सामग्रीमा जानुहोस्

श्री यन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केन्द्रमा तमिल 'ॐ' प्रतीक भएको एक श्री यन्त्र

श्री यन्त्र वा श्री चक्र हिन्दु धर्मको श्री विद्या सम्प्रदायमा प्रयोग गरिने एक रहस्यमयी रेखाचित्र हो। परम्परागत मान्यता अनुसार यस जटिल यन्त्रको पहिलो रेखाचित्र आदि शङ्कराचार्यसँग जोडिएको छ भने केही उल्लेखहरूले यन्त्रका प्रारम्भिक उदाहरणहरू ईसापूर्व ११,०००–१०,००० वर्ष पुरानो भएको बताउँछन्। एकआपसमा जोडिएका नौवटा त्रिकोणहरू मिलेर बनेको यो यन्त्रले जटिल प्रतीकवाद बोकेको हुन्छ। माथितिर फर्केका चारवटा त्रिकोणले शिवलाई र तलतिर फर्केका पाँचवटा त्रिकोणले शक्तिलाई जनाउँछन् जसले 'बिन्दु' भनिने केन्द्रीय विन्दु वरिपरि ब्रह्माण्डीय र मानवीय क्षेत्रहरूलाई समेट्छन्। यस संरचनालाई कहिलेकाहीँ "नवयोनि चक्र" पनि भनिन्छ।[]

श्री विद्या सम्प्रदायमा श्री यन्त्रको ठूलो महत्त्व छ र यो उनीहरूको उपासनाको केन्द्रविन्दु पनि हो। यसलाई पुरुष र स्त्री दैवी ऊर्जाको मिलनको प्रतीक मानिन्छ। विभिन्न आकारका यी त्रिकोणहरूले सङ्कुचित तहहरूमा ४३ वटा साना त्रिकोणहरू बनाउँछन् जसले ब्रह्माण्डको प्रतिबिम्ब प्रस्तुत गर्दछन्। शक्ति केन्द्र वा बिन्दु ब्रह्माण्डीय केन्द्रको रूपमा रहेको हुन्छ जसलाई सृष्टि र प्राण शक्तिको प्रतीकका रूपमा कमलको पत्रका ढाँचाहरू भएका सङ्कुचित घेराहरूले घेरेका हुन्छन्। यी तत्वहरू एक 'भूपुर' (पृथ्वीको वर्ग) भित्र अवस्थित हुन्छन् जसले ब्रह्माण्डका विभिन्न क्षेत्रहरूमा जाने ढोकाहरू भएको मन्दिरको प्रतिनिधित्व गर्दछ। श्री विद्या परम्परामा श्री यन्त्र भक्ति र निष्ठाको सार हो। प्रत्येक त्रिकोण र तह विशिष्ट दैवी पक्षहरूसँग जोडिएका हुन्छन् जसको पूर्ण संरचनालाई 'नव चक्र' पनि भनिन्छ। यसलाई त्रि-आयामिक रूपमा प्रस्तुत गर्दा यसलाई मेरु पर्वत भनिन्छ जसले काश्मिरी शैव दर्शनको प्रतिनिधित्व गर्दछ।

सन् २००९ को 'ब्रह्मविद्या' (अडयार पुस्तकालयको शोध-पत्रिका) मा सुभाष काकले श्री यन्त्रको वर्णन ऋग्वेदको श्री सूक्तमा वर्णन गरिएको यन्त्र सँग मिल्दोजुल्दो रहेको तर्क राखेका थिए।[]

श्री यन्त्रका नौवटा घटक त्रिकोणहरू आकार र रूपमा भिन्न हुन्छन् र तिनीहरू एकआपसमा काटिएर पाँचवटा सङ्कुचित तहहरूमा कुल ४३ वटा साना त्रिकोणहरू बन्छन्। ती सबैले मिलेर ब्रह्माण्डको समग्रतालाई प्रतिनिधित्व गर्छन् र अद्वैत वा गैर-द्वैतवादलाई व्यक्त गर्दछन्। यसको बीचमा रहेको शक्ति केन्द्र (बिन्दु) ले ब्रह्माण्डीय केन्द्रको प्रतिनिधित्व गर्दछ। यी त्रिकोणहरूलाई ८ र १६ वटा पत्रहरू भएका दुईवटा संकुचित वृत्तहरूले घेरेका हुन्छन्, जसले सृष्टिको कमल र प्रजननको महत्वपूर्ण जीवन शक्तिलाई जनाउँछन्। यो सम्पूर्ण संरचनालाई पृथ्वीको वर्ग (भूपुर) को रेखाहरूले घेरिएको हुन्छ जसले ब्रह्माण्डका क्षेत्रहरूमा खुल्ने चारवटा ढोकाहरू भएको मन्दिरको प्रतिनिधित्व गर्दछ।[][]

चित्र दीर्धा

[सम्पादन गर्नुहोस्]

श्री विद्या

[सम्पादन गर्नुहोस्]

श्री यन्त्र श्री विद्या साधनाको प्रमुख तत्व हो, जसले निराकार त्रिपुरसुन्दरीको ज्यामितीय अभिव्यक्तिको प्रतिनिधित्व गर्दछ। ललितासहस्रनामत्रिपुरा रहस्यले[] त्रिपुरसुन्दरी आफ्नो ईश्वरीय सारमा निराकार भएतापनि उनलाई श्री यन्त्रको माध्यमबाट पूजा गरिन्छ भन्ने कुरामा जोड दिन्छन्। श्री यन्त्रले उनको ब्रह्माण्डीय ऊर्जालाई प्रतीकका रूपमा प्रस्तुत गर्दछ भने पञ्चदशाक्षरी मन्त्रले (१५-अक्षरको मन्त्र) उनको उपस्थितिलाई आह्वान गर्दछ।[] श्री विद्यामा सर्वोच्च देवीसँग सम्पर्क स्थापित गर्न र उनलाई साक्षात्कार गर्नका लागि यन्त्र र मन्त्र दुवै केन्द्रीय साधनका रूपमा रहन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Shankaranarayanan, S. (१९७९), Sri Chakra (3rd संस्करण), Dipti Publications।
  2. "Subhash Kak Great Goddess Lalitā and the Śrī Cakra Brahmavidyā", The Adyar Library Bulletin, 72-73: 155–172, २००८–२००९।
  3. Kuiper, K (२०११), Understanding India: The Culture of India, Britannica Educational Publishing, आइएसबिएन 9781615302031
  4. "The geometrically exact Sri Yantra", १० डिसेम्बर २०१८।
  5. "Tripura Rahasya", Mahavidya Sadhana Centre (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१०-२०
  6. "Sri Vidya Sadhana", Mahavidya Sadhana Centre (en-USमा), अन्तिम पहुँच २०२४-१०-२०
  7. "Srividya Sadhana - Srividya Sadhana" (अङ्ग्रेजीमा), २०२४-१०-०९, अन्तिम पहुँच २०२४-१०-२०