सामग्रीमा जानुहोस्

श्रीमती हत्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीमती हत्या भनेको पतिद्वारा आफ्नै पत्नीको हत्या गर्ने कृत्य हो। 'श्रीमती हत्या'को अङ्ग्रेजी शब्द अक्सरिसाइड (Uxoricide) ल्याटिन शब्द "uxor" (श्रीमती) र "caedere" (हत्या) बाट व्युत्पत्ति भएको हो। अक्सरिसाइड शब्दलाई श्रीमतीको हत्या गर्ने कार्य वा हत्या गर्ने व्यक्ति दुवैलाई जनाउन प्रयोग गर्न सकिन्छ। प्रेमिकाको हत्या गर्ने प्रेमीको लागि पनि यही शब्द प्रयोग गरिन्छ।

श्रीमती हत्याको दर

[सम्पादन गर्नुहोस्]

सन् १९७० को दशकदेखि अमेरिकामा आफ्नो जीवनसाथीको हत्या गर्ने वा उसमाथि हिंसा गर्ने समग्र दर घट्दै गएको भएतापनि[] पत्नीको हत्याको दर पतिको हत्याको तुलनामा निकै उच्च छ। सन् २००७ मा अमेरिकामा २३४० जना मानिसहरू आफ्नो अन्तरङ्ग साझेदारहरूद्वारा मारिएका थिए जसमध्ये ७० प्रतिशत महिलाहरू थिए।[] सन् १९७० को दशकको मध्य देखि सन् १९८० को दशकको मध्यसम्मको एफबीआईको आँकडाअनुसार संयुक्त राज्य अमेरिकामा करिब १०० जना पतिले आफ्नो पत्नीको हत्या गर्दा ७५ जना पत्नीले आफ्नो पतिको हत्या गरेको पाइएको थियो। [] यद्यपि सिकागो, डेट्रोइट, ह्युस्टन[][] र सेन्ट लुइस[] जस्ता शहरहरूमा पत्नीहरूले आफ्ना पतिको हत्या गर्ने सम्भावना बढी थियो। सन् २००२ मा अमेरिकामा जीवनसाथीको हत्या गर्नेहरू (पति र पत्नी दुवै) मध्ये ६९.४% गोरा, २५.७% काला, ४.८% एसियाली/प्रशान्त टापुवासी र ०.१% अमेरिकी भारतीय/अलास्का मूलवासी थिए।[]

विश्वव्यापी रूपमा हेर्ने हो भने, मारिएका सबै महिलाहरूमध्ये दक्षिण-पूर्वी एसियामा ५५%, अफ्रिकामा ४०% र अमेरिकामा ३८% महिला आफ्ना साझेदारद्वारा मारिएका थिए।[] सन् २०१३ को एक अध्ययनबाट यो कुरा बाहिर निस्कियो कि विश्वभरी हुने सम्पूर्ण नारी हत्याहरू मध्ये ३८.६% हत्या अन्तरङ्ग साझेदारद्वारा हुने गर्दछ।[]

सीडीसीका अनुसार, अमेरिकामा वैवाहिक हत्याको ७०% श्रीमती हत्याले ओगटेको छ, जसमा पत्नीको तर्फबाट गरिएका प्रोक्सी हत्याहरू समावेश छैनन्। सन् १९७० को मध्यदेखि १९८० को मध्यसम्मको एफबीआईको तथ्याङ्कले श्रीमान हत्याश्रीमती हत्याको अनुपात ३:४ रहेको देखाएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Rosenfeld, R (१९९७), "Changing relationships between men and women. A note on the decline in intimate partner violence", Homicide Studies 1: 72–83, डिओआई:10.1177/1088767997001001006
  2. "Understanding Intimate Partner Violence", cdc.gov, मूलबाट ६ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१६
  3. 1 2 Wilson, M. I.; Daley, M. (१९९२), "Who kills whom in spouse killings? On the exceptional sex ratio of spousal homicides in the United States", Criminology 30 (2): 189–215, डिओआई:10.1111/j.1745-9125.1992.tb01102.x
  4. Titterington, V. B.; Harper, L. (२००५), "Women as the aggressors in intimate partner homicide in Houston, 1980s to 1990s", Journal of Offender Rehabilitation 41 (4): 83–98, डिओआई:10.1300/j076v41n04_04
  5. Durose, Matthew R.; Harlow, Caroline Wolf; Langan, Patrick A.; Motivans, Mark A.; Rantala, Ramona R.; Smith, Erica L. (२००५), Family Violence Statistics: Including Statistics on Strangers and Acquaintances (अङ्ग्रेजीमा), U.S. Department of Justice, Office of Justice programs, Bureau of Justice Statistics, पृ: १९ (table ३.२)
  6. "Global and regional estimates of violence against women: prevalence and health effects of intimate partner violence and non-partner sexual violence", अन्तिम पहुँच ६ मार्च २०१६
  7. Stöckl, Heidi; Devries, Karen; Rotstein, Alexandra; Abrahams, Naeemah; Campbell, Jacquelyn; Watts, Charlotte; Moreno, Claudia Garcia (सेप्टेम्बर २०१३), "The global prevalence of intimate partner homicide: a systematic review", The Lancet 382 (9895): 859–865, डिओआई:10.1016/S0140-6736(13)61030-2, पिएमआइडी 23791474
  8. Wilson & Daley:Who kills whom in spouse killings, Wiley, डिओआई:10.1111/j.1745-9125.1992.tb01102.x

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]