श्रीमती लिला कुमारी बगाले सोमाई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सभासद् लिलाकुमारी सोमई मगर प्रत्यक्षबाट चुनिएका ५ जना मगर महिलामध्ये एक हुनुहुन्छ। सानै उमेरदेखि नाच्ने गाउने गर्दै एमालेको राजनीतिबाट थाहै नपाई राजनीतिको दुनियाँमा प्रवेश गर्नुभएको थियो। ०५७मा माओवादीमा प्रवेश गर्नुभएकी लिला केही समयपछि नै अनेमसङ्घ क्रान्तिकारी पाल्पा सदस्य हुनुभयो। त्यसपछि अध्यक्ष हुनुभयो। हाल लिला माओवादी पाल्पा सचिवालय सदस्य हुनुहुन्छ।

श्रीमान् तीर्थबहादुर सोमईको प्रेरणाले राजनीतिमा लाग्नुभएको थियो। सोमई जनयुद्धकै समयमामा सेनाद्वारा मारिनुभएको थियो।

गरीब किसान परिवारमा जन्मनुभएकी सोमईले डेढ वर्ष शिक्षण, ५ वर्ष एनजीओमा काम गर्नुभएको थियो।

लिला दूधे बच्चा लिएर भूमिगत हुनुभएको थियो ०६१देखि।

महिलालाई पनि समान अधिकार दिने लिङ्गीय समानताको कुरा संविधानमै समेट्ने उहाँको मूल एजेण्डा रहेको छ। माओवादीको जनमुखी कार्यदिशाका कारण आफूलाई जिताएको लिलाको दाबी छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]