शेर बाहादुर कुंवर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शेर बाहादुर कुंवर

नेकपा एमालेका अछाम जिल्ला सचिव शेरबहादुर कुँवर अछाम क्षेत्र नं. १ बाट निर्बाचित सभासद हुनुहुन्छ। ४२ वर्षीय कुँवरले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तह सम्मको अध्ययन गर्नुभएको छ। निर्दलीय पञ्चायत व्यवस्था विरोधी आन्दोलनबाट प्रभावित भएर २०४२ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका कुँवर शुरुदेखि नै वामपन्थी विचारधारासँग आवद्ध हुनुहुन्छ। अनेरास्ववियु अछाम जिल्ला अध्यक्ष र एमाले अछाम जिल्ला उपसचिवको जिम्मेदारी उहाँले वहन गरिसक्नुभएको छ। राजनीतिक संघर्षका क्रममा उहाँ २०४६को जनआन्दोलन र २०६२-६३को जनआन्दोलन-२मा पक्राउ परी हिरासतमा रहनुभएको छ। एक छोरा र एक छोरीका पिता सभासद कुँवरको रुचि समाजसेवामा छ। उहाँ नेपाल रेडक्रसका आजीवन सदस्य र अछाम स्थित बैजनाथ उच्च माध्यमिक विद्यालयका सल्लाहकार समिति संयोजक हुनुहुन्छ। आफूलाई पार्टीको नीति र जनतासँगको निरन्तर प्रत्यक्ष सम्बन्धले संविधानसभा सभासदको पदमा पुर्‍याएको बताउने कुँवर सबैको सहमति र सहकार्यबाट बन्ने संविधानले देशको भविष्य उज्ज्वल बनाउने विश्वास राख्‍नुहुन्छ। उहाँले संविधानसभामा पिछडिएको क्षेत्र र वर्गको उत्थान तथा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफ्नो प्रयास केन्द्रित गर्ने संकल्प गर्नुभएको छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]