भिमदल गण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(श्री भिमदल गण बाट पठाईएको)
Jump to navigation Jump to search
श्री भिमदल गण
सक्रिय:
प्रकार: सशस्त्र

भिमदल गण नेपाली सेना को एक ब्यारेक हो । नेपाली सेनाको प्रत्येक गणमा ६वटा गुल्माहरू हुन्छन ।

  1. बन्दोबस्ती गुल्म
  2. मद्दती गुल्म
  3. क गुल्म
  4. ख गुल्म
  5. ग गुल्म
  6. घ गुल्म

भिमदल गणको इतिहास[सम्पादन गर्ने]

महाराजाधिराज पृथ्वीनारायण शाह को नेपाल एकीकरण अभियान मा सेनाको अपरिहार्यतालाई महसुस गरि गोर्खाली फौजको रुपमासँगठित नेपाली फौज विभिन्न समयमा तिलंगा गोर्खाली सेना , नेपाली सेनाशाही सेना , शाही नेपाली सेना हुँदै हालको नेपाली सेना को रुपमा आइपुगेको देखिन्छ ।पृथ्वीनारायण शाहले ५वटा कम्पनीबाट स्थापना सुरु गरेको स्थाइ कम्पनीहरुको संख्या गिर्वाणयुद्ध वित्रम शाहको शासनकालमा ११५ पुगेको थियो ।एकीकरणको अभियान गिर्वाणयुद्ध वित्रम शाहको कार्यकालसम्म पनि जारी नै थियो ।यसै समयमा भारतमा अग्रेजले इष्ट इन्डिया कम्पनीको नामले शासन गरि रहेको र आफ्नो विस्तारवादी नीति अनुसार आफ्नो भु-भाग बढाउने क्रममा नेपालसँग युद्ध भैरहने गर्दथ्यो । उक्त अबधिमा लगातार युद्ध गरिरहनु परेको हुदा कयौं पल्टनहरु खडा हुने र युद्धपश्चात खारेज गरिने चलन गरियो । सोही क्रममा विक्रम सम्वत १८६३ मा यो गण श्री भिमदल कम्पनी को नामले खडा भएको थियो ।[१]

स्थापना ,नामाकरण र पुन:स्थापना[सम्पादन गर्ने]

नेपालको इतिहासलाई केलाउदा बाइसे,चौबिसे लगायत स-साना राज्य मा टुक्रिएका राज्यका शासकहरुले समेत आप्नो स्वाधीनताको रक्षार्थ विभिन्न किसिमको सुरक्षा फौजहरुको ब्यबस्था गरेको पाइन्छ ।पुरानो एतिहासिक सामग्रीको अध्यनबाट यस भिमदल गण वि.स.१८६३ सालमा भिमदल कम्पनी को रुपमा खडा भएको बुझिन्छ । त्यसबेलासम्ममा नेपालमा ११५भन्दा भढी कम्पनी र पल्टनहरु थिए ।नेपाल-अग्रेज युद्धताका भिमसेन थापाले ६८ वटा कम्पनिहरु स्थापना गरेका थिए भने नेपाल-अग्रेज युद्ध (वि.स.१८७३ को सुगौली सन्धी पछिको ) नेपाल को एकीकरण अभियान पनि पुर्णतय बन्द हुन गएकोले भिमसेन थापाले नै ५९ कम्पनी र पल्टनहरु खारेज गरेका थिए भन्ने तथ्य उल्लेख भएतापनी भिमदल कम्पनी कुन मितिमा खारेज र के कस्तो योगदान गर्यो भन्ने कुनै एतिहासिक आधार भने एकिन हुन बकि छ । खारेज भएका पुराना पल्टनहरुको एतिहासिक तथ्य तथा प्रशंसनीय पक्षलाई मुल्यांकन गर्दै २०६१ साल श्रावण १४ गते एउटा एउटा अनाश्रीत गुल्म को रुपमा श्री भिमदल गुल्म पु:स्थापना भएको थियो ।यसरी पुन:स्थापना गर्ने त्रममा श्री श्रीजंग गणको १०८ जना र बाकी बिभिन्नवुनिटहरु तथा सैन्री तालिमकेन्द्रबाट आएका ता.सी. जवानहरु छनौटगरी गुल्म तयार गरिएको थियो ।गुल्म लाई नेत्तृत्व दिन प्रथम गुल्मपतिका रुपमा मिति २०६१/०३/२३ गते सेनानी श्री माधव थापा नियुक्ति भएर आउनुभएको थियो ।

