शेख हसिना विरुद्धको मुद्दा
| श्ख हसिना विरुद्धको मुद्दा | |
|---|---|
ढाका विश्वविद्यालयको विद्यार्थी शिक्षक सभाकक्षमा शेख हसिना विरुद्धको मुद्दा सुनुवाइ प्रत्यक्ष प्रसारण | |
| अदातल | अन्तर्राष्ट्रिय अपराध ऐन-१ |
| सम्पूर्ण मामिलाको नाम | प्रमुख अभियोजनकर्ताद्वारा लगाइएको शेख हसिना र अन्य विरुद्धको मुद्दा |
| पेश | १ जुन २०२५ |
| फैसला | १७ नोभेम्बर २०२५ |
| राय | शेख हसिना, आसादुज्जामान खान र अब्दुल्लाह अल मामुनलाई मानवता-विरोधी अपराधमा दोषी ठहर गरि हसिना र खानलाई मृत्युदण्डको सजाय र अब्दुल्लाह अल मामुनलाई पाँच बर्षे कारावास सजाय सुनाइएको। |
| अभियोग |
|
| अभियोजक | मोहम्मद ताजुल इस्लाम (सरकारको पक्षमा)[क] |
| पक्ष समर्थन | मोहम्मद आमिर हुसेन (शेअ हसिनाको पक्षमा)[२] |
| उक्ति | अ.अ.ऐ बङ्गलादेश मामिला नम्बर ०२/२०२५ |
| उद्धृत गरिएको ऐन | अन्तर्राष्ट्रिय अपराध ऐन सन् १९७३ |
| मामिलाको इतिहास | |
| पछिल्ला कार्य (हरू) | पृथक् अदालत अपमानको मुद्दामा सजाय (२ जुलाई २०२५): ६ महिनाको कारावास सजाय।[३] |
| अदालतका सदस्यहरू | |
| निवासी न्यायाधीश |
|
प्रमुख अभियोजनकर्ताद्वारा लगाइएको शेख हसिना र अन्य विरुद्धको मुद्दा वा सामान्य रूपमा शेख हसिना विरुद्धको मुद्दा (बङ्गाली: শেখ হাসিনার বিচার) सन् २०२४ को जुलाई र अगस्ट महिनामा विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनमा सरकारद्वारा गरिएको हिंसात्मक दमनसँग सम्बन्धित मानवता विरुद्धको अपराधको आरोपमा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना, पूर्व गृहमन्त्री आसादुज्जामान खान कामाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल-मामुन विरुद्धको लगाइएको एक मुद्दा हो जसलाई बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध अदालत-१ द्वारा अघि बढाइएको थियो।[४] यस मुद्दालाई हसिना र कामालको अनुपस्थितमै बढी बढाइएको थियो भने अदालतद्वारा उनीहरूलाई यस मुद्दामा सन् २०२५ नोभेम्बर १७ का दिन मृत्युदण्डको सजाय सुनाइएको थियो।[५][६] सन् २०२४ देखि प्रहरी हिरासतमा रहेका मामुनलाई पनि अदालतद्वारा दोषी ठहर गरिएको भएतापनि अनुसन्धानकर्तासँग सहकार्य गरी राज्यको साक्षीको रूपमा सेवा गरेका कारण उनलाई पाँच वर्षको कारावास सजाय सुनाइएको थियो।[७][८]
