सामग्रीमा जानुहोस्

श्रीमान् गम्भीर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको राष्ट्रिय गानको इतिहास

२०६३ सालअघि विद्यालय जानेहरूलाई प्रायः “श्रीमान गम्भीर नेपाली” भन्ने धुन परिचित छ। यस धुनलाई विद्यालयमा पनि घोक्रो सुक्ने गरी गाउन लगाइन्थ्यो।

तर, यो धुन मूल रूपमा राष्ट्रिय गान होइन, राणाकालीन समयमा राजाहरूलाई दिने सलामीको धुन थियो। वि.सं. १९५५ मा भक्तबहादुर बुढाप्रेतिले यो धुन तयार पारेका थिए। यसको शब्द भने २५ वर्षपछि चक्रवाणी चालिसे ले लेखेका थिए।

सुरुवातमा यस धुनमा “श्रीमान गम्भीर गोर्खाली” भनिन्थ्यो र मुख्यतया राजाहरूलाई सलामी दिने क्रममा बजाइन्थ्यो। राणा शासनको अन्त्यपछि यसलाई परिमार्जन गरेर “श्रीमान गम्भीर नेपाली” राखियो र वि.सं. २०१८ मा यसलाई औपचारिक रूपमा राष्ट्रिय गान घोषणा गरियो।

तर, गणतन्त्र स्थापना भएपछि यो धुन निलम्बन गरी वि.सं. २०६४ मा नयाँ राष्ट्रिय गान “सयौं थुँगा फूलका हामी” लागु गरियो।

सुरुवाती धुनमा गाउँदा उत्साह उत्पन्न हुन्थ्यो, तर यसमा मुख्यतया राजाहरूको गुणगान समेटिएको थियो र देश तथा जनताको हितमा स्पष्ट सन्देश कमै मात्र थिए। त्यसैले, यद्यपि यो धुन लोकप्रिय थियो, यसलाई राष्ट्रिय गानको रूपमा कायम राखिन सक्दैन भन्ने विचार थियो।

Copyright©️anuj Neupane

[]

श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले प्रजा फैलियोस्
पुकारौ जय प्रेमले हामी नेपाली साराले []

यस गीतमा पहिले कायम भएका २ वटा परिच्छेद मध्ये पछिल्लो परिच्छेद हटाइएको थियो। जुन यस प्रकार थियो।

बैरी सरु हराउन, शान्त हुन सबै बिघ्न ब्यथा
गाउन सारा दुनियाँले सहर्ष नाथको स्वीकृती कथा
राखौं कामना भरी वीरताले नेपालीमाथि सधैं नाथको
शिर होस् ठुलो हामी गोर्खालीको []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "महाराजधिराजको सलामी"
  2. "Radio Nepal 1967", INTERVAL SIGNALS। अभिलेखिकरण २०२२-१२-०३ वेब्याक मेसिन
  3. "Nepal (1962-2006)", National anthems N-O, nationalanthems.info, अन्तिम पहुँच १७ जुलाई २०१२