श्रामणेश्वर आनन्द (भिक्षु आनन्द)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अन्तरिम व्यवस्थापिकामा माओवादीकै तर्फबाट विधायक रहीसक्नुभएका सभासद् श्रामणेश्वर आनन्द माओवादीको तर्फबाट समानुपातिकबाट चुनिएका सभासद् हुनुहुन्छ । ३९ वर्षीय पुरुषोत्तम नकर्मीको नाउँ नै भिक्षु आनन्द हो । लामो समयसम्म अमेरिका, बेलायतदक्षिण अफ्रिकामा बस्नुभएका भिक्षु ७ वर्षअघि मात्र नेपाल फर्कनुभएको थियो । युद्ध चर्किरहेको बेला फर्केपछि सोनाम, श्याम श्रेष्ठगायतका उहाँ सम्मिलित शान्तिका लागि नागरिक ऐक्यबद्धता समाजमा गठन भयो । उहाँको संयोजकत्वमा माओवादीलाई शान्तिवार्तामा ल्याउन दबाब दिएको थियो । १४ वर्षको उमेरदेखि नै भिक्षु बन्नु भएका आनन्द बुद्धिष्ट स्टडिजमा स्नातकोत्तर हुनुहुन्छ । उहाँले केही समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभयो । उहाँ काठमाडौं बलम्बु ३ न्हाकननी टोलमा जन्मनुभएको थियो ।

आम जनताका सरोकारका विषयलाई सविधानमा समेट्ने उहाँको मूल एजेण्डा छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]