श्री ५ रणबहादुर शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जन्म[सम्पादन गर्ने]

पिता प्रातापसिंह र माता राजेन्द्रलक्ष्मीको कोख बाट वि.सं.१८३२ जेष्ठ १० गते जन्मिएका रणबहादुर शाह अढाई वर्षको उमेरमा राजा भएका थिए । सो समयमा केहि समय राजमाता राजेन्द्रलक्ष्मीले र त्यसपछि बहादुर शाहले नायवी चलाए । रणबहादुर १० वर्षको हुँदा राजेन्द्रलक्ष्मीको मृत्यु भयो । त्यसपछि बहादुर शाहले प्रशासनको बाघडोर आफ्नो हातमा लिएर एकीकरणको अभियानलाई तीब्र बनाए । पछि रणबहादुर शाहले शासनको पुरै अधिकार आफ्नै हातमा लिएर एकीकरण अभियान पनि अघि बढाउँदै लगे ।

रानीहरु[सम्पादन गर्ने]

रणबहादुर शाहका तिनजना रानिहरु थिए । जेठी पत्नी राजराजेश्वरी, माइली पत्नी सुवर्णप्रभा, साइँली पत्नी कानन्तिमति, काइँली पत्नी चन्द्रवती र कान्छी पत्नी ललितत्रिपुरसुन्दरी । ब्राह्मणकि छोरी कान्तिमतिपप्रती यिनको बढी प्रेम भएकोले यिनकै इच्छा अनुसार वि.सं.१८५५ आश्विन १९ गते गिर्वाणयुद्द विक्रम शाहलाई राजा घोषित गरि आफु काशीतिर लागे ।

मृत्यु[सम्पादन गर्ने]

अंग्रेज विरोधी गतिविधि सुदृढ गर्न र पुनःराज्य शासन गर्ने अभिलाषाले वि.सं.१८६० मा बनारसबाट फर्किएका राजा रणबहादुर शाहको आन्तरिक कलह बिग्रहको क्रममा १८६३ वैशाख बैशाख ७ गते शुक्ल सप्तमी बिहीबारका दिन रातको १० बजे शेरबहादुर शाहको हातबाट हत्या भयो ।