अभियोजनको नेतृत्व सर्वोच्च अदालतका प्रधानन्यायाधीश मोहम्मद तजुल इस्लामले गरेका थिए जहाँ अदालतद्वारा नियुक्त वकिल अमिर हुसेनले आरोप लगाइएकाहरूको अनुपस्थितिमै उनीहरूको प्रतिनिधित्व गरेका थिए। यस मुद्दाको सुनुवाई एक त्रि-न्यायाधीश प्रणाली अन्तर्गत गरिएको थियो। प्रतिवादीहरू विरुद्धको आरोप सन् २०२४ को विरोधको प्रदर्शनको क्रममा राज्यको प्रतिक्रियाहरूमा आधारित छन् जसलाई अन्तर्राष्ट्रिय पर्यवेक्षक र मानवअधिकार संस्थाहरूले देशले स्वतन्त्रता प्राप्ति पछि बङ्गलादेशमा भएका सबैभन्दा घातक नागरिक दमनहरू मध्ये एक भनेर वर्णन गरेको थियो।[९][१०][११]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]
सन् २०२४ को मध्यमतिर बङ्गलादेशमा सरकारी रोजगारीमा भेदभावपूर्ण कोटा रद्द गर्न माग गर्दै विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्वमा जनआन्दोलन सुरु भएको थियो।[१२] आन्दोलन सुरु भएसँगै ढाका र अन्य ठूला सहरमा यसले तीव्रता बनाएको थियो भने जुलाईको अन्त्यतिर यस आन्दोलनको प्रतिक्रियामा शेख हसिनाको निर्देशनमा राज्य सुरक्षा बलहरूले हिंसात्मक दमन अभियान सुरु गरेको थियो।[१३] संयुक्त राष्ट्र सङ्घका अनुसन्धानकर्ताहरूका अनुसार राज्यद्वारा सञ्चालित यस दमनकारी अभियानमा १,४०० सर्वसाधारण नागरिकहरू मारिएका र अदालतको आरोपअनुसार शेख हसिना यस घटना घटाउने प्रमुख व्यक्ति रहेको बताइएको थियो।[१४][१५]
सन् २०२४ को अगस्ट ५ का दिन शेख हसिना पदबाट राजिनामा दिएर भारत पलायन भएपछि उनी विरुद्ध औपचारिक मुद्दाको तयारी सुरु भएको थियो।[१६] त्यसपछि ८ अगस्टमा मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।[१७] सन् २०२४ अक्टोबर १४ मा यस अन्तरिम सरकारले अन्तर्राष्ट्रिय अपराध ऐन-१ पुनर्गठन गरि उच्च अदालत विभागका अतिरिक्त न्यायाधीश गोलाम मोर्तुजा मजुमदारलाई अदालतको अध्यक्ष र न्यायाधीश मोहम्मद शफिउल आलम महमुदलाई सदस्यको रूपमा नियुक्त गरिनुकासाथै सेवानिवृत्त जिल्ला न्यायाधीश मोहितुल हक एनाम चौधुरीलाई पनि यस अदालतमा समावेश गरिएको थियो।[१८][१९][२०] नवगठित अन्तर्राष्ट्रिय अपराध अदालतले सन् २०२५ को सुरुवातमा मानवता विरुद्धको अपराधको आरोपमा हसिनासहित अन्य पूर्व अधिकारीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।[२१] सन् २०२५ जुन १ का दिन राज्य पक्षले हसिनालाई अदालतको मुख्य अभियुक्तको रूपमा उल्लेख गर्दै उनी विरुद्ध औपचारिक रूपमा मुद्दा दायर गरेको थियो।[२२]
मुद्दा दायरको प्रक्रिया
