संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष परशुराम तामाङ हुन्। संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको म्हैपीमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह डम्फु थियो।[१] संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ८,९५० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १८,६३१ मत प्राप्त गरेको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०