श्री बक्रेश्वर माध्यमिक विद्यालय, गोरखा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बक्रेश्वर माध्यमिक विद्यालय गोर्खा जिल्लाको भोगटेनीमा अवस्थित विद्यालय हो।

स्थापना[सम्पादन गर्ने]

यस भेगमा विद्यालयहरु नभएको कारण स्थानीयवासीहरुको उत्साहजनक उपस्थितमा स्व.पूर्णचन्द्र अर्याल र स्व.पुस्पराज अर्यालको सक्रियतामा बि.स.२०१४ साल जेष्ठ ९ गते श्री चन्द्र भास्कर प्राइमरी स्कुल को नाम बाट यस स्कुलको औपचारिक रुपमा पढाई शुरु भएको पाइन्छ। शुरुमा विद्यालयको भौतिक पक्ष पूर्ण नहुदाँ गाउँको स्थानीय पिपलको चौतारो र ठाँटिमा बिद्द्यार्थीहरु जम्मा गरि विद्यालय सु-संचालन भएको थियो पछि स्व.पूर्णचन्द्र अर्याल, स्व.मोदनाथ अर्याल, स्व. शेसकान्त अर्याल, खेमराज अर्याल र लोकनाथ अर्याल ज्यू बाट जज्गादान दिई स्थानीय रुपमा भवन निर्माण गरि विद्यालय संचालन समिति गठन गरि समितिमा पूर्णचन्द्र अर्याल सभापति, पुस्पराज अर्याल, इश्वरी अर्याल, ठाकुर प्रसाद अर्याल, मोहकान्त सेडाई, र भक्त नारायण श्रेष्ठ जस्ता शिक्षा प्रेमी अग्रजहरु रहनु भएको संचालक समिति गठन गरि यसकै अग्रसरतामा नयाँ शिक्षक नियुक्ति, भवन निर्माण, सामग्री र फर्निचर जस्ता सामग्रीहरू जुटाएर कक्षा ५ सम्म संचालन भएको थियो।

स्विकृत[सम्पादन गर्ने]

शैक्षिक सत्र २०२३/२४ सालमा तत्कालीन विद्यालयका प्र.अ. श्री श्यामजी अतिथि र धन बहादुर अर्याल, श्री ठाकुर प्रसाद अर्याल सहितको अग्रसरतामा गोरखा जिल्लाको दक्षिण भेगमा नि.मा.बि. नभएको कारणले यस विद्यालयलाई बक्रेश्वर महादेवको नाम बाट विद्यालयको नाम परिवर्तन गरि श्री बक्रेश्वर मिडिल स्कुल नामले नि.मा.बि. सम्मको कक्षा संचालन भएको पाइन्छ यो विद्यालयले नि.मा.बि. को अनुमति नपाउदा सम्म श्री लक्ष्मी मा.बि., गाईखुर को शाखाको रुपमा कक्षा ६ सम्म को पढाई शुरुवात गरेको थियो वि.स.२०२५ सालमा जि.शि.का. गोरखाबाट यस विद्यालयलाई नि.मा.वि. संचालन को अनुमतिपत्र प्राप्त भएपछि कक्षा ८ सम्मको अध्यापन संचालन गरि यसै विद्यालयबाट सबै परिक्षा लिने र नतिजा प्रकाशित गर्ने थालनि भएको पाहिन्छ

वि.स.२०३० सालमा रास्ट्रिय शिक्षा पद्दति योजनाको तहगत बिभाजन अनुसार कक्षा ६ र ७ लाई नि.मा.वि. तोकेको हुँदा कक्षा ८ कटौती भइ कक्षा ७ सम्म मात्र संचालन पनि भएको पाहिन्छ। वि.स.२०३७/३८ साल देखि संस्कृत मा.वि. संचालन गर्ने महान उदेस्य साथ प्रा.शिवहरि मरहठ्ठा (तत्कालीन उपकुलपति महेन्द्र संस्कृत बिश्वविद्यालय) को अग्रसरतामा यस विद्यालयलाई मा.वि. बनाउने क्रममा निजी स्रोत मा शिक्षक नियुक्ति गरि पठनपाठन संचालन भएपनि त्येसले दीर्घकालीन पूर्णता पाउन सकेन पुनः वि.स. २०५४/९/४ गतेका दिन बक्राङ ग.वि.स.को वडा न.१,२,३ र मनकामना ग.वि.स. को ४,५ र ६ वडा का अभिभावकको उपस्थिति मा यस विद्यालयलाई मा.वि. संचालन गर्ने र निजी श्रोतमा शिक्षक तथा बैंक धरौटीको लागि अभिभावकहरुको औकात हेरी, शिक्षक तथा कर्मचारीहरुले १ महिनाको तलब, पेन्सनवालाहरुको १ महिनाको पेन्सन, कृषक तथा मजदुरहरुको ५ दिन बराबरको पारिश्रमिक चन्दा संकलन गरि मिति २०५५ साल असार ३१ गतेदेखि मा.वि. सम्मको कक्षा संचालन गर्ने पूर्ण आधिकारिक अनुमतिपत्र गरेको र मिति २०५६ सालदेखि नियमित प्रवेशिका परीक्षामा यो विद्यालय सामेल हुदै आएको छ।

यस विद्यालयको प्र.अ.ज्यूहरू[सम्पादन गर्ने]

(१) अनौपचारिक शिक्षाको क्रममा बालबालिकाबाट सिदा र दक्षिणा लिएर शुरु गर्ने गुरु श्रीप्रसाद अर्याल(गान्टूबुदा) बनौती मनकामना........................................ २०१२/१३
(२) प्र.अ. रामलाल श्रेष्ठ -नेपाल सरकारबाट पहिलोपटक दरबन्दीमा - २०१४-२०१९
(३) प्र.अ. भिम प्रसाद कट्टेल - कट्टेलडाँडा - २०१९-२०२१
(४) प्र.अ. शान्तमणि कट्टेल - कट्टेलडाँडा - २०२१-२०२३
(५) प्र.अ. श्यामजी अतिथि - बक्राङ १ - २०२३-२०२५
(६) प्र.अ. हरि बहादुर पुडासैनी - ताक्लुंग - २०२६-२०२६
(७) प्र.अ. कृष्णप्रसाद दवाडी - बक्राङ २ - २०२६-२०२७
(८) प्र.अ. धन बहादुर अर्याल - बक्राङ २ - २०२८-२०३०
(९) प्र.अ. एक बहादुर परियार - बक्राङ १ - २०३०-२०४२
(१०) प्र.अ. अमृत बहादुर आचार्य - बक्राङ १ - २०४२-२०५२
(११) प्र.अ. धन बहादुर अर्याल - बक्राङ २ - २०५२-२०५६
(१२) प्र.अ. शंकर प्रसाद मरहठ्ठा - बक्राङ १ - २०५६-२०५६
(१३) प्र.अ. राजेन्द्र प्रसाद ढकाल - गो.ण.पा.७ - २०५६-२०६७
(१४) प्र.अ. देव प्रसाद खनाल - ....................- २०५७-२०६९/५
(१५) प्र.अ. युद्ध विलास अर्याल - बक्राङ २ - २०६९ देखि

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]