विनायकदल गण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(श्री विनायकदल गण बाट पठाईएको)
Jump to navigation Jump to search

सैन्य सङ्गठन विस्तारको क्रममा नेपाली सेनाको पृतना अवधारणा अनुरुप पहिलो पृतनाको रूपमा स्थापित तत्कालीन पश्चिम पृतना (हाल मध्यपश्चिम पृतना ) को जिम्मेवारी क्षेत्रमा रहेको वाहिनी अड्डाहरुबिच सिग्नल मिलाप कायम गर्ने उदेश्यले श्री विनायकदल गण स्थापना भएको हो । "सञ्चार शक्ति संसार " आदर्श वाक्य बोकेको यस गण तत्कालीन पश्चिम पृतना अन्तर्गत भेरी अञ्चल ,बाँके जिल्ला को इनामनगरमा ब्यारेकमा स्थापना भएतापनी हाल स्थानान्तरणको क्रममा सुर्खेत जिल्ला को निमारे ब्यारेकस्थित मध्यपश्चिम पृतना आड्डा हाताभित्र थैनाथ रहेको छ । विगतको द्वन्द्वकालमा यस गणले सिग्नल मिलापका साथसाथै पदिक रोलमा समेत अत्यान्तै प्रभावकारी एबम उत्कृष्ट ढङ्गबाट कार्य सम्पादन गरेको थियो । श्री विनायकदल गण स्थापना हुनु पुर्व तत्कालीन पश्चिम पृतना हेडक्वाटरको मिलाप कार्यका लागि मिति २०५८ पुस १४ गते श्री गणेशदलबाट खट्टेइएका टोलिहरुद्वारा पश्चिम पृतना सिग्नल केन्द्रको स्थापना गरी उक्त सिग्नल केन्द्रले सिग्नल मिलापको कार्य गर्दै आइरहेको थियो । श्री बलाधिकृत बिभागबाट योजना तथा नीति शाकाको पत्रबाट निरदेशित भइ आएअनुसार तत्कालिन श्री ५ सरकार ,मन्त्रीपरिषद कोनिर्णयबाट वि.स.२०५९ साउन३० गते नयाँ सिग्नल गण नामक (नामाकर्ण हुन बाकी ) भनी यस गणको स्थापना भएको थियो । गण स्थापना हुदा श्री बला.वि.(ब्यअ.यु.,म.न.को.का) योजना तथा नीति शाखा कोआउट फ्याक्सको पत्रानुशार दर्वन्दी कायम गर्दा तत्कालीन नं-३,४ र५ सिग्नल गुल्महरूलाई समावेश गरी दरवन्दी नफ्री ५४२ कायम भएको थियो । यस प्रकार उक्त समयमा नं.३ सिग्नल गुल्मले गण्डकी,धौलागिरी,लुम्बिनी अन्तर्गतका जिल्लाहरू तथा नं.५ सिग्नल गुल्मले सेतीमहाकाली अञ्चल अन्तर्गतका ९ वटा जिल्लाहरूमा सिग्नल मिलापको कार्य गर्दै आइरहेको छ ।[१]

गणका विशेष अधिकृतहरु[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. सिपाही पाक्षिक

बाहिरी कडिहरु[सम्पादन गर्ने]