[सम्पादन गर्नुहोस्]सन् २०२५ जुन १ का दिन अन्तर्राष्ट्रिय अपराध अदालतद्वारा अभियोगको मुद्दालाई निर्दोष नागरिकहरूको विरुद्ध "सङ्घटित र प्रणालीगत हिंसा"को रूपमा स्वीकार गरेसँगै न्यायिक प्रक्रिया औपचारिक रूपमा सुरु भएको थियो।[२३] यस न्यायीक प्रणाली अन्तर्गत बङ्गलादेशको न्यायीक इतिहासमा पहिलोपटक एक पूर्व प्रधानमन्त्रीलाई मानवता विरुद्धको अपराधको आरोपमा अदालत मुद्दा ल्याइएको थियो।[२४] देशको कानुनी इतिहासमा पहिलो पटक सम्पूर्ण प्रक्रिया देशभरिमा टेलिभिजनमा प्रशारण गरि हसिना नेतृत्वको सरकारले विरोधकारीहरूलाई दबाउन प्रचलित प्रहरी र सैनिक एकाइहरूसँगै ड्रोन, हेलिकोप्टर र हतियार प्रयोग गरेको भनि अभियोजनकर्ताहरूले आरोप लगाएका थिए।[२५]
औपचारिक जानकारीका बाबजुद पनि दुवै प्रतिवादीहरू बङ्गलादेश फर्किन अस्वीकार गरेसँगै हसिना र कामालको मुद्दा उनीहरूको अनुपस्थितिमा अघि बढ्नेछ भनि अदालतले निर्णय दिन्छ।[२६] सन् २०२५ जुन १९ का दिन यस विशिष्ट अदालतले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ए वाई मोहिउज्जामानलाई यस मामिलामा सहायक न्यायाधीशको रूपमा नियुक्त गर्दछ।[२७] मे २०२५ मा हिरासतमा लिइएका बङ्गलादेशका पूर्व प्रहरी प्रमुख चौधुरी अब्दुल्लाह आलम मामुनले दोष स्वीकार गरि राज्यको साक्षीका रूपमा प्रमाण दिन सहमति जनाउँछन्।[२८]
मुद्दाहरू
[सम्पादन गर्नुहोस्]सन् २०२५ जुलाई १० का दिन अन्तर्राष्ट्रिय अपराध अदालतले शेख हसिनालाई मानवता विरुद्धको अपराधमा पाँच वटा उजुरीहरू दर्ता गरि औपचारिक रूपमा आरोप मुद्दाको सुरुवात गरेको थियो।[२९] यी उजुरीहरूमा प्रदर्शनकारीहरूको नरसंहार गर्नु, सर्वसाधारण नागरिकमाथि गोली चलाउन हेलिकोप्टर र ड्रोनको प्रयोग गर्नु, विद्यार्थी अगुवा अबु सइदको हत्या गर्नु, प्रमाण नष्ट गर्न आशुलियामा शव जलाउनु र चान्खारपुरमा प्रदर्शनकारीहरूको नरसंहार गर्नु समावेश छन्।[३०] राज्य पक्षले प्रारम्भिक प्रमाणको रूपमा सिसिटिभी फुटेज, ड्रोन लग, अस्पताल पुर्जी र सरकारी सञ्चार माध्यमहरूबाट बाहिर आएका सामग्रीहरू प्रस्तुत गरेको थियो।[३१] यी प्रमाणहरूले आतङ्क फैलाउने, प्रदर्शनकारीका मागहरूलाई दबाउने र लोकतान्त्रिक सभालाई अवरुद्ध गर्ने उद्देश्यले नागरिकहरूको विरुद्ध राज्यद्वारा सञ्चालित आक्रमणलाई समर्थन गरेको थियो भन्ने निष्कर्षमा अदालत पुगेको थियो।[३२] शेख हसिना र केही पूर्व सरकारी तथा प्रहरी अधिकारीहरूका साथै कुल २०३ जनालाई अदालतले आरोप लगाएको छ जसमध्ये ७३ जना हाल हिरासतमा रहेका छन्।[३३]
मानहानीको आरोप
[सम्पादन गर्नुहोस्]मुख्य मुद्दाहरू बाहेक, सन् २०२५ जुलाई २ का दिन हसिनालाई अदालतप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोपमा दोषी ठहर गरिएको थियो। हसिनाको अडियो रेकर्ड सार्वजनिक भएपछि उनलाई यस मुद्दा लगाइएको थियो। हसिनाद्वारा भनिएको भनाइमा यस प्रकार छ;[३४]
