श्री पशुपति प्राथमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री पशुपति प्राथमिक विद्यालय झापाको डाँगिवारी गाँउ विकास समितिमा वि. स. २०२१ सालदेखी संचालिल विद्यालय हो। यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ। यो विद्यालय झापा जिल्लाका डाँगिवारी गाविसका आसपासका चार गाविसहरूमा सञ्चालित सरकारी प्राथमिक विद्यालयहरू मध्येमा शैक्षिक गुणस्तर राम्रो भएको विद्यालय हो। यस स्कुलका सबै कक्षाहरुमा अङ्ग्रेजी माध्यमबाट अघ्यापन गराइन्छ।

इतिहास[सम्पादन गर्ने]

वि. स. २००७ साल पछीका दिनमा शिक्षा क्षेत्रमा देखिन थालेको विकासलाई पछ्याउदै यस विद्यालयको स्थापना भएको हो। आफ्ना क्षेत्रका सा-साना नानीहरूलाई पढाँउने ठाँउको अभाव महसुस गरी यसै क्षेत्रका समाजसेवी तथा शिक्षाप्रेमीहरूले चन्दा उठाई शुरूका दिनमा कक्षा ३ सम्म स्कुल संचालन गरेका थिए। यस विद्यालयका संस्थापकहरूको नामावली यसप्रकार छ।

  • सभापति-बिष्णु प्रसाद पोखरेल
  • सेक्रेटरी- अभिनारायण तिम्सिना
  • सदस्यहरू-भिम प्रसाद तिम्सिना , भुमि प्रसाद घिमिरे, भवानी प्रसाद पाजुली, केदारनाथ कडरीया, मान बहादुर बस्नेत, चकडाल राजवंशी, भरतलाल राजवंशी, डम्वर बहादुर निरौला, श्रीलाल निरौला, भुपेन्द्र शिवाकोटी, बालुराम खरेल, लक्ष्मी प्रसाद संग्रौला, हरि प्रसाद सुवेदी।