श्री गुरु राम दास जी अन्तर्राष्ट्रिय विमानस्थल(आइएटिए: ATQ,आइसिएओ: VIAR)भारतको पन्जाबको अमृतसरमा सेवा गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो। यो सहरको केन्द्रबाट ११किमी (६.८माइल) उत्तरपश्चिममा राजासान्सीमा अवस्थित छ। यसको नाम चौथो सिख गुरु र अमृतसरका संस्थापक गुरु राम दासको नाममा राखिएको छ। यो विमानस्थल पन्जाबको सबैभन्दा ठूलो र व्यस्त विमानस्थल हो। यो नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलपछि उत्तरी भारतको दोस्रो ठूलो विमानस्थल हो।[४] यो विमानस्थल आर्थिक वर्ष २०१७-१८ मा भारतको तेस्रो सबैभन्दा तीव्र गतिले बढ्दै गरेको विमानस्थल थियो। यो आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा मालढुवानी आवागमनको केन्द्र हो।[५] यो विमानस्थललाई स्काइट्र्याक्सद्वारा सन् २०१९ र सन् २०२० मा भारत र मध्य एसियाको छैठौँ उत्कृष्ट क्षेत्रीय विमानस्थलको रूपमा स्थान दिएको थियो।[६] यो विमानस्थललाई सन् २०२० मा एयरपोर्ट काउन्सिल इन्टरनेसनलद्वारा एसिया-प्रसान्त क्षेत्रको उत्कृष्ट विमानस्थल (प्रतिवर्ष २ देखि ५० लाख यात्रु) को रूपमा सम्मानित गरेको थियो।[७] स्काईट्र्याक्सद्वारा सन् २०२४ को लागि उत्कृष्ट विमानस्थल कर्मचारी पुरस्कारको साथै यो विमानस्थललाई भारत र दक्षिण एसियाको शीर्ष १० विमानस्थलहरूमा पनि समावेश गरेको थियो।[८]
^†एक "प्रतिबन्धित अन्तर्राष्ट्रिय विमानस्थल" (भन्सार विमानस्थल)को रूपमा रहेको; अन्तर्राष्ट्रिय उडानहरू सीमित सङ्ख्यामा यी विमानस्थलहरूमा अनुमति दिने गरिएको छ।