मेरा विरुद्धका २२७ वटा मुद्दाहरूमा मैले सबै २२७ व्यक्तिको हत्या गर्ने लाइसेन्स पाएको छु।
अदालतले यो वक्तव्यलाई अदालतको मर्यादाप्रति प्रत्यक्ष अपमानजनक रहेको ठहर गरि उनको अनुपस्थितिमा उनलाई ६ महिनाको कारावास सजाय सुनाएको थियो। अन्तर्राष्ट्रिय अपराध अदालतले जानकारी गराएअनुसार अदालतको अपमानको यो सजाय युद्ध अपराधका आरोपबाट स्वतन्त्र छ।
कानूनी कार्यवाही र कालक्रम
[सम्पादन गर्नुहोस्]प्रतिक्रियाहरू
[सम्पादन गर्नुहोस्]टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑
- गाजी मनोवार हुसेन तामिम: अभियोजक (उप-प्रधानन्यायाधीश)
- बिएम सुल्तान महमुद: अभियोजक (उप-प्रधानन्यायाधीश)
- अब्दुल्लाह अल नोमान: अभियोजक (सरकारी प्रधानन्यायाधीश)
- मिजानुल इस्लाम: अतिरिक्त सहायक अभियोजक
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "বাংলাদেশের সাবেক প্রধানমন্ত্রী মারাত্মক দমন অভিযানে 'সাংগঠনিক হামলার' অভিযোগে অভিযুক্ত"। ফ্রান্স ২৪ (अङ्ग्रेजी भाषा)। এএফপি। १ जुन २०२५। सङ्ग्रह मिति ८ अगस्ट २०२५।
- ↑ "Hasina's lawyer claims Abu Sayeed killing video was AI-generated"। দ্য ডেইলি অবজারভার। ६ अगस्ट २०२५। सङ्ग्रह मिति ७ अगस्ट २०२५।
- ↑ "আদালত অবমাননার মামলায় শেখ হাসিনাকে ছয় মাসের কারাদণ্ড"। আল-জাজিরা (अङ्ग्रेजी भाषा)। २ जुलाई २०२५। सङ्ग्रह मिति १५ जुलाई २०२५।
- ↑ তাজুল ইসলাম (१ जुलाई २०२५)। "প্রধান প্রসিকিউটরের উদ্বোধনী বক্তব্য"। ictcp.gov.bd (बङ्गाली भाषा)।
- ↑ "বাংলাদেশের অপসারিত শেখ হাসিনার বিরুদ্ধে মানবতাবিরোধী অপরাধের অভিযোগ গঠন"। দ্য গার্ডিয়ান (बङ्गाली भाषा)। १० जुलाई २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५।
- ↑ স্টাফ রিপোর্টার (३ अगस्ट २०२५)। "সহস্রাধিক হত্যার দায় শেখ হাসিনার: আন্তর্জাতিক অপরাধ ট্রাইব্যুনাল-১–এর প্রথম সাক্ষী"। প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति ८ अगस्ट २०२५।
- ↑ "জুলাই হত্যাকাণ্ডে শেখ হাসিনাকে মৃত্যুদণ্ড দিলেন ট্রাইব্যুনাল"। প্রথম আলো (बङ्गाली भाषा)। १७ नोभेम्बर २०२५। सङ्ग्रह मिति १७ नोभेम्बर २०२५।
- ↑ "শেখ হাসিনার তৈরি ট্রাইব্যুনালে তারই মৃত্যুদণ্ড, যেমন ছিল আদালতের চিত্র"। बीबीसी न्युज बाङ्ला (बङ्गाली भाषा)। १७ नोभेम्बर २०२५। सङ्ग्रह मिति १७ नोभेम्बर २०२५।
- ↑ "'তিনি যা করেছেন, তার জবাব তাকেই দিতে হবে': বাংলাদেশের সাবেক নেতা শেখ হাসিনার বিচার শুরু"। দ্য গার্ডিয়ান (अङ्ग्रेजी भाषा)। २ अगस्ट २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५।
