संघीयता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विश्वका सङ्घीय राष्ट्रहरू हरियो रंगमा

सङ्घीयता एउटा राजनैतिक विचारधारा हो जसमा सदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ। यो शब्दलाई संवैधानिक रूपमा राष्ट्रको शक्तिलाई केन्द्रीय सरकार र प्रान्तीय सरकारमा विभाजित भएको माथि उल्लेखित विचारधारामा आधारित व्यवस्थालाई जनाउन पनि प्रयोग गरिन्छ। यो व्यवस्थामा आधारिक राष्ट्रलाई संघ भन्ने गरिन्छ।

सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका अलग - अलग तहमा बाँड्ने पद्धति नै संघीयता हो। यसरी संघीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ। राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनैतिक प्रक्रिया नै संघीयता हो। संघीयता भनेको कभाि चगभि र क्जचभम चगभिको संयोजन भनेर पनि भनिन्छ। संघीयतालाई बहुजातीय ,बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनैतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ। अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ। विश्वमा हाल २४ वटा संघीय स्वरूपको मुलुक छन्। यदि नेपालले यो स्वरूप अँगालेमा २५ वटा संघीय स्वरूपको मुलुक हुनेछ।

हेर्नुहोस्[सम्पादन गर्ने]