श्री ५ त्रिभुवन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री ५ त्रिभुवनको जन्म राजा श्री ५ पृथ्वी विरविक्रम शाह र माहिली महारानी मक्ष्मिदिव्यस्वरिका जेष्ठ पुत्रका रूपमा वि.सं.१९६३ असार १७ गते भएको हो । वि.सं.१९६८ मा साढे पाँच वर्षको उमेरमा राज्यारोहोण र १९६९ मा राज्याभिषेक समारोह सम्पन्न भएको थियो । जहानिया राणा शाशनबाट नेपाली जनतालाई मुक्ति दिलाउनका खातिर गाथ र गद्दीको समेत पर्वाह नगरी भारत निर्वासित भैइ राणा विरोधी आन्दोलनमा नेपाली जनतालाई साथ दिए । २००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना भएपछि अब उप्रान्त नेपालको शासन प्रणाली नेपाली जनताले गर्ने भनी उद्घोषण गर्ने राजा त्रिभुवनको वि.सं. २०११ साल फागुन ३० गते स्विजरल्याण्डको ज्युरिच स्थिथ क्यान्टन हस्पिटलमा देहावसान भएको थियो । श्री ५ त्रिभुवन नेपालका एक राष्ट्रिय विभूति हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]