श्रीनगर एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्रीगनर एफएम
प्रशारण क्षेत्र: नेपाल
नारा: देउरालीको सुसेली
आवृति (फ्रिक्वेन्सी): ९३.२ मेगाहर्ज
प्रथम प्रशारण मिति २०६० चैत्र १३
प्रकार: समाचार, सूचना, मनोरञ्जन
भाषा: नेपाली
ERP १००० वाट
वेबसाइट श्रीगनर एफएम

श्रीगनर एफएम ९३.२ मेगाहर्जले २०६० चैत्र १३ गते देखि प्रविधी प्रशारण र ०६१ बैशाख २८ गते परिक्षण प्रशारण शुरु गर्‍यो । पाल्पा जिल्लाको प्राचीन सुन्दर पहाडि नगर तानसेनबाट पहिलो पटक व्यवसायीक रेडीयोको रूपमा आएको यो एफएम रेडियोले बिहान ६ बजे देखि मध्यरातसम्म १८ घण्टा विभिन्न ज्ञानबर्धक, सूचना मूलक, चेतनामूलक, मनोरञ्जनात्मक कार्यक्रमहरूको प्रशारण गर्ने गर्दछ ।

श्रीनगर एफएम पाल्पाको लागि व्यवसायीक सोचले सञ्चालित प्रथम रेडियो हो । युवायुवतीलाई केवल संगीतमय संसारमा हराउन मात्र नभई समाजका हरेक क्षेत्रका मानिसहरूको लागि ज्ञानबर्धक, चेतनामुलक कार्यक्रमको अतिरिक्त समाजलाई अग्रगमनतर्फ रूपान्तर गरी नया नेपाल निर्माण गर्न आवश्यक पर्ने कार्यक्रम समेत उत्पादन गरी प्रसारण गुर्न पनि यसको उद्देश्य रहेको छ। समाजमा रहेका तथा दैनिक घटेका घटनाहरूलाई आत्मसात गरी सोही अनुरूप समाचारमूलक कार्यक्रम श्रीनगर हाइलाईट प्रसारण गर्नु यसको थप विशेषता रहेका छ। शिक्षा, स्वास्थ्य, कुटीर उद्योग र पर्यटन क्षेत्रको विकासका सम्भावनाहरूका बारेमा आम समुदाय समक्ष सू–सूचित गराउने र पाल्पा जिल्लाको व्यवसायिक तथा आर्थिक क्षेत्रमा पनि टेवा पुर्‍याउने उद्देश्यले श्रीनगर एफ.एम.को स्थापना भएको हो। नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट ५०० वाटको ट्रान्समिटर क्षमताको स्वीकृती पाई प्रसारण आरम्भ गरेको यो एफएमले आफ्नो क्षमतामा वृद्धि गरी १००० वाट पुर्‍याएको छ।

समुन्द्री सतहदेखि करिब १२५० मिटर उचाईमा स्थापित यस एफएमको ट्रान्समिटर क्षमता हाल १००० वाट भएतापनि यसको भौगोलीक बनावटले गर्दा यो एफएम मध्यमाञ्चल, मध्यपश्चिमाञ्चलका केही जिल्लाहरू र पश्चिमाञ्चलका म्याग्दी, मुस्ताङ, वागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, मनाङ, नवलपरासी, रूपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा लगायत भारतको सीमाक्षेत्रहरू तथा गोरखपुरसम्म प्रष्ट सुन्न सकिन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]