाही र कालक्रम

[सम्पादन गर्नुहोस्]

प्रतिक्रियाहरू

[सम्पादन गर्नुहोस्]
    • गाजी मनोवार हुसेन तामिम: अभियोजक (उप-प्रधानन्यायाधीश)
    • बिएम सुल्तान महमुद: अभियोजक (उप-प्रधानन्यायाधीश)
    • अब्दुल्लाह अल नोमान: अभियोजक (सरकारी प्रधानन्यायाधीश)
    • मिजानुल इस्लाम: अतिरिक्त सहायक अभियोजक

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "বাংলাদেশের সাবেক প্রধানমন্ত্রী মারাত্মক দমন অভিযানে 'সাংগঠনিক হামলার' অভিযোগে অভিযুক্ত"ফ্রান্স ২৪ (अङ्ग्रेजी भाषा)। এএফপি। १ जुन २०२५। सङ्ग्रह मिति ८ अगस्ट २०२५ 
  2. "Hasina's lawyer claims Abu Sayeed killing video was AI-generated"দ্য ডেইলি অবজারভার। ६ अगस्ट २०२५। सङ्ग्रह मिति ७ अगस्ट २०२५ 
  3. "আদালত অবমাননার মামলায় শেখ হাসিনাকে ছয় মাসের কারাদণ্ড"আল-জাজিরা (अङ्ग्रेजी भाषा)। २ जुलाई २०२५। सङ्ग्रह मिति १५ जुलाई २०२५ 
  4. তাজুল ইসলাম (१ जुलाई २०२५)। "প্রধান প্রসিকিউটরের উদ্বোধনী বক্তব্য"ictcp.gov.bd (बङ्गाली भाषा)। 
  5. "বাংলাদেশের অপসারিত শেখ হাসিনার বিরুদ্ধে মানবতাবিরোধী অপরাধের অভিযোগ গঠন"দ্য গার্ডিয়ান (बङ्गाली भाषा)। १० जुलाई २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५ 
  6. স্টাফ রিপোর্টার (३ अगस्ट २०२५)। "সহস্রাধিক হত্যার দায় শেখ হাসিনার: আন্তর্জাতিক অপরাধ ট্রাইব্যুনাল-১–এর প্রথম সাক্ষী"প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति ८ अगस्ट २०२५ 
  7. "জুলাই হত্যাকাণ্ডে শেখ হাসিনাকে মৃত্যুদণ্ড দিলেন ট্রাইব্যুনাল"প্রথম আলো (बङ्गाली भाषा)। १७ नोभेम्बर २०२५। सङ्ग्रह मिति १७ नोभेम्बर २०२५ 
  8. "শেখ হাসিনার তৈরি ট্রাইব্যুনালে তারই মৃত্যুদণ্ড, যেমন ছিল আদালতের চিত্র"बीबीसी न्युज बाङ्ला (बङ्गाली भाषा)। १७ नोभेम्बर २०२५। सङ्ग्रह मिति १७ नोभेम्बर २०२५ 
  9. "'তিনি যা করেছেন, তার জবাব তাকেই দিতে হবে': বাংলাদেশের সাবেক নেতা শেখ হাসিনার বিচার শুরু"দ্য গার্ডিয়ান (अङ्ग्रेजी भाषा)। २ अगस्ट २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५ 
  10. "বাংলাদেশ ট্রাইব্যুনালে বিক্ষোভকারীদের মৃত্যুর ঘটনায় সাবেক প্রধানমন্ত্রী হাসিনার বিরুদ্ধে অভিযোগ গঠন"এপি নিউজ (अङ्ग्रेजी भाषा)। १० जुलाई २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५ 
  11. "শেখ হাসিনার বিরুদ্ধে সূচনা বক্তব্য চলছে, ট্রাইব্যুনালে বিচারকাজ সরাসরি সম্প্রচার"প্রথম আলো (बङ्गाली भाषा)। ३ अगस्ट २०२५। 
  12. "প্রতিবাদকারীদের মৃত্যুর ঘটনায় বাংলাদেশের ট্রাইব্যুনাল সাবেক নেতা শেখ হাসিনার বিরুদ্ধে অভিযোগ গঠন করেছে"সিবিসি নিউজ। १० जुलाई २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५ 
  13. "বাংলাদেশে অপসারিত সাবেক প্রধানমন্ত্রী শেখ হাসিনার বিচার কার্যক্রম শুরু"এপি নিউজ। ४ अगस्ट २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५ 
  14. "জুলাই বিপ্লবের সময় প্রতিবাদকারীদের মৃত্যুর ঘটনায় বাংলাদেশের ট্রাইব্যুনালে সাবেক প্রধানমন্ত্রী হাসিনার বিরুদ্ধে অভিযোগ গঠন"টিআরটি ওয়ার্ল্ড। १० जुलाई २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५ 
  15. রঞ্জিত, লক্ষ্মী। "বাংলাদেশের ট্রাইব্যুনাল সাবেক প্রধানমন্ত্রী শেখ হাসিনাকে ছয় মাসের কারাদণ্ড দিয়েছে"নিউজ২৪ (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२५ 
  16. "মানবতাবিরোধী অপরাধের অভিযোগে বাংলাদেশে শেখ হাসিনার বিচার শুরু"এনডিটিভি। ३ अगस्ट २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५ 
  17. "ড. ইউনুস নেতৃত্বাধীন অন্তর্বর্তীকালীন সরকার বৈধ: সুপ্রিম কোর্ট"দ্য বিজনেস স্ট্যান্ডার্ড (अङ्ग्रेजी भाषा)। ९ अगस्ट २०२४। सङ्ग्रह मिति ८ अगस्ट २०२५ 