गणमा परिणत[सम्पादन गर्ने]

गुल्म पुन:स्थापना भएको छोटो अबधि पनि नबित्दै (नेपालको बदलिँदो राजनीतिक परिवेशसंगै आन्तरिक सुरक्षा को लागि सैनिक संख्या बढाउने त्रममा ) गुल्मले गरेको योगदान र कार्यदक्षताको कदर गर्दै वि.स.२०६३/०२/१२ गते नेपाल सरकार कओ निर्णय बाट यो गुल्म गणमा परिण्त भएको थियो । "सेवा भक्ती पराक्रम "आदर्श वाक्य बोकेको यस गण डोटी जिल्ला को सिलगढी मा तैनाथ रहइ आफुलाई सुम्पेको जिम्मेवारी ढंगबाट साथ सम्पन्न गर्दै आइरहेको छ। पदिक गणको दरवन्दी जम्मा ८४९ रहने भएता पनि यस गणको नफ्री अन्य गणहरुको भन्दा १राइफल गुल्म घटी अर्थात जम्न नफ्री ७२२ जनाको रहेको छ ।गणलाई नेतृत्व दिन प्रथम गणपति को रुपमा मिति २०६३/०३/२२ गते प्र.से.श्री .आनन्दकुमार अधिकारी नियुक्त हुनुभएको थियो ।

प्रतिविद्रोह कारवाहीमा भिमदलको भुमिका[सम्पादन गर्ने]

देशभित्र सशस्त्र द्ध्न्दको चरम अवस्था रहेको मितिमा २०६१ साल श्रावण १४ गते भिमदल गुल्म द्धन्द समाधान गर्न तत्कालीन आवश्यकताअनुसार पुन:स्थापना भएको थियो र द्धन्दकाल भरी विद्रोह अति प्रभावित क्षेत्रमा रहि द्धन्द समाधान गर्ने कार्यमा सक्रिय रुपले भाग लिएको थियो ।पुन:स्थापनाको लगतै गुल्म २०६१ मंसिर महिनामा डोटी जिल्लाको राजपुर ब्यारेक हातामा अस्थायी रुपमा तैनाथ रहि डोटि जिल्लाको अति दुर्गम ,अति प्रभावित क्षेत्रहरूमा परिचालित भै आप्नो अदम्य साहस प्रदर्शन गर्दै आप्नो जिम्मेवारी निर्वाह गरेको थियो ।सकल दर्र्जाको मनोबल ,युद्दकला ,तालिम ,बहादुरी र सुझबुझ ले गर्दा जिम्मेवारी क्षेत्रमा विद्रोही को प्रभालाई निष्किर्य पार्दै जनधनको क्षती लाई कम गर्न यो गण सफल भएको थियो ।द्धन्द समाधान गर्न परिचालित हुदा मिति २०६१/११/१४ गतकैलाली जिल्ला को बडैपुर इलाकामा तत्कालीन विद्रहिसंगको भिडन्तमा बहादुरिका साथ लडदा लडदै क.नं. २०९८०९ सिपाही शरदबहादुर शाही र क.नं. २०८८१८सिपाही टंकबहादुर खान ठकुरीले विरती प्राप्त गरेका थिए ।[१]

तैनाथी स्थानहरु[सम्पादन गर्ने]

वि.स.१८३३ सालमा भिमदल कम्पनी को रुपमा खडा भएपश्चात कहाँ -कहाँ तैनाथ रहि के-कस्तो योगदान गर्यो भन्ने विषयहरू एकिन हुन बआकि रअहेतापनी वि.स.२०६१ साल श्रावण १४ गते पुन:स्थापना भएपश्चात सिंहदरवारस्थित श्री श्रीजंग गणमा एकत्रित भै वि.स.२०६१ साल मंसिर म डोटी जिल्लाको रआजपुर ब्यारेक हातामा तैनाथ रहेको थियो ।केही समयको अन्तरालपछी मिति २०६२ जेष्ठ ४ गते तालुक अडडाको निर्देशन अनुसार डोटि जिल्लाको सदरमुकाम सिलगढी मा रहेको थियो त्यसपश्चात सुर्खेत जिल्ला मा र हाल मुस्ताङ जिल्लामा तैनाथ रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ भिष्म स्मारिका नामक प्रतिका -२०६६

बाहिरी कडिहरु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]