श्रीविजया एअर विमानको उडान १८२ दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीविजया एअर विमानको उडान १८२ दुर्घटना
दुर्घटनाग्रस्त भएको विमान, सन् २०१७ मा
दुर्घटना
मिति९ जनवरी २०२१ (2021-01-09)
सारांशदुर्घटनाग्रस्त; Autothrottle failure leading to pilot error
स्थलसेरिबु टापु जाभा सागर
विमान
विमानको प्रकारबोइङ ७३७[१]
विमानको नामसित्रा
सञ्चालकश्रीविजया एअर
आइएटिए उडान सं.SJ182
आइसिएओ उडान सं.SJY182
परिचयक चिह्नSRIWIJAYA 182
दर्ता नम्बरPK-CLC
विमान उडानसुकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थल, जाकार्ता, इन्डोनेसिया
गन्तव्यसुपादियो अन्तर्राष्ट्रिय विमानस्थल, पोन्तियानाक, इन्डोनेसिया
सिट सङ्ख्या६२ [२]
यात्रुहरू५०[३]
चालक दल१२[३]
मृत्यु६२

श्रीविजया एअरको उडान १८२ एक अनुसूचित घरेलु यात्रुवाहक विमानको उडान थियो जसलाई श्रीविजया एअरले सुकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थल, जकार्ताबाट सुपादियो अन्तर्राष्ट्रिय विमानस्थल, पोन्तियानाक इन्डोनेसियामा सञ्चालन गरेको थियो। वि.सं. २०७७ पुस २५ तदनुसार सन् २०२१ जनवरी ९ दिउँसो, विमान प्रस्थानको केही मिनेटपछि सम्पर्क बिहिन हुन पुगेको थियो।[४] अधिकारीहरूले उक्त विमान मूल विमानस्थलबाट केही किलोमिटर टाढा रहेको जाभा सागर नजिक दुर्घटना भएको पुष्टि गरेका थिए। हाल पूर्ण विमानको खोजी कार्य जारी छ।

विमान[सम्पादन गर्नुहोस्]

यस दुर्घटनामा सम्मिलित विमान बोइङ ७३७-५२४ थियो, जुन पिके-सिएलसी (एमएसएन २७३२३) को रूपमा दर्ता भएको थियो। यो विमानलाई सन् १९९४ मा निर्माण गरिएको थियो र पहिलो पटक कन्टिनेन्टल एअरलाइन्सका लागि पठाइएको थियो र सोही वर्ष मे ३१ को दिन एन२७६१० दर्ता नम्बर अन्तर्गत यसलाई दर्ता गरिएको थियो। १५ मे २०१२ मा श्रीविजया एअरको बेडामा सामेल हुनुभन्दा अगाडि १ अक्टोबर २०१० मा विमानलाई सोही दर्ता अन्तर्गत संक्षिप्त रूपमा युनाइटेड एअरलाइन्सको बेडामा विलय गरिएको थियो। सन् २०१२ मा श्रीविजया एअरले पहिलोपटक प्राप्त गरेको पन्ध्र वटा ७३७-५०० विमानलाई ७३७-२०० सँग प्रतिस्थापन गरेको थियो। श्रीविजया एअरले यसको नाम सित्रा राखेको थियो।

उडानको विवरण[सम्पादन गर्नुहोस्]

विमानको मार्ग
विमानको उचाइ-गतिको रेखाचित्र

उक्त विमान सुकार्नो – हत्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट ताङ्राङ, बान्तेनका लागि स्थानीय समय अनुसार, १४:१० मा, उडेको थियो र पोन्तियानाक, पश्चिम कालिमङ्तान स्थित सुपादियो अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १५:४० मा, आइपुग्ने जनाइएको थियो। विमान १४:३६ मा, उडेको थियो। ढिलाइका कारण, यो पोन्तियानाकमा १५:५० मा, अवतरण गर्ने आशा गरिएको थियो।

विमान १३,००० फिट (४,००० मिटर) मा पुगेको थियो र यो अचानक डगमगाउन पुगेको थियो र विमान उच्च गतिको साथ समुद्रमा खस्दै पानीमा विस्फोट भएको थियो। एअरन्याभको उडान तथ्याङ्कको अनुसार, १०, ९०० फिट (३,३०० मिटर) देखि ७,६५० फिट (२,३३० मिटर) सम्मको दुरीमा विमानको उचाइमा द्रुत गिरावट आएको थियो। फ्लाइटरेडर २४ को प्रतिवेदन अनुसार, यस विमान उडानको चार मिनेट मैँ दुर्घटना हुन पुगेको थियो। फ्लाइट ट्र्याकरका अनुसार विमानको अन्तिम रेकर्ड गरिएको उचाई २५० फिट थियो। यसको लेखमा प्रदान गरिएको फाइलमा, विमानमा अन्तर्राष्ट्रिय समय अनुसार ०७:४०:०८ र ०७:४०:१८ को बीच अर्तात् ६ सेकेन्ड मै १,७५५ फिट (५३५ मिटर) को गिरावट आएको थियो। यस पश्चात् दुई सेकेन्डमा ८२५ फिट (२५१ मिटर), चार सेकेन्डमा २,७२५ फिट (८३१ मिटर) र अन्तिम सात सेकेन्डमा विमानमा ५,१५० फिट (१,५७० मिटर) को गिरावट आएको थियो। वायु ट्राफिक नियन्त्रणको साथ यसको अन्तिम सम्पर्क स्थानीय समय अनुसार १४:४० मा, भएको थियो।विमान जाभा सागरमा डुबेको थियो। यस विमान सुकार्नो – हत्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलोमिटर (१२ माइल) टाढा रहेको लाकी टापु नजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "इन्डोनेशिया विमान : उडेलगत्तै दुर्घटना भएको आशंका" (नेपाली) भाषा)। बिबिसी नेपाली। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  2. "इन्डोनेसियामा ६२ जना यात्रु बोकेको विमान दुर्घटना"कान्तिपुर (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  3. ३.० ३.१ "Terdapat 50 Penumpang dan 12 Kru di Sriwijaya Air yang Jatuh, Termasuk 3 Bayi" (इन्डोनेसियालीमा), Detik, अन्तिम पहुँच ९ जनवरी २०२१ 
  4. "इन्डोनेशियामा द श्रीविजय एयरको बोइङ ७३७ बेपत्ता"हातमा खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१