संकल्प (हिन्दु संस्कार) "संकल्प (हिन्दु संस्कार"

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पूजा संकल्प

संकल्प ( हिन्दु संस्कार)[सम्पादन गर्ने]

हिन्दु वैदिक धर्म अनुसार कुनै पनि धार्मिक कार्य गर्दा संकल्प गर्न अनिवाॠ छ। संकल्प गर्दा पढिने मन्त्र र त्यसको अर्थ तल दिइएको अनुसार छ [१]

हामीलाई सङ्कल्प मन्त्रमा यसरी पढाइन्छ–

‘‘ हरि ॐ तत्सत विष्णु ॐ, विष्णु ॐ, विष्णु ॐ, श्रीमदभगवतो महापुरुषश्य अस्य विष्णोराज्ञया प्रवर्तमानस्य ब्राहृणां द्वितीये परार्धे ।[सम्पादन गर्ने]

अर्थात् महाविष्णुद्वारा प्रवर्तित अनन्त कालचक्रमा वर्तमान ब्रहृमाको आयुको द्वितीय परार्ध वर्तमान ब्रहृमाको आयुको ५० वर्ष पूरा भइसक्यो ।

श्रीश्वेत वाराहकल्पे–[सम्पादन गर्ने]

कल्प अर्थात ब्रहृमाको ५१ औ वर्षको पहिलो दिन । 

वैवस्वतमन्वंतरे–[सम्पादन गर्ने]

ब्रहृमाको दिनमा १४ मन्वन्तर हुन्छन् । त्यसमध्येको सातौँ मन्वन्तर वैवस्वत मन्वन्तर चलिरहेको छ । 

अष्टाविंशतितमे कलियुगे–[सम्पादन गर्ने]

एक मन्वन्तरमा ७१ चतुर्युगी हुन्छन् । त्यसमध्ये २८ औ चतुर्युगीको कलियुग अहिले चलि रहेको छ । 

कलियुगे कली प्रथमचरणे–[सम्पादन गर्ने]

कलियुगको प्रारम्भिक समय हो । कलिसंवते या युगाब्दे कलिसंवत् या युगाब्द वर्तमानकालमा ५११६ चलिरहेको छ । 

जम्बुद्वीपे, ब्रहृमबर्तैक देशे-[सम्पादन गर्ने]

हामी रहेको जम्बुद्वीप, यस भूखण्डमा रहेको देश र प्रदेशको नाम । 

अमुक स्थाने–[सम्पादन गर्ने]

काम गर्न थालेको ठाउँ । 

अमुक संवत्सरे–[सम्पादन गर्ने]

संवत्सरको नाम– सम्वत्सर ६० वटा हुन्छन जो चैत्र शुल्क प्रतिपदामा फेरिन्छ । 

अमुक अयने–[सम्पादन गर्ने]

उत्तरायनरदक्षिणायन । 

अमुक ऋतौ–[सम्पादन गर्ने]

छ ऋतुमध्ये एउटा ऋतु (बसन्त, ग्रिष्म, वर्षा, शरद , हेमन्त, शिशिर) ।

अमुक मासे–[सम्पादन गर्ने]

वैशाख आदि १२ मास । 

अमुक पक्षे–[सम्पादन गर्ने]

पक्षको नाम (शुक्ल या कृष्ण पक्ष) । 

अमुक तिथौ–[सम्पादन गर्ने]

१५ मध्ये एउटा तिथि । 

अमुक वासरे–[सम्पादन गर्ने]

७ बारमध्ये एउटा बार । 

अमुक समये–[सम्पादन गर्ने]

दिनमध्ये एउटा समय । 

उपरोक्त सङ्कल्पमा अमुक भनिएको ठाउँमा क्रमश सम्बन्धितनाम भन्नु पर्दछ । जस्तो अमुक स्थाने भनेको ठाउँमा जुन स्थानमा अनुष्ठान गरिएको छ त्यसको नाम भन्नु पर्दछ । उदहारणको लागि काष्ठमण्डप, ग्रीष्म ऋतौ आदि । अमुक व्यक्ति– आफ्नो नाम, गोत्र पुरुषको नाम, गोत्र तथा के उद्देश्यले के काम गर्न लागिएको हो त्यो बोलेर सङ्कल्प गर्नु पर्दछ । यस किसिमले जतिखेर सङ्कल्प यस प्रकारले गरिन्छ त्यतिखेर सृष्टिको आरम्भदेखि लिएर त्यो समयसम्मको स्मरण गरी नेपाली पारम्परिक पद्धति डोर्‍याउँदै आइएको छ । हाम्रो जीवन पद्धति यो परम्परामा अन्योनश्रित भई गाँसिएको छ । अब गहिरिएर हेरौँ र आफैँले आफैँलाई प्रश्न गरौँ– के हामीले आजसम्मको काल गणना गरेर आएका छैनौ त ? गरेका छौँ तर वास्ता गर्दैनौ र यी कुराहरू परम्परा धन्न्मै सीमित भएर रहेका छन् । 

https://www.dbrascal.blogspot.com/

  1. संंकल्प