- ↑ "বাংলাদেশ ট্রাইব্যুনালে বিক্ষোভকারীদের মৃত্যুর ঘটনায় সাবেক প্রধানমন্ত্রী হাসিনার বিরুদ্ধে অভিযোগ গঠন"। এপি নিউজ (अङ्ग्रेजी भाषा)। १० जुलाई २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५।
- ↑ "শেখ হাসিনার বিরুদ্ধে সূচনা বক্তব্য চলছে, ট্রাইব্যুনালে বিচারকাজ সরাসরি সম্প্রচার"। প্রথম আলো (बङ्गाली भाषा)। ३ अगस्ट २०२५।
- ↑ "প্রতিবাদকারীদের মৃত্যুর ঘটনায় বাংলাদেশের ট্রাইব্যুনাল সাবেক নেতা শেখ হাসিনার বিরুদ্ধে অভিযোগ গঠন করেছে"। সিবিসি নিউজ। १० जुलाई २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५।
- ↑ "বাংলাদেশে অপসারিত সাবেক প্রধানমন্ত্রী শেখ হাসিনার বিচার কার্যক্রম শুরু"। এপি নিউজ। ४ अगस्ट २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५।
- ↑ "জুলাই বিপ্লবের সময় প্রতিবাদকারীদের মৃত্যুর ঘটনায় বাংলাদেশের ট্রাইব্যুনালে সাবেক প্রধানমন্ত্রী হাসিনার বিরুদ্ধে অভিযোগ গঠন"। টিআরটি ওয়ার্ল্ড। १० जुलाई २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५।
- ↑ রঞ্জিত, লক্ষ্মী। "বাংলাদেশের ট্রাইব্যুনাল সাবেক প্রধানমন্ত্রী শেখ হাসিনাকে ছয় মাসের কারাদণ্ড দিয়েছে"। নিউজ২৪ (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२५।
- ↑ "মানবতাবিরোধী অপরাধের অভিযোগে বাংলাদেশে শেখ হাসিনার বিচার শুরু"। এনডিটিভি। ३ अगस्ट २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५।
- ↑ "ড. ইউনুস নেতৃত্বাধীন অন্তর্বর্তীকালীন সরকার বৈধ: সুপ্রিম কোর্ট"। দ্য বিজনেস স্ট্যান্ডার্ড (अङ्ग्रेजी भाषा)। ९ अगस्ट २०२४। सङ्ग्रह मिति ८ अगस्ट २०२५।
- ↑ "বাংলাদেশের আন্তর্জাতিক অপরাধ ট্রাইব্যুনালে তিনজন বিচারক নিয়োগ"। ৩ বিচারক নিয়োগ আইসিটি (अङ्ग्रेजी भाषा)। bdnews24.com। सङ्ग्रह मिति ८ अगस्ट २०२५।
- ↑ বার্গম্যান, ডেভিড (११ अक्टोबर २०२४)। "কেন বাংলাদেশ সরকারকে আন্তর্জাতিক অপরাধ ট্রাইব্যুনালে আন্তর্জাতিক বিচারক নিয়োগ করা প্রয়োজন"। প্রথম আলো (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ८ अगस्ट २०२५।
- ↑ "বাংলাদেশের আন্তর্জাতিক অপরাধ ট্রাইব্যুনালে তিনজন বিচারক নিয়োগ"। ৩ বিচারক নিয়োগ আইসিটি (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ८ अगस्ट २०२५।
- ↑ "আইসিটি ইস্যুতে হাসিনাসহ ১০ জনের বিরুদ্ধে গ্রেফতারি পরোয়ানা জারি করেছে"। ঢাকা ট্রিবিউন। বাংলাদেশ সংবাদ সংস্থা। ६ जनवरी २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५।
- ↑ "বাংলাদেশ থেকে পালিয়ে যাওয়া সাবেক প্রধানমন্ত্রীর বিচার শুরু হবে"। ফ্রান্স২৪। ঢাকা: এএফপি। १ जुन २०२५। सङ्ग्रह मिति ३ अगस्ट २०२५।
