श्री भोज प्रकाश मा. वि.

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
श्री भोज प्रकाश माध्यमिक विद्यालय
Shree Bhoj Praksh Secondary School.jpg
श्री भोज प्रकाश माध्यमिक विद्यालय भवन
स्थान

जानकारी
विद्यालय प्रकारमाध्यमिक विद्यालय सरकारी विद्यालय
विद्यालय बोर्डराष्ट्रिय परीक्षा बोर्ड
विद्यालय जिल्लास्याङ्जा जिल्ला
शैक्षिक अधिकारशिक्षा तथा खेलकुद मन्त्रालय
सङ्कायशिक्षाशास्त्र, मानविकी
विद्यार्थी सङ्ख्या(३५० भन्दा धेरै)
भाषानेपाली, अंग्रेजी
घण्टा६ घण्टा
खेलभलिबल
टोली नामखेलकुद समूह
आवद्धतामाध्यमिक विद्यालय
वेबसाइटhttps://www.bhojprakash.edu.np/?m=1

यस विद्यालय स्याङ्जा जिल्लाको पुर्वी भेग किचनास गा. वि. स. वडा नं ९ सालडाँडा भन्ने ठाउँमा अवस्थित रहेको छ[१] । जुन विद्यालयको स्थापना वि.स. २०१८ सालमा भएको थियो । जहाँ कक्षा शिशु देखि कक्षा १२ सम्म पढाइ हुने गर्दछ ।

यस विद्यालयले प्रत्येक वर्ष पुस १४ गते आफ्नो वार्षिकोत्सब विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछ ।

इतिहास[सम्पादन गर्ने]

स्थापना तथा नामाकरण[सम्पादन गर्ने]

राणा शासनको अन्त्य पछि नेपालमा औपचारिक रूपबाट शिक्षा आर्जन गर्ने परम्परासँगै स्याङ्जा जिल्लाको दुर्गम स्थानमा रहेकोे सालडाँडामा पनि २०१६ सालबाट शिक्षा आर्जन गर्ने लहरको सुरुवात देखा पर्यो। वि.सं. २०१७ साल पौष १५ गते स्थानीय संस्कृति र परम्पराअनुसार भोज खान जम्मा भएका स्थानीय बासिन्दाहरूले विद्यालय स्थापना गरी आफ्ना सन्ततिलाई शिक्षा आर्जन गराउने चाहना पूरा हुने अवस्था देखिएपछि समाजसेवी श्री टेकबहादुर रानाले विद्यालय स्थापना गर्ने प्रक्रियालाई निरन्तरता र नेतृत्व दिनु भएको थियो । यसरी विद्यालय स्थापनाको निर्णय भएपछि भोज खानका लागि जम्मा भएका स्थानीयबासी सोही अवसरमा विद्यालय स्थापना गर्ने निर्णय भएको हुँदा विद्यालयको नाम भोज प्रकाश नामकरण गरिएको थियो । त्यसपछि नेतृत्व दिने श्री टेकबहादुर रानाले नै देउचन रानाको घर अगाडि ठूलो गह्रामा कक्षा सञ्चालन गर्नु भएको थियो[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बह्य सुत्रहरू[सम्पादन गर्ने]