श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालय
श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालय,कालागाउ,अछाम.jpg
रहेको स्थान
कालागाउँ अछाम, सेती अञ्चल, नेपाल
विवरण
प्रकार बहुशैक्षिक
स्थापना वि.स. २००८
प्रधानाध्यापक रतन बहादुर थापा
विद्यार्थी ६००
वेबसाइट

श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालय[सम्पादन गर्ने]

श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालय सेति अञ्चल स्थित अछाम जिल्लाको कालागाउँ गाविसमा अवस्थित नेपाल सरकारको अनुदान प्राप्त पूर्ण सरकारी विद्यालय हो।जसको स्थापना नेपालमा प्रजातन्त्रको उदय सँगै वि.स.२००८ सालमा अछामकै दोस्रो विद्यालका रुपमा भएको हो। सुदुरपश्चिमतिरका जनताहरुलाई शिक्षित बनाउने अवधारणा अनुरूप वि.स.२००८ सालमा केन्द्रबाट गएको टोलिका संयोजक निर्मल लामाले यसको औपचारिक उद्घाटन गर्नुभएको थियो।सुरुमा शारदा भाषा पाठशालाका रुपले प्रख्यात यस विद्यालयमा अनौपचारिक रुपमा यस विद्यालयमा पढाई हुनेगर्दथ्यो।नेपालमा प्रजातन्त्रको उदयसंगै जनताका छोराछोरीले पढ्न पाउने भएसंगै यो बिद्यालयको औपचारिक रुपमा उद्घाटन गरियो।

शैक्षिक तथा अतिरिक्त क्रियाकलाप[सम्पादन गर्ने]

कालागाउँ श्रोत केन्द्र भनेर चिनिने यस विद्यालय अन्तर्गत प्रा.वि, नि.मा.वि र उ.मा.वि. गरी पैतीसवटा विद्यालय पर्दछन ।बेलाबेलामा उत्कृष्ट नतीजा ल्याउदै आएको यो विद्यालय अछाम को उत्कृष्ट विद्यालयमा पर्दछ।विभिन्न श्रोतकेन्द्र एवं जिल्ला स्तरीय शैक्षिक एवं खेलकूद प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दैआइरहेको छ।

व्यवस्थापन[सम्पादन गर्ने]

यो विद्यालयको व्यावस्थापन विद्यालय व्यावस्थापन समिति एवं जिल्ला शिक्षा कार्यालय,अछाम तथा नेपाल सरकारबाट हुने गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

१.कालागाउँ

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]