- ↑ "গণহত্যা: হাসিনার বিরুদ্ধে 'অকাট্য প্রমাণ' পেয়েছে আইসিটি, শিগগিরই আনুষ্ঠানিক অভিযোগ দায়ের: পিএ'র প্রতিবেদন"। দ্য বিজনেস স্ট্যান্ডার্ড (अङ्ग्रेजी भाषा)। २ अप्रिल २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।
- ↑ "বিক্ষোভকারীদের হত্যায় বাংলাদেশের ক্ষমতাচ্যুত নেত্রীর বিরুদ্ধে নতুন গ্রেপ্তারি পরোয়ানা"। দ্য নিউ ইয়র্ক টাইমস (अङ्ग्रेजी भाषा)। २ जुन २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।
- ↑ "বিক্ষোভকারীদের মৃত্যুর ঘটনায় বাংলাদেশের ক্ষমতাচ্যুত প্রধানমন্ত্রী অভিযুক্ত"। পিবিএস নিউজ (अङ्ग्रेजी भाषा)। १० जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।
- ↑ "মানবতাবিরোধী অপরাধের অভিযোগে অভিযুক্ত বাংলাদেশের ক্ষমতাচ্যুত প্রধানমন্ত্রী শেখ হাসিনা"। অস্ট্রেলিয়ান ব্রডকাস্টিং কর্পোরেশন (अङ्ग्रेजी भाषा)। ११ जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।
- ↑ "হাসিনার বিরুদ্ধে আদালত অবমাননার মামলার শুনানিতে অ্যামিকাস কিউরি নিয়োগ আইসিটি-১ এর"। প্রথম আলো (अङ्ग्रेजी भाषा)। २०२५-०६-१९। सङ्ग्रह मिति २०२५-०८-०८।
- ↑ "মানবতাবিরোধী অপরাধ: সাবেক আইজিপি মামুন রাজসাক্ষী হতে চান"। দ্য ডেইলি স্টার (বাংলাদেশ)। ११ जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।
- ↑ "বাংলাদেশ: নির্বাসিত সাবেক প্রধানমন্ত্রী শেখ হাসিনার বিচার"। DW News। १ जुन २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।
- ↑ "হাসিনার বিচারে সাক্ষ্য উপস্থাপন"। দৈনিক ইত্তেফাক। १२ जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।
- ↑ "বিচার শুরু, বাংলাদেশের সাবেক প্রধানমন্ত্রী হাসিনা 'পদ্ধতিগত হামলার' অভিযোগে অভিযুক্ত"। Aljazeera। १ जुन २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।
- ↑ "'পরিকল্পিত পদ্ধতিগত হামলা': ২০২৪ সালে বিক্ষোভকারীদের ওপর ক্র্যাকডাউনের জন্য বাংলাদেশের সাবেক প্রধানমন্ত্রী শেখ হাসিনার বিচার শুরু"। টাইমস অব ইন্ডিয়া। १ जुन २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।
- ↑ Giles, Christopher; Jha, Riddhi; Hossain, Rafid; Shimul, Tarekuzzaman (९ जुलाई २०२५)। "ফাঁস হওয়া অডিওতে শোনা যায়, সাবেক বাংলাদেশি নেতা প্রাণঘাতী দমন-পীড়নে অনুমোদন দিয়েছিলেন"। বিবিসি। सङ्ग्रह मिति १० अगस्ट २०२५।
- ↑ "আদালত অবমাননার দায়ে শেখ হাসিনার ৬ মাসের কারাদণ্ড"। বাংলাদেশ সংবাদ সংস্থা। २ जुलाई २०२५। सङ्ग्रह मिति ४ अगस्ट २०२५।