शेरपुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शेरपुर
শেরপুর
—  उपजिल्लाहरू  —
शेरपुर बङ्गलादेश-এ অবস্থিত
शेरपुर
शेरपुर
बाङ्लादेशको नक्शामा शेरपुर उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग राजशाही विभाग[१]
जिल्ला बगुडा जिल्ला[२]
क्षेत्रफल
 - जम्मा २९५.९३ किमी (११४.३ वर्ग मी)
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 - जम्मा ३३२,८२५
 जनघनत्व १,१२४.७/किमी (२,९१२.९/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
हुलाक कोड ५८४० देखि ५८४१
वेबसाइट sherpur.bogra.gov.bd

शेरपुर (बाङ्ला: শেরপুর উপজেলা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। सन् १९६२ मा शेरपुर थानाको स्थापना भएको थियो भने सन् १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लाको नाम यहाँ रहेको प्रशासकीय नगर शेरपुरबाट राखिएको हो। यस क्षेत्रमन प्राचीन कालमा सिंहहरू बस्ने भएकाले यसलाई शेरपुर भनिएको थियो।[३]

भूगोल[सम्पादन गर्ने]

शेरपुर उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३२' देखि २४°४४' उत्तर अक्षांश र ८९°२०' देखि ८९°३२' पूर्वी देशान्तरणमा अवस्थित छ। शेरपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९६.२७ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई शाजाहानपुर उपजिल्लाले उत्तर, राईगञ्जतरास उपजिल्लाले दक्षिण, धुनट उपजिल्लाले पूर्व र सिङ्डानन्दिग्राम उपजिल्लाले पश्चिमबाट घेरेको छ।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रुपमा शुरू भएको थियो भने २५ अप्रिल १९७१ का दिन पाकिस्तानी सेना यस उपजिल्ला अन्तर्गत पर्ने इटाख‍ला भन्ने ठाउँमा ३२ सर्वसाधारणको अपहरण गरि सामूहिक हत्या गरेका थिए।[४] २६ अप्रिलका दिन पाकिस्तानी सेनाले घोगा पुलमा ३०० भन्दा बढी बङ्गलादेशी नागरिकको सामूहिक हत्या गरेका थिए भने सोही दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको दरिमुकान्दा भन्ने ठाउँमा २६ स्थानीय मानिसहरूको हत्या गरेका थिए।[५] मे महिनामा पाकिस्तानी सेनाले कलानी गाउँमा आक्रमण गरि १०० भन्दा बढी सर्वसाधारणहरूको हत्या गरेका थिए।[६][७]

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २८६३०८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १४५४१४ छ भने महिलाको जनसङ्ख्या १४०८९५ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २५७३६६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २८७१७ रहेको छ। त्यस्तै गरि बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ५० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १७५ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ४६१ मस्जिद, ५६ मन्दिर र १ गिर्जाघर रहेका छन्। धर मोकम मस्जिद, शेर मोकम मस्जिद आदि यस उपजिल्लाका प्रख्यात धार्मिक स्थलहरू हुन्।[८]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा ५०.०८% कृषि योग्य जमिन छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप र केरा उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा ५१६ धान कुटानी केन्द्र, ४४ स मिल, २५१ गहुँ पिसानी केन्द्र, १२ चिस्यान केन्द्र र १ सिमेन्ट कारखाना सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले जुट, मकै, गहुँ, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, सखरखण्ड, तील र उखु पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १७२ कुखुरा पालन केन्द्र, १८१ दुग्ध सङ्कलन केन्द्र र ३२ माछा पालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६१.३३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.४४% मजदुरी, व्यापार र उद्योगमा १.३७%, वाणिज्यमा १४.५०%, सञ्चार र यातायातमा ४.४७%, निर्माण क्षेत्रमा १.८८%, सुविधा ५.७९%, धार्मिक सेवा ०.१६% र अन्य ७.१९% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय शेरपुर थानाको स्थापना सन् १९६२ भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। शेरपुर उपजिल्ला शेरपुर नगरपालिका र १० सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; भविनासपुर सङ्घ परिषद्, विशालपुर सङ्घ परिषद्, गारिदह सङ्घ परिषद्, कमलाकान्दि सङ्घ परिषद्, खानपुर सङ्घ परिषद्, कुसुम्बी सङ्घ परिषद्, मिरजापुर सङ्घ परिषद्, शाह -बेङ्दी सङ्घ परिषद्, शिमाबाडी सङ्घ परिषद्, सौगात सङ्घ परिषद्। यस उपजिल्लाका सङ्घ परिषद्हरू २२० मौजा र ३२२ गाउँहरूमा विभाजित छन्। शेरपुर नगरपालिका ९ वडा र १९ महल्लामा विभाजित छ।[९]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३६.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४१.५% छ भने महिलाको साक्षरता दर ३१% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, ६ प्राबिधिक शिक्षण संस्था, ४९ माध्यमिक विद्यालय, ११९ प्राथमिक विद्यालय, २० बाल उद्दान केन्द्र र १०४ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केसमध्ये पुरुषको साक्षरता ४१.५% छ भने महिलाको साक्षरता दर ३१% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, ६ प्राबिधिक शिक्षण संस्था, ४९ माध्यमिक विद्यालय, ११९ प्राथमिक विद्यालय, २० बाल उद्दान केन्द्र र १०४ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; शेरपुर क्याम्पस (सन् १९६७), चनोका उच्च विद्यालय (सन् १९५६), शेरपुर उच्च माध्यमिक विद्यालय (सन् १९६८), पल्ली उनयन प्रयोगशाला विद्यालय तथा क्याम्पस (सन् १९८५), शाहिदिया अलि मदरसा (सन् १९३७) आदि।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सन् २०११ को राष्ट्रिय जनगणना" (पिडिएफ), बाङ्लादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट जुलाई २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०१४ 
  2. "जनगणना २०११" (पिडिएल), बाङ्लादेश राष्ट्रिय तथ्याङ्क विभाग, मूलबाट जुलाई १४, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  3. Islam, मोहाम्मद सिराजुल (सन् २०१२). "शेरपुर उपजिल्ला". In इसलाम, सिराजुल; Jamal, अहमद. বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण). বাংলাদেশ এশিয়াটিক সোসাইটি. http://en.banglapedia.org/index.php?title=Sherpur_Upazila. 
  4. "শের আলী গাজীর শেরপুর", sherpurnews24.com, २००१०। 
  5. "করতোয়া নদী", বাংলাপিডিয়া, বাংলাদেশ এশিয়াটিক সোসাইটি, २००७-११-१०। 
  6. "বগুড়া নামকরণের ইতিহাস ও ঐতিহ্য", ittefaq.com.bd, (দৈনিক ইত্তেফাক), २००७-११-१०। 
  7. "মীরজুমলা", banglapedia.org, (বাংলাপিডিয়া), २००७। 
  8. "জনসংখ্যা ও আবাসন শুমারি ২০১১: এক নজরে বাংলাদেশ" (पिडिएफ), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, मूलबाट जुलाई २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१४ 
  9. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]