  18. "বাংলাদেশের আন্তর্জাতিক অপরাধ ট্রাইব্যুনালে তিনজন বিচারক নিয়োগ"৩ বিচারক নিয়োগ আইসিটি (अङ्ग्रेजी भाषा)। bdnews24.com। सङ्ग्रह मिति ८ अगस्ट २०२५ 
  19. বার্গম্যান, ডেভিড (११ अक्टोबर २०२४)। "কেন বাংলাদেশ সরকারকে আন্তর্জাতিক অপরাধ ট্রাইব্যুনালে আন্তর্জাতিক বিচারক নিয়োগ করা প্রয়োজন"প্রথম আলো (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ८ अगस्ट २०२५ 
  20. "বাংলাদেশের আন্তর্জাতিক অপরাধ ট্রাইব্যুনালে তিনজন বিচারক নিয়োগ"৩ বিচারক নিয়োগ আইসিটি (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ८ अगस्ट २०२५ 
  21. "আইসিটি ইস্যুতে হাসিনাসহ ১০ জনের বিরুদ্ধে গ্রেফতারি পরোয়ানা জারি করেছে"ঢাকা ট্রিবিউন। বাংলাদেশ সংবাদ সংস্থা। ६ जनवरी २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५ 
  22. "বাংলাদেশ থেকে পালিয়ে যাওয়া সাবেক প্রধানমন্ত্রীর বিচার শুরু হবে"ফ্রান্স২৪। ঢাকা: এএফপি। १ जुन २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५ 
  23. "গণহত্যা: হাসিনার বিরুদ্ধে 'অকাট্য প্রমাণ' পেয়েছে আইসিটি, শিগগিরই আনুষ্ঠানিক অভিযোগ দায়ের: পিএ'র প্রতিবেদন"দ্য বিজনেস স্ট্যান্ডার্ড (अङ्ग्रेजी भाषा)। २ अप्रिल २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 
  24. "বিক্ষোভকারীদের হত্যায় বাংলাদেশের ক্ষমতাচ্যুত নেত্রীর বিরুদ্ধে নতুন গ্রেপ্তারি পরোয়ানা"দ্য নিউ ইয়র্ক টাইমস (अङ्ग्रेजी भाषा)। २ जुन २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 
  25. "বিক্ষোভকারীদের মৃত্যুর ঘটনায় বাংলাদেশের ক্ষমতাচ্যুত প্রধানমন্ত্রী অভিযুক্ত"পিবিএস নিউজ (अङ्ग्रेजी भाषा)। १० जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 
  26. "মানবতাবিরোধী অপরাধের অভিযোগে অভিযুক্ত বাংলাদেশের ক্ষমতাচ্যুত প্রধানমন্ত্রী শেখ হাসিনা"অস্ট্রেলিয়ান ব্রডকাস্টিং কর্পোরেশন (अङ्ग्रेजी भाषा)। ११ जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 
  27. "হাসিনার বিরুদ্ধে আদালত অবমাননার মামলার শুনানিতে অ্যামিকাস কিউরি নিয়োগ আইসিটি-১ এর"প্রথম আলো (अङ्ग्रेजी भाषा)। २०२५-०६-१९। सङ्ग्रह मिति २०२५-०८-०८ 
  28. "মানবতাবিরোধী অপরাধ: সাবেক আইজিপি মামুন রাজসাক্ষী হতে চান"দ্য ডেইলি স্টার (বাংলাদেশ)। ११ जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 
  29. "বাংলাদেশ: নির্বাসিত সাবেক প্রধানমন্ত্রী শেখ হাসিনার বিচার"DW News। १ जुन २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 
  30. "হাসিনার বিচারে সাক্ষ্য উপস্থাপন"দৈনিক ইত্তেফাক। १२ जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 
  31. "বিচার শুরু, বাংলাদেশের সাবেক প্রধানমন্ত্রী হাসিনা 'পদ্ধতিগত হামলার' অভিযোগে অভিযুক্ত"Aljazeera। १ जुन २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 
  32. "'পরিকল্পিত পদ্ধতিগত হামলা': ২০২৪ সালে বিক্ষোভকারীদের ওপর ক্র্যাকডাউনের জন্য বাংলাদেশের সাবেক প্রধানমন্ত্রী শেখ হাসিনার বিচার শুরু"টাইমস অব ইন্ডিয়া। १ जुन २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 
  33. Giles, Christopher; Jha, Riddhi; Hossain, Rafid; Shimul, Tarekuzzaman (९ जुलाई २०२५)। "ফাঁস হওয়া অডিওতে শোনা যায়, সাবেক বাংলাদেশি নেতা প্রাণঘাতী দমন-পীড়নে অনুমোদন দিয়েছিলেন"বিবিসি। सङ्ग्रह मिति १० अगस्ट २०२५ 
  34. "আদালত অবমাননার দায়ে শেখ হাসিনার ৬ মাসের কারাদণ্ড"বাংলাদেশ সংবাদ সংস্থা। २ जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]