राजदल गण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(श्री राजदल गण बाट पठाईएको)
Jump to navigation Jump to search
श्री राज दल गण
सक्रिय: १९०१/०३/१२
प्रकार: सशस्त्र
सम्लग्नता: नेपाल तिब्बत युद्ध

खम्पा निसशस्त्रीकरण

विक्रम सम्वत १९०१/०३/१२ मा पूर्व राजा राजेन्द्र विक्रम शाहको स्वीकृतबाट मुख्तियार माथवर सिंह थापाले स्थापना गरेको ६ वटा पल्टन मध्ये श्री राजदल गण पनि एक हो । सुरुमा यस पल्टनमा अधिकृत,पदिक,हुद्दा,सिपाही,दानेदार,पिपा सहित ४०० जनाको दरबन्दी थियो र पछि समय को मांग अनुसार यस पल्टन को नाममा फेरबदल भएको पाइन्छ ।

विक्रम सम्वत २००९ सालको नेपाली सेनाको पुन:गठनमा यो पल्टनलाई माउण्टेन ब्याट्री नामाकरण गरियो र उक्त ब्याट्रीको नाम फेरी २६१ (२० जना पब्लिक फाल्वर्ससहित) कायम गरियो तत्कालीन समयमा समारोह तथा उत्सवहरुमा सलामी फायर गर्न र प्रदर्शन फायरको लागि पुरानै मुहर भरुवा तोपहरु चलाउने एक सानो तोप्ची ग्रूप माउन्टेन ब्याट्रीकै संगठन भित्र गाभियो र हालसम्म पनि यस गणले उक्त प्रथालाई अबलम्बन गरिरिरहेको छ । त्यस समयमा उक्त ब्याट्रीलाई सेनानी दर्जा हुँदा यस माउण्टेन ब्याट्रीको फिलो ब्याट्री कमाण्डर अवकाश पाप्त सहायक रथी श्री रवि शम्शेर ज.व.रा. खट्टिनु भएको थियो । अधिकृतको रूपमा सहायक ब्याट्रीपति अवकाश प्राप्त सहायक रथी टिका शम्शेर ज.ब.रा.अ.प्रअ.पर.सए. श्री हेम बहादुर सिंह अ.प्रा.म.से. श्री रुक्म बहादुर कार्की र अ.प्रा.महारथी श्री अर्जुन नरसिंह राणा हुनुहुन्थ्यो ।

पहिला देखि नै तोपखाना पल्टन नेपाली सेनाको प्रमुख अङ्ग रहिआएको छ र यस पल्टन मा साधारण इनफेन्ट्रिको आलावा गनरी सम्बन्धि टेक्निकल ज्ञानको आवश्यकता हुनेहुँदा यस पल्टनमा पेशा सम्बन्धि दक्ष र जेहेन्दार अधिकृत र पदिकहरुको सरुवा गरिन्थ्यो । त्यस बाहेक गनलाई एकठाउँबाट अर्को ठाउँ लैजादा अति कठिनाइ हुने हुँदा यस गणमा बलियो र ठुला कदका जवानहरुको सरुवा गरिन्थ्यो । विक्रम सम्वत२०१२ सालमा माउण्टेन ब्याट्रीलाई राजदल पल्टनकै बिशान प्रदान गरियो र पछि प्र.से.दर्जाको कमान गर्ने गरि ब्यबस्था मिलाईएको थियो । नेपाली सेनालाई समयअनुकुल बिस्तारै लैजाने त्रममा विक्रम सम्वत२०२३/१२/०४ मा १२० मि.मि. ब्राण्ड मोर्टर ब्याट्री थप गरि पुन: राजदल गण नामाकरण गरियो । त्यसबेला माउण्टेन ब्याट्री ,तोपखाना ब्यारेकमा (श्री गणेशदलसंगै) थियो भने मोर्टर ब्याट्री लगनखेलको टुडिखेल (हाल राजदल ब्यारेक ) मा रहेको थियो । पछि २०२६ सालमा माउण्टेन ब्याट्री पनि लगनखेल ब्यारेकमा सरि पुरै गण एकै ठाउँमा रह्यो । सोही क्रममा विक्रम सम्वत२०३१ सालमा अर्को मोर्टर ब्याट्री (टोड) थप भएपश्चात यस्को जम्मा नफ्रि ५६७ काय हुन पुग्यो । यसरी सेनालाई समयसापेक्ष आधुनिकरण गर्दै लैजाने क्रममा विक्रम सम्वत २०४१ सालमा १२० मि.मि. मोर्टर (टोड) को साथै बेलायतमा निर्मित १०५ मि.मि. हाउजर को टोड ब्याट्री खडा भयो । साथै १०५ मि.मि. एल.एफ.जि.प्याक हाउजर भारतबाट विक्रम सम्वत २०६१ सालमा ल्याइ रेजिमेण्ट ब्याट्री को नामाकरण गरिएको थियो ।

विदेशी भुमिमा राजदल गण[सम्पादन गर्ने]

सन १९५७ मा भारत को मराठा राज्यको असन्तुष्ट सिपाहीहरुले सुरु गरेको विद्रोह ले अग्रेज सरकारलाई घटेको संकट का बखत विद्रोहलाई भारतिय राज्यका राजाहरु लगायत अनेकौं अग्रेज विरोधी ब्याक्तिहरुको समर्थन प्राप्त थियो । बिग्रदै गरेको परिस्थितीले गर्दा अग्रेज सरकारले जंग बहादुर राणाले राखेको अग्रेजलाई सहयोग गर्ने प्रस्तावलाई स्वकार गरि सैनिक सहायता लिनेनिर्णय गर्यो ।

उक्त विद्रोह दमन गर्न जाने पल्टनहरु मध्ये श्री राजदल गण पनि एक थियो । उक्त लडाईँमा नेपाली सेना ले आफ्नो बिरता प्रदर्शन गर्दै सफलता हासिल गरेको थियो । इस्वी सम्वत १८५५ मार्छ ०६ का दिन जनरल बम बहादुर राणाको कमाण्ड मा बिशाल नेपाली फौज केरुङ्गक्षेत्र मा आत्रमण गर्न काठमाडौं बाट त्यस स्थान तर्फ प्रस्थान गरेको थियो । उक्त फौजमा श्री राजदल गण पनि सम्मिलित थियो । राजदल गणको आर्टिलरी फायरले उक्त लडाईँमा निर्णायक भुमिका निर्वाह गरेको थियो ।[१]

आन्तरिक द्वन्द्वमा राजदल गण[सम्पादन गर्ने]

चिनियाँ सरकार विरुद्ध नेपाली भुमी प्रयोग गरि खम्पाहरुले चलाएको सशस्त्र अभियानमा चिनियाँ सरकारलाई सहयोग गर्ने हेतुले विक्रम सम्वत २०३१ सालको अपरेशन मा यस गणले पनि भाग लिएको थियो । उक्त अप्रेशनमा अ.प्रा.महारथी श्री संचित शम्शेर ज.ब.रा.अप्रेशन कमाण्डर र राजदल गणका अ.प्रा.स.र.श्रीकेदार बहादुर सिंह सहायक अप्रेशन कमाण्डरमा नियुक्त भएका थिए । यस लडाईँमा १२० मि.मि. ब्राण्ड मोर्टर लगिएको थियो । अप्रेशन कमाण्डरको आदेशमा ब्याट्रीमा भएका ४वटा मोर्टरबाट त्यस बखत फायर गरियो ।मोर्टर फायरको प्रभाकारिताको कारण ले गर्दानै खम्पाहरुले आत्मासमर्पण